८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar एमालेद्वारा पुरानो संसद् पुनस्र्थापनाको मुद्दा छिटो टुंग्याउन सर्वोच्चलाई आग्रह News Polar २२ वर्षपछि काठमाडौंमा सम्यक् महादान आयोजना हुँदै News Polar स्रोतबाटै फोहोर वर्गीकरण अनिवार्य गरिने News Polar कुटीको जग्गाबाट विस्थापित गर्न खोजिएको भन्दै जनकपुरधाममा प्रदर्शन हुने News Polar ओलीले अध्यक्षबाट सम्मानजनक रूपमा नेतृत्वबाट विदा लिनुपर्ने प्रश्ताव केन्द्रिय कमिटीले स्वीकार गरेनः योगेश भट्टराई News Polar महिला कबड्डीमा नेपालले लगातार दोस्रो पटक काँस्य जित्यो News Polar असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन अध्यक्ष दाहालको आग्रह News Polar विपद्मा बेपत्ता व्यक्तिको न्यायिक घोषणासहितका व्यवस्था गर्न विधेयक तयार News Polar राष्ट्रिय सभामा लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेश News Polar कांग्रेसको १५औँ महाधिवेशनको लोगोमा बीपीदेखि देउवासम्मका तस्बिर, यस्तो छ नारा News Polar भोटेकोशी बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा चुस्तः ८ हजारभन्दा बढीले पाए उपचार News Polar पेट्रोलियममा परनिर्भरता घटाउन दीर्घकालीन पूर्वाधार निर्माणलाई प्राथमिकता : मन्त्री साह News Polar पेट्रोलियम आपूर्ति सुधार्न ‘फिसबोन डायग्राम’ र ‘क्रिटिकल पाथ मेथड’ प्रयोग गर्दैछौँ : मन्त्री साह News Polar टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन News Polar अत्यधिक वर्षाको सम्भावनापछि ट्रक व्यवसायीलाई सतर्क रहन महासंघको आग्रह News Polar भारी वर्षाको जोखिमपछि नारायणगढ–मुग्लिन सडकमा राति सवारी आवागमन बन्द News Polar ईश्वर पोखरेलसहित सात नेता एमालेको स्थायी कमिटीमा News Polar एमालेले विद्या भण्डारीलाई सम्मानित वरिष्ठ नेता बनाउने प्रस्ताव News Polar ओलीको राजनीतिक प्रतिवेदन तल्लो तहसम्म संप्रेषण गर्ने एमालेको निर्णय News Polar नामियाद्वारा भोटेकोशी बाढीपीडितका दोस्रो चरणको सहयोग कोषको खातामा

समपुरक अनुदानसम्बन्धी कार्यविधिमा के छन् नयाँ व्यवस्था ?

समपुरक अनुदानसम्बन्धी कार्यविधिमा के छन् नयाँ व्यवस्था ?
अ+ अ-

काठमाडौं । सरकारले समपुरक अनुदानसम्बन्धी कार्यवित्रि २०७७ लाई प्रतिस्थापन गर्दै नयाँ कार्यविधि २०८१ ल्याएको छ । बलिया स्थानीय तहको अनुदान कटौती गर्दै कमजोरलाई प्राथमिकतामा राखेर नयाँ कार्यविधि जारी गरिएको हो ।

प्रदेश वा स्थानीय तहको सामाजिक आर्थिक तथा पूर्वाधार विकासमा सन्तुलन कायम गरी प्राथमिकता प्राप्त आयोजना वा कार्यक्रम कार्यान्वयन गर्न न्यायोचित रूपले समपूरक अनुदान उपलब्ध गराउन नयाँ कार्यविधि जारी गरिएको दाबी राष्ट्रिय योजना आयोगले गरेको छ । समपूरक अनुदानको लागि प्रदेश वा स्थानीय तहले आयोजना वा कार्यक्रम प्रस्ताव गर्दा त्यस्तो आयोजनाको कुल लागत अनुमान हुनुपर्ने कार्यविधिमा उल्लेख छ ।

कार्यविधिममा गाउँपालिका वा नगरपालिकाबाट कार्यान्वयन गरिने आयोजना वा कार्यक्रमको कुल लागत अनुमान एक करोड रुपैयाँदेखि सात करोड रुपैयाँसम्म हुनुपर्ने उल्लेख छ । उपमहानगरपालिका वा महानगरपालिकाबाट कार्यान्वयन गरिने आयोजना वा कार्यक्रमको कुल लागत अनुमान तीन करोड रुपैयाँदेखि १५ करोड रुपैयाँ हुनु पर्नेछ । यसै गरी प्रदेश सरकारबाट कार्यान्वयन हुने आयोजना वा कार्यक्रमको कुल लागत अनुमान १० करोड रुपैयाँदेखि ३० करोड रुपैयाँसम्म हुनुपर्ने जनाएको छ । समपूरक अनुदानमा सञ्चालन गर्ने आयोजना वा कार्यक्रम बढीमा तीन वर्षभित्र सम्पन्न गर्ने गरी प्रस्ताव गर्नुपर्ने व्यवस्था गरिएको छ ।

अनुदान प्रदेश वा स्थानीय तहबाट कार्यान्वयन गरिने भौतिक पूर्वाधार विकाससँग सम्बन्धित आयोजना वा कार्यक्रमका लागि उपलब्ध गराइने जनाएको छ । जसअन्तर्गत कृषि उपजको प्रशोधन, भण्डारण र बजारीकरण, खानेपानी तथा सरसफाइ, सिँचाई तथा नदी नियन्त्रण रहेका छन् ।

यस्तै नवीनतम प्रविधिको प्रयोग गरी फोहोर मैलाको प्रशोधन र व्यवस्थापन, सामुदायिक विद्यालय भवन निर्माण, स्थानीय आर्थिक विकासमा प्रत्यक्ष योगदान पुर्‍याउने पर्यटन पूर्वाधार निर्माण रहेका छन् । साथै मध्यवर्ती क्षेत्र मानव– वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि गरिने पूर्वाधार निर्माण र सौर्य, वायु, जैविक लगायतका वैकल्पिक ऊर्जा उत्पादन र विज्ञान प्रविधिसँग सम्बन्धित पूर्वाधारलाई यस्तो अनुदान दिइने जनाइएको छ ।

संघीय सरकारको नीति तथा कार्यक्रम र बजेटमा संघ, प्रदेश र स्थानीय तहबिच सहकार्य र संयुक्त लगानीमा कार्यान्वयन गर्ने गरी निर्धारण गरिएको आयोजना वा कार्यक्रमलाई पनि यस्तो अनुदान दिइनेछ ।

यस्तो अनुदानका लागि राष्ट्रिय योजना आयोगले प्रत्येक वर्ष मङ्सिर मसान्तभित्र सूचना प्रकाशन गरी प्रदेश वा स्थानीय तहबाट आगामी आर्थिक वर्षमा समपूरक अनुदानमा सञ्चालन गर्ने आयोजना वा कार्यक्रमको प्रस्ताव माग गर्नेछ ।

योजना आयोगबाट प्रस्ताव माग भएपछि प्रदेश वा स्थानीय तहले अन्य स्रोतबाट कार्यान्वयन गर्ने आयोजना वा कार्यक्रम र हाल सञ्चालनमा रहेका आयोजना वा कार्यक्रमसँग दोहोरो नपर्ने गरी प्रत्येक वर्षको माघ मसान्तभित्र प्रदेशले सम्बन्धित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत र स्थानीय तहले सोझै योजना आयोगमा समपूरक अनुदानमा कार्यान्वयन गरिने कार्यक्रमको लागि अनुदान माग गरी आयोगले निर्धारण गरेको विद्युतीय प्रणालीमार्फत तोकिएको ढाँचामा प्रस्ताव पेस गर्नुपर्नेछ ।

प्रदेशको हकमा बढीमा १० वटासम्म र स्थानीय तहको हकमा बढीमा तीन वटा आयोजना वा कार्यक्रम प्रस्ताव गर्न सकिनेछ ।

[pdf-embedder url=”https://newspolar.com/wp-content/uploads/2025/01/समपूरक-अनुदान-सम्बन्धी-कार्यविधि-२०८१_rmbtzwn.pdf” title=”समपूरक अनुदान सम्बन्धी कार्यविधि, २०८१_rmbtzwn”]