१६ श्रावण २०८३, शनिबार
,
Latest
एक वर्षमा ३३३ उद्योग दर्ता सुदूरपश्चिम प्रदेश सरकारको अपिलः सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राखौँ सवारी दुर्घटना गराउने चालक २५ देखि ४० वर्ष उमेर समूहका बढी श्रीलङ्का इस्टर आक्रमण रोक्न असफल पूर्व सुरक्षा प्रमुखविरूद्ध मृत्युदण्डको सजायबारे पुनरावेदन गरिने १४ अफगान आप्रवासी मरुभूमिमा मृत भेटिए संयुक्त राष्ट्रसङ्घद्वारा मध्यपूर्वमा युद्ध अन्त्य गर्न आह्वान प्रधानमन्त्री शाहद्वारा ‘ब्रोड पिक’ दुर्घटनामा ज्यान गुमाएका आरोहीप्रति श्रद्धाञ्जली व्यक्त सामाजिक सद्भाव र शान्ति सुरक्षामा संवेदनशील हुन मुख्यमन्त्रीको आग्रह अलैँची निर्यात ६४ प्रतिशतले बढ्यो, एक वर्षमै चार अर्ब ९६ करोड कारोबार वृद्धि प्रविधि र जलवायु संकट मानव अधिकारका लागि नयाँ चुनौतीः न्यायाधीश मल्ल
तपाईं के खोज्दै हुनुहुन्छ ?

फिल्म निर्माता रामगोपाल वर्मालाई ३ महिनाको जेल सजाय



अ+ अ-

एजेन्सी । बलिउड फिल्म निर्माता राम गोपाल वर्मालाई मुम्बईको अँधेरी मजिस्ट्रेट अदालतले मंगलबार (२१ जनवरी) चेक बाउन्स मुद्दामा तीन महिनाको जेल सजाय सुनाएको छ ।

अदालतका अनुसार राम गोपाल वर्माले ९० दिनभित्र उजुरीकर्तालाई ३.७२ लाख रुपैयाँ तिर्नुपर्नेछ । त्यसो नगरे थप तीन महिना जेल सजाय भोग्नुपर्नेछ ।

यो विषय विगत ७ वर्षदेखि चलिरहेको थियो । सुनुवाइका क्रममा रामगोपाल वर्मा अदालतमा उपस्थित थिएनन् । जसका कारण उनीविरुद्ध गैर जमानती वारेन्ट जारी गरिएको हो ।

रामगोपाल वर्माको फर्मले ‘श्री’ नामको कम्पनीलाई चेकमार्फत २ लाख ३८ हजार रुपैयाँ भुक्तानी गरेको थियो । यो चेक बाउन्स भयो ।

कम्पनीले महेशचन्द्र मिश्रमार्फत रामगोपालविरुद्ध मुद्दा दायर गरेको थियो । २०२२ मा, वर्माले यस मामलामा ५ हजार रुपैयाँको व्यक्तिगत मुचलामा जमानत पाएका थिए । अहिले अदालतले उनलाई दोषी ठहर गर्दै ३ महिनाको जेल सजाय सुनाएको हो ।

रामगोपाल वर्माले सामाजिक सञ्जालमा लेखेका छन् – ‘२.३८ लाखको विवाद छ, जुन मेरो पूर्व कर्मचारीसँग सम्बन्धित छ । मेरो वकिलले यो विषय हेर्दै हुनुहुन्छ । अहिले यो मुद्दा अदालतमा छ, त्यसैले म धेरै भन्न सक्दिनँ ।’

रामगोपाल वर्माले बलिउडलाई धेरै फिल्म दिएका छन् । उनका फिल्महरू प्रायः अन्डरवर्ल्ड र गुण्डाहरूको जीवनमा आधारित थिए ।

उनले सत्या, शूल, सरकार र कम्पनी लगायतका धेरै हिट फिल्म बनाएका छन् । उनले आफ्नो फिल्मबाट राष्ट्रिय पुरस्कार पनि जितेका छन् । सत्याले ६ वटा फिल्मफेयर अवार्ड जितेको थियो । विगत धेरै वर्षदेखि रामगोपाल वर्मा आफ्नो फिल्मका कारण भन्दा विवादका कारण बढी चिनिन्छन् ।