२१ आश्विन २०८३, बुधबार Wednesday, October 7, 2026
२१ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar मधेसको शिक्षा क्षेत्रका समस्या पहिचान गरी मन्त्रालयमा पेश गर्न मन्त्री पोखरेलको निर्देशन News Polar धादिङको गजुरी गाउँपालिकाले दसैँमा काठमाडौंमा रहेका गजुरीवासीलाई निःशुल्क यातायात सेवा दिने News Polar मन्त्रिपरिषद्को बैठक आज अपराह्न ४ बजे बस्दै News Polar कांग्रेस सभापतिको उम्मेदवारी फिर्ता गर्ने किशोरसिंह राठोरको घोषणा, गगन थापालाई समर्थन गर्ने News Polar विमानस्थल निर्माणदेखि सञ्चालनसम्म निजी क्षेत्रलाई सहभागी गराउने कानुनी तयारी News Polar न्यायाधीश नियुक्ति सिफारिसप्रति नेपाल बारको आपत्ति News Polar भुइँ तहका कार्यकर्ताको मूल्यांकनबिना कांग्रेस रूपान्तरण सम्भव छैन : डिला संग्रौला News Polar ‘विशेष महाधिवेशनपछि पनि कांग्रेस रनवेमा अड्कियो, रुपान्तरणको पनि रुपान्तरण चाहिन्छ’ News Polar क्रियाशील सदस्यबाटै वडा तहदेखि केन्द्रसम्म सभापति छानिनुपर्छ : अमरसिंह पुन News Polar संवैधानिक इजलास गठनमा मनोमानी नगर्न नेपाल बारको चेतावनी News Polar स्वास्थ्य परीक्षणदेखि अन्तरपुस्ता ज्ञान हस्तान्तरणसम्मका कार्यक्रम समेटिने News Polar टेलिमेडिसिन सेवा व्यवस्थित र दीगो बनाउन मन्त्री मेहताको जोड News Polar राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत, नयाँ शैक्षिक कार्यक्रम र डिजिटलाइजेशनमा जोड News Polar सरकारको स्वीकृतिबिनै १७ पालिकाले लिए ३३ करोड ८७ लाख आन्तरिक ऋण News Polar अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनीको प्रवर्द्धकमा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम News Polar फैसला कार्यान्वयन अभियानअन्तर्गत रौतहटमा ३७ जना फरार प्रतिवादी पक्राउ News Polar सामुदायिक वनलाई पर्यटकीयस्थलका रुपमा उपयोग गर्दै बकैया News Polar विपद्पछि पुनःस्थापना र पुनर्निर्माणबारे संसदीय विशेष समितिले थाल्यो स्थलगत अध्ययन News Polar बेतिथिमा संलग्न अस्पताल र चिकित्सकप्रती निर्मम बन्दै सरकार News Polar सञ्चारमन्त्री तिमिल्सिनासँग स्विट्जरल्यान्डका वरिष्ठ नीति सल्लाहकारको भेट

नेकपाको पाँचमहिने विवादको कोर्स महाधिवेशनसम्मका लागि टर्यो, प्रमुख भुमिकामा को थिए ?

नेकपाको पाँचमहिने विवादको कोर्स महाधिवेशनसम्मका लागि टर्यो, प्रमुख भुमिकामा को थिए ?
फाईल फोटो
अ अ+ अ-

काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पाँच महिना लामो विवाद भदौको तेस्रो सातापछि मत्थर हुँदै सोही महिनाको अन्तिमसम्म आइपुग्दा महाधिवेशनसम्मका लागि टरेको छ । भदौ २६ गते सम्पन्न स्थायी कमिटी बैठकले आगामी कात्तिकमा केन्द्रीय कमिटीको बैठक आह्वान गरेपछि महाधिवेशनसम्मका लािग सरकार, पार्टी र पदीय विवाद सकिएको हो । त्यसयता पार्टीभित्रका बहस महाधिवेशनलाई केन्द्रमा राखेर हुन थालेका छन् । २०७४ सालको संसदीय निर्वाचनमा वामदेव गौतमको पराजयपछि पार्टीले उनलाई विभिन्न स्थानबाट संसदीय निर्वाचनमा पठाउने तयारी गरे पनि सम्भव भएन । पार्टीका सचिवालय सदस्य नारायणकाजी श्रेष्ठ राष्ट्रिय सभाको सदस्य भइसक्दा पनि गौतम भने संसद्बाहिरै रहे । संसदीय निर्वाचनमा जान असम्भव भएपछि पार्टी सचिवालय बैठकले गत फागुन १४ गते राष्ट्रिय सभामा पठाउने निर्णय गरेको थियो ।

त्यही समयमा पार्टीभित्र ‘एक व्यक्ति, एक जिम्मेवारी’को मुद्दा उठिरहेको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई बोलाएर गौतम राष्ट्रिय सभामा लान नसकिने बताएपछि विवादको मूल फुटेको थियो । पार्टीको निर्णय ओलीले नमानेको भन्दै विवाद सुरु भएपछि सरकारमा पनि एकलौटी रूपमा अझ पार्टीका नेताहरूलाई गाली गर्ने व्यक्तिहरूको नियुक्तिले विवाद झनै उत्कर्षमा पुग्यो । त्यही बेला पार्टीका धेरै नेता विवाद समाधान गर्नेभन्दा पनि झन् चर्काउन लागे । महासचिव विष्णु पौडेल भने दुई अध्यक्ष ओली र दाहाललाई मात्र होइन, सचिवालयका शीर्ष नेताहरू नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठलाई पनि बेग्लाबेग्लै भेटेरै विवाद सुल्झाउनेतर्फ निरन्तर लागिरहे । पार्टी एकता जोगाउनुपर्ने भन्दै उनले धेरै साता सचिवालयका शीर्ष नेताहरूसँग भेटघाट गरेर विवाद मत्थर पार्ने कोसिस गरे ।

‘महासचिव पौडेलले राष्ट्रपति विद्यादेवी भण्डारीदेखि दुई अध्यक्ष केपी शर्मा ओली, पुष्पकमल दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठसम्मलाई एक्लाएक्लै भेटघाट गर्नुभयो,’ एक स्थायी कमिटी सदस्यले भने । महासचिव पौडेलले पार्टीमा कुनै पनि प्रकारको दुर्घटना निम्त्याउनुहुँदैन भन्ने चाहना र मान्यतासहित नेताहरूसँग बेग्लाबेग्लै छलफल मात्रै गरेनन्, ओली–दाहाल बोलचाल बन्द हुँदा दाहालनिकट जनार्दन शर्मा र ओलीनिकट शंकर पोखरेललाई साथमा लिएर संवाद खुलाए । दुर्घटना भए अब कुनै नाममा कम्युनिस्ट पार्टीले जनमत जोगाउन सक्दैन भन्ने उनको भनाइ रहेको र त्यही कुरा सबै नेतालाई भन्दै गएको जनाइएको छ ।

असार अन्तिम साता विवाद चर्कंदै जाँदा नेता नेपालसँग सोमप्रसाद पाण्डेको घरमा चार घन्टा भेटघाट गरेका थिए । पाण्डे नाताले नेता नेपालका सम्धि हुन् । त्यसैगरी निवासमै पुगेर पौडेलले नेता खनालसँग छलफल गरे भने श्रेष्ठसँग पनि उत्तिकै छलफलमा रहे । गौतम र उनको घर नजिकै रहेकाले गौतमसँग पनि पार्टी एकता जोगाउनुपर्छ भनेर दर्जनौंपटक कुराकानी भएको थियो । ‘महासचिव भएका कारण पनि उहाँलाई नेताहरूसँग भेटघाट गर्न सहज थियो,’ स्थायी कमिटी एक सदस्यले भने । उनका अनुसार धेरैपटक दाहाल निवासबाट निरास भएर फर्के पनि उनलाई मनाउन शर्माको साथ महासचिवका लागि र सिंगो पार्टीकै लागि कामयाबी भयो । पार्टी विभाजन वा विघटन हुनुहुँदैन भन्ने मान्यता शर्मा र पोखरेलको रहेकाले महासचिवलाई यी दुई नेताले साथ दिएको ती स्थायी कमिटी सदस्यको दाबी छ ।

पार्टीका दुई अध्यक्षमध्ये दाहालमा २०७६ मंसिर ४ मा ओलीले सरकार र आफूले पार्टी जिम्मा लिने भनी गरिएको सहमति कार्यान्वयन नभएको गुनासो कायमै रहेका बेला गौतमलाई राष्ट्रिय सभामा पठाउने निर्णय पनि कार्यान्वयनको चरणमा नपुगेपछि विवादले चरम रूप लियो । अन्ततः विवादको अन्त्य पनि दाहाललाई कार्यकारीको अधिकारको बाँडफाँड र गौतमलाई राष्ट्रिय सभामा लैजाने निर्णयबाट भयो । त्यहाँसम्म लैजाने योगदान महासचिव पौडेलकै रहेको बताइएको छ । दुई पार्टी एकताका बेला पनि ठूलै मेहनत गरेका महासचिव पौडेलका लागि एकता जोगाउने चुनौतीसमेत आइलाग्यो । ‘महासचिव पौडेलका लागि साउन १३ पछिका धेरै रात अनिदो रहेरै बितेका छन्,’ स्थायी कमिटीका ती सदस्यले भने ।

प्रधानमन्त्री ओलीले वैशाख ८ मा सरकारका तर्फबाट दल विभाजन र संवैधानिक परिषद्को काम, कर्तव्य र अधिकारसम्बन्धी दुई अलग अध्यादेश ल्याउने र महोत्तरीबाट सांसदलाई काठमाडौं ल्याउने प्रकरणले पार्टीभित्रै ठूलै हलचल ल्यायो । त्यसपछि स्थायी कमिटीका २० सदस्यले बैठकको माग गरे । पार्टीभित्र अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सम्बन्धी विवाद पनि कायमै थियो । यसैगरी सरकारले स्वास्थ्य सामग्रीको ठेक्का लगाउँदा ओम्नी प्रकरणको भ्रष्टाचार, यती होल्डिङजस्ता प्रकरणमा सरकारका मन्त्रीहरूको आलोचना भइरहेको थियो । यी सबै प्रकरणमा पार्टीका शीर्ष नेताहरूले अध्यक्ष ओलीको आलोचना मात्रै गरेका थिएनन्, प्रधानमन्त्रीबाट राजीनामा दिनसमेत माग गरेका थिए । सभामुख, अर्थमन्त्री, एमसिसी प्रकरणमा आफूलाई घेराबन्दीमा पारेका महसुस गरेका ओलीले दाहालको कुरा सुनुवाइ नगर्नु र दाहालले वरिष्ठ नेता नेपालको साथमा पार्टीभित्र ओलीलाई झुकाएरै छाड्ने रणनीति अख्तियार गर्न थालेपछि विवाद साम्य हुनेभन्दा पनि झन् बढ्न थाल्यो ।

‘यस्तो जटिल परिस्थितिको विवादलाई महासचिव पौडेलले दुई अध्यक्षका निकटहरूलाई साथमा लिएर निरन्तर सुल्झाउन प्रयास गरे,’ राष्ट्रिय सभामा रहेका महासचिव पौडेलनिकट एक सांसदले भने । ‘महासचिव पौडेल पार्टीभित्र दुई अध्यक्षको शक्ति संघर्ष देखा पर्न थालेदेखि नै एकताका पक्षमा मेहनत गरिरहे । दुई अध्यक्षको मिलापत्र गराउने र एकता जोगाउन कहिले दाहाल निवास खुमलटार त कहिले प्रधानमन्त्रीनिवास बालुवाटार दौडधुप बाक्लिँदै गयो । त्यहाँ मात्रै होइन, नेता नेपालसँग पनि पौडेलले निरन्तर छलफल गरिरहे, नेपालसँग कहिले एक्लै त कहिले शंकर पोखरेललाई साथमा लिएर भेटघाट गरेका थिए,’ ती सांसदको भनाइ छ । वैशाख १४ गते सचिवालयमै ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिनुपर्ने बताएपछि स्थायी कमिटीको बैठक बस्न असार १० पुगेको थियो । त्यसयता ओलीले गौतमलाई प्रधानमन्त्री बनाउँछु भन्दै आफूतिर तान्ने कोसिस गरेका थिए । तर त्यो असफल कार्ड थियो भन्नेमा दुईमत थिएन । सरकारको नीति तथा कार्यक्रममा नयाँ नक्सा जारी गर्ने विषयले प्राथमिकता पाएपछि विवाद केही हदसम्म टरेजस्तो भएको थियो । तर स्थायी कमिटीको बैठक जारी रहेका बेला १४ असारमा प्रधानमन्त्रीले पार्टी नेताहरू नै भारतीय दूतावासको सक्रियतामा आफूलाई फाल्ने योजनामा लागेको अभिव्यक्ति दिएपछि पार्टी साँच्चै विभाजनकै संघारमा पुगेको थियो । यसरी विवाद बढ्दै जाँदा घनश्याम भुसालको संयोजकत्वमा ११ नेताले विवाद मत्थर पार्ने अर्कोतिर प्रयास गरिरहे पनि त्यो त्यति कामयाबी भएन ।

ओली एक र दाहाल–नेपाल अर्को धुव्रमा रहँदा नेकपामा शक्ति संघर्ष झन्झन् पेचिलो बन्यो । स्थायी कमिटीको बैठक असार १८ गतेपछि स्थगित भयो । त्यहीबीचमा महासचिव पौडेलले नै निरन्तर सम्पर्क गरेर दुई नेताको संवाद मात्रै गराएनन् तर साउन ३ गते सचिवालय बैठकसमेत गराए । तर त्यही बैठकमा प्रधानमन्त्री ओलीले मंसिरमा महाधिवेशन गरेर नेतृत्वको विवाद टुंग्याउने प्रस्ताव राखे । दाहालले तुरुन्तै सहमति जनाए । त्यहीबेला ओली, दाहाल, पौडेल र जनार्दन शर्मा राष्ट्रपति कार्यालय जाने र त्यहाँ विवादको अन्त्य भएको जनाउ दिने कार्यक्रम बन्यो । राष्ट्रपति कार्यालय पुगेर उनीहरूसँगै फर्किपछि कुनै सहमति नभएको भन्दै दाहालले कोर्स बदले । त्यसपछि साउन १३ गते बोलाइएको स्थायी कमिटीको बैठक ओलीले स्थगित गर्ने र दाहालले राख्ने गरेपछि ठूलै विवाद भयो । त्यही दिन उपाध्यक्ष गौतमले आफ्नो तर्फबाट ६ बुँदे प्रस्ताव अगाडि सारे ।

विवाद यतिसम्म बढ्यो कि दाहाल–नेपाल समूहले छुट्टै बैठक राख्नेदेखि पत्रकार सम्मेलनसमेतको आयोजना गरेर ओलीले पेलेको र आफूहरू प्रतिवादमा लागेको बताउने अवस्था सिर्जना भयो । त्यसपछि विवाद झन् सडकैमै पोखियो । त्यो विवाद सुल्झाउने मानिसको अभाव खड्किएको थियो । त्यही बेला जब महासचिव पौडेल शर्मा र पोखरलको साथ लिएर अघि बढे, त्यसपछि भने ओली–दाहाल संवादको वातावरण बन्यो । त्यसपछि नेताहरूको व्यवस्थापन प्रयास सुरु भयो । कसका समस्या के भन्नेबारे मिहिन ढंगले छलफल भए । बालुवाटारमा दुई अध्यक्षबीच हुने छलफलमा पनि महासचिव पौडेल र शर्मा सहभागी हुन थाले । त्यसपछि बिस्तारै पोखरेले पनि आफ्नो भूमिका बढाउदै लगे ।

पार्टीभित्र पूर्वएमालेका तर्फबाट नेपाल, खनालको साथ पाएका दाहाल ओलीसँग ‘फाइट टु फिनिस’ गर्ने मोडमा पुगेका बेला पौडेलले शर्मासँग मिलेर दाहाललाई सम्झाए र पोखरेलसँग मिलेर ओली–नेपाललाई सम्झाएर पार्टीलाई अहिलेको अवस्थामा ल्याएका हुन् । महासचिव पौडेलकै प्रस्तावमा साउन ३१ गते ६ सदस्यीय विवाद समाधान सुझाव कार्यदल बन्यो । कार्यदलमा उनी महासचिव पौडेल संयोजक बने । जसमा शर्मा, पोखरेलका अतिरिक्त पम्फा भुसाल, भीम रावल र सुरेन्द्र पाण्डेलाई पनि सहभागी गराइयो । अन्ततः पाँच महिने पार्टीको विवाद महासिव पौडेल संयोजकत्व रहेको ६ सदस्यीय कार्यदलले दिएको सुझावका आधारमा अन्त्य भएको छ । नागरिक दैनिक