८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar एमालेद्वारा पुरानो संसद् पुनस्र्थापनाको मुद्दा छिटो टुंग्याउन सर्वोच्चलाई आग्रह News Polar २२ वर्षपछि काठमाडौंमा सम्यक् महादान आयोजना हुँदै News Polar स्रोतबाटै फोहोर वर्गीकरण अनिवार्य गरिने News Polar कुटीको जग्गाबाट विस्थापित गर्न खोजिएको भन्दै जनकपुरधाममा प्रदर्शन हुने News Polar ओलीले अध्यक्षबाट सम्मानजनक रूपमा नेतृत्वबाट विदा लिनुपर्ने प्रश्ताव केन्द्रिय कमिटीले स्वीकार गरेनः योगेश भट्टराई News Polar महिला कबड्डीमा नेपालले लगातार दोस्रो पटक काँस्य जित्यो News Polar असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन अध्यक्ष दाहालको आग्रह News Polar विपद्मा बेपत्ता व्यक्तिको न्यायिक घोषणासहितका व्यवस्था गर्न विधेयक तयार News Polar राष्ट्रिय सभामा लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेश News Polar कांग्रेसको १५औँ महाधिवेशनको लोगोमा बीपीदेखि देउवासम्मका तस्बिर, यस्तो छ नारा News Polar भोटेकोशी बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा चुस्तः ८ हजारभन्दा बढीले पाए उपचार News Polar पेट्रोलियममा परनिर्भरता घटाउन दीर्घकालीन पूर्वाधार निर्माणलाई प्राथमिकता : मन्त्री साह News Polar पेट्रोलियम आपूर्ति सुधार्न ‘फिसबोन डायग्राम’ र ‘क्रिटिकल पाथ मेथड’ प्रयोग गर्दैछौँ : मन्त्री साह News Polar टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन News Polar अत्यधिक वर्षाको सम्भावनापछि ट्रक व्यवसायीलाई सतर्क रहन महासंघको आग्रह News Polar भारी वर्षाको जोखिमपछि नारायणगढ–मुग्लिन सडकमा राति सवारी आवागमन बन्द News Polar ईश्वर पोखरेलसहित सात नेता एमालेको स्थायी कमिटीमा News Polar एमालेले विद्या भण्डारीलाई सम्मानित वरिष्ठ नेता बनाउने प्रस्ताव News Polar ओलीको राजनीतिक प्रतिवेदन तल्लो तहसम्म संप्रेषण गर्ने एमालेको निर्णय News Polar नामियाद्वारा भोटेकोशी बाढीपीडितका दोस्रो चरणको सहयोग कोषको खातामा

सरस्वती पूजाका लागि धमाधम मूर्ति बनाउँदै

सरस्वती पूजाका लागि धमाधम मूर्ति बनाउँदै
अ+ अ-

जलेश्वर, (महोत्तरी) । सरस्वती पूजा नजिकिँदै जाँँदा जिल्लाको विभिन्न स्थानमा मूर्तिकारहरू धमाधम मूर्ति बनाउन थालेका छन् । दश नगरपालिका र पाँच गाउँपालिका रहेको महोत्तरीमा अवस्थित सबै सामुदायिक तथा निजी विद्यालय, कोचिङ सेन्टर, ट्युशन सेन्टर, क्लब, पुस्तकालयसहित गाउँ तथा नगरका विभिन्न चोकचोकमा सरस्वती पूजाका लागि मूर्तिकारलाई मूर्ति बनाउन भ्याइनभ्याई छ ।

आफ्नो चार पुस्तादेखि मूर्ति बनाउने पेसा चल्दै आएको एकडारा गाउँपालिका–५ का मूर्तिकार सुभाष पण्डितले सरस्वती पूजाका बेला अत्यधिक मूर्तिको माग हुने गरेको कारण अहिले सरस्वतीको मूर्ति बनाउन भ्याइनभ्याई भएको छ । त्यस्तै पूजाको अब १० दिन मात्र बाँकी हुँदा औरही नगरपालिका–२ का कैलाश रामलाई पनि मूर्ति बनाउन भ्याइनभ्याई भएको बताउँछन् ।

सरस्वतीको मूर्ति बनाउनमै व्यस्त जलेश्वर नगरपालिका–२ का विकाऊ पासवान पनि अहिले मूर्ति बनाउन भ्याइनभ्याइ भएको बताउनुहुन्छ । मूर्ति बनाउन चाहिने माटो, खर ९पराल, भुस० र¬ङ, जुटलगायत वस्तुको जोहो गर्नु, घामपानी र वातावरणअनुसार मूर्ति बनाउनु जस्ता क्रियाकलाप गर्नुपर्ने भएकाले मूर्तिकारलाई अहिले भ्याइनभ्याई भएको उनीहरू बताउँछन् ।

“घाम उदाएपछि मात्रै मूर्ति सुक्ने र मूर्ति सुकेपछि मात्रै राम्ररी रङ्ग रोगन गर्न मिल्ने भएकाले जति बढी घाम उदाउँछ, त्यति नै बढी मूर्ति तयार गर्नु पर्छ”, मूर्तिकार पण्डितले बताउनुभयो । उहाँले आफू र आफ्ना बुवा शम्भु पण्डित मिलेर प्रत्येक वर्ष रु ५० हजारभन्दा बढीका सरस्वती मूर्ति बनाउने गरेको बताउनुभयो । साथै मौसमले साथ दिएमा ७०/७५ सम्म पनि मूर्ति बनाएर बेच्ने गरेको उहाँको भनाइ छ ।

त्यसैगरी मूर्तिकार कैलाश पनि आफू तथा आफ्ना परिवारका सदस्य मिलेर वर्षेनी ६०/७० वटा मूर्ति बनाउने गरेको बताउहुन्छ । उहाँले वर्षेनी २५ भन्दा बढी मूर्ति बनाउने गरेको बताउनुभयो । आफ्नो क्षमता र साधन श्रोतले तयार गर्ने संख्याका अनुसार उनीहरुको आम्दानी पनि फरक फरक हुने गरेको छ । यसरी तयार गरेका मूर्तिहरु रु दुई हजारदेखि रु ७ हजारसम्ममा बेचेर वार्षिक रु दुई लाख जति आम्दानी गर्ने गरेको पण्डितले बताउनुभयो ।

मूर्तिकार कैलाशले आफूले प्रतिगोटा रु तीन हजारदेखि रु १० हजारसम्ममा मूर्ति बेचेरै वार्षिक रु तीन लाख ५० हजार आम्दानी गर्ने गरेको बताउनुभयो । दिनानुदिन बढ्दै गएको मूर्तिको मागले यहाँका मूर्तिकारलाई सरस्वती पूजाको बेला दिनरात काम गर्नुपर्ने र मौसमअनुसार मूर्ति तयार गर्नुपर्ने चुनौती रहने गरेको छ  । जिल्लाका मूर्तिकारले प्रत्येक वर्ष सरस्वतीको मूर्तिका साथै अन्य पूजा जस्तै गणेश, विश्वकर्मा, काली, दुर्गा पूजाका लागि पनि मूर्ति निर्माण गर्ने गरेका छन् ।

जिल्लामा पहिला पहिला पण्डित ९कुमाले० जातिले मात्र मूर्ति बनाउने गरेकामा अहिले विभिन्न जातिका व्यक्तिले मूर्ति निर्माणलाई व्यावसायिक रुप दिएर विभिन्न जातजाति संलग्न रहेको पाइन्छ । यस वर्ष माघ २१ गते देशभरि श्रीपञ्चमी तथा सरस्वती पूजा मनाइँदै छ । रासस