८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar एमालेद्वारा पुरानो संसद् पुनस्र्थापनाको मुद्दा छिटो टुंग्याउन सर्वोच्चलाई आग्रह News Polar २२ वर्षपछि काठमाडौंमा सम्यक् महादान आयोजना हुँदै News Polar स्रोतबाटै फोहोर वर्गीकरण अनिवार्य गरिने News Polar कुटीको जग्गाबाट विस्थापित गर्न खोजिएको भन्दै जनकपुरधाममा प्रदर्शन हुने News Polar ओलीले अध्यक्षबाट सम्मानजनक रूपमा नेतृत्वबाट विदा लिनुपर्ने प्रश्ताव केन्द्रिय कमिटीले स्वीकार गरेनः योगेश भट्टराई News Polar महिला कबड्डीमा नेपालले लगातार दोस्रो पटक काँस्य जित्यो News Polar असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन अध्यक्ष दाहालको आग्रह News Polar विपद्मा बेपत्ता व्यक्तिको न्यायिक घोषणासहितका व्यवस्था गर्न विधेयक तयार News Polar राष्ट्रिय सभामा लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेश News Polar कांग्रेसको १५औँ महाधिवेशनको लोगोमा बीपीदेखि देउवासम्मका तस्बिर, यस्तो छ नारा News Polar भोटेकोशी बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा चुस्तः ८ हजारभन्दा बढीले पाए उपचार News Polar पेट्रोलियममा परनिर्भरता घटाउन दीर्घकालीन पूर्वाधार निर्माणलाई प्राथमिकता : मन्त्री साह News Polar पेट्रोलियम आपूर्ति सुधार्न ‘फिसबोन डायग्राम’ र ‘क्रिटिकल पाथ मेथड’ प्रयोग गर्दैछौँ : मन्त्री साह News Polar टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन News Polar अत्यधिक वर्षाको सम्भावनापछि ट्रक व्यवसायीलाई सतर्क रहन महासंघको आग्रह News Polar भारी वर्षाको जोखिमपछि नारायणगढ–मुग्लिन सडकमा राति सवारी आवागमन बन्द News Polar ईश्वर पोखरेलसहित सात नेता एमालेको स्थायी कमिटीमा News Polar एमालेले विद्या भण्डारीलाई सम्मानित वरिष्ठ नेता बनाउने प्रस्ताव News Polar ओलीको राजनीतिक प्रतिवेदन तल्लो तहसम्म संप्रेषण गर्ने एमालेको निर्णय News Polar नामियाद्वारा भोटेकोशी बाढीपीडितका दोस्रो चरणको सहयोग कोषको खातामा

कर्मचारीका लागि साइबर सुरक्षासम्बन्धी ‘एड्भाइजरी’ जारी, के–के छन् व्यवस्था ?

कर्मचारीका लागि साइबर सुरक्षासम्बन्धी ‘एड्भाइजरी’ जारी, के–के छन् व्यवस्था ?
representative photo
अ+ अ-

काठमाडौं । राष्ट्रिय सुरक्षा केन्द्रले कर्मचारीका लागि साइबर सुरक्षासम्बन्धी एड्भाइजरी जारी गरेको छ । सरकारी कार्यालयहरूका सूचना प्रणालीको पासवर्ड हरेक तीन महिनामा परिवर्तन गर्न, संवेदनशील छलफलमा सहभागी हुँदा मोबाइल फोन बाहिरै राख्न, कार्यालयका कम्प्युटरमा कुनै पनि गेम इन्स्टल नगर्न र सावधानीका अन्य विविध उपायसहितको एडभाइजरी जारी गरिएको हो ।

एड्भाइजरीमा वेबसाइट, एप्लिकेसन, नेटवर्क, डेटा सुरक्षाका लागि अपनाउनुपर्ने कदमहरू समावेश छन् । सरकारी वेबसाइट, एप्लिकेसन, सर्भर, स्टोरेज, नेटवर्क, डेस्कटप, ल्यापटप र प्रिन्टरको सुरक्षादेखि पासवर्ड व्यवस्थापन, इमेल तथा फिसिङ आक्रमणबाट जोगिने उपाय, सामाजिक सञ्जाल र मोबाइलको सुरक्षालगायत विषय यसमा उल्लेख छन् ।

एड्भाइजरीको खण्ड (क) मा सरकारी कार्यालयका वेबसाइटहरूमा सुरक्षा फ्रेमवर्क लागू गर्नुपर्ने, डेटाको नियमित ब्याकअप तथा आर्काइभ गर्नुका साथै बिजनेस कन्टिन्युटी प्लान लागू गर्नुपर्ने, वर्षको कम्तीमा एक पटक अनिवार्य सुरक्षा अडिट गर्नुपर्ने, सोर्स कोड अद्यावधिक गरी सुरक्षित राख्नुपर्ने, निकायमा प्रयोग भइरहेका इमेललगायत सूचना प्रविधि प्रणालीको सोर्स कोड अद्यावधिक गरी सुरक्षित राख्नुपर्ने उल्लेख छ ।

खण्ड (ख) मा कार्यालयमा रहेका डेस्कटप/ल्यापटप र प्रिन्टर सुरक्षासम्बन्धी दिशानिर्देश दिइएको छ । यी उपकरणहरूको सुरक्षित प्रयोग र साइबर आक्रमणबाट जोगिन अपनाउनुपर्ने उपायमा जेन्युइन लाइसेन्स भएका अपरेटिङ सिस्टम र सफ्टवेयर मात्रै प्रयोग गर्न, अपरेटरिङ सिस्टम र बायोस फर्मवेयरलाई नियमित अपडेट गर्न, एन्टिभाइरस प्रयोग गर्न, डेस्कटप र ल्यापटप प्रयोग नगर्दा अनिवार्य लक गरेर राख्न, जीपीएस, ब्लुटुथ, एनएफसी र अन्य सेन्सरहरू आवश्यक पर्दा मात्रै अन गर्न र अन्यथा बन्द राख्न, साझा प्रिन्टरहरूमा युनिक पासवर्ड सेट गर्न र प्रिन्टरलाई इन्टरनेटमा नजोड्न केन्द्रले आग्रह गरेको छ ।

खण्ड (ग) मा पासवर्ड व्यवस्थापन तथा सुरक्षाका लागि ध्यान पुर्‍याउनुपर्ने विषय उल्लेख गरिएको छ ।

त्यसैगरी खण्ड (घ) मा इन्टरनेट ब्राउजिङ सुरक्षासम्बन्धी ध्यान दिनुपर्ने बुँदाहरू समेटिएका छन् । सरकारी एप्लिकेसन, इमेल सेवा, बैंकिङ सेवा र महत्त्वपूर्ण डिजिटल प्रणाली प्रयोग गर्दा सधैं प्राइभेट ब्राउजिङ वा इन्कग्निटो मोड प्रयोग गर्नुपर्ने केन्द्रले जनाएको छ

अज्ञात व्यक्तिबाट आएका इमेलहरू खोल्नु अघि सावधानी अपनाउनुपर्ने, इमेलभित्रका अट्याचमेन्ट खोल्नुअघि वा लिंक क्लिक गर्नुअघि त्यो सुरक्षित छ/छैन सुनिश्चित गर्नुपर्ने, गोप्य जानकारीहरू इमेलमार्फत आदानप्रदान नगर्ने विषयमा एड्भाइजरीको खण्ड (ङ) मा उल्लेख गरिएको छ ।

सरकारले गत वर्ष स्वीकृत गरेको राष्ट्रिय साइबर सुरक्षा नीति २०८० को व्यवस्थाअनुसार गत माघमा केन्द्र स्थापना भएको थियो ।

[pdf-embedder url=”https://newspolar.com/wp-content/uploads/2025/01/Advisory-10-8-Final_zch60ek.pdf”]