८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar एमालेद्वारा पुरानो संसद् पुनस्र्थापनाको मुद्दा छिटो टुंग्याउन सर्वोच्चलाई आग्रह News Polar २२ वर्षपछि काठमाडौंमा सम्यक् महादान आयोजना हुँदै News Polar स्रोतबाटै फोहोर वर्गीकरण अनिवार्य गरिने News Polar कुटीको जग्गाबाट विस्थापित गर्न खोजिएको भन्दै जनकपुरधाममा प्रदर्शन हुने News Polar ओलीले अध्यक्षबाट सम्मानजनक रूपमा नेतृत्वबाट विदा लिनुपर्ने प्रश्ताव केन्द्रिय कमिटीले स्वीकार गरेनः योगेश भट्टराई News Polar महिला कबड्डीमा नेपालले लगातार दोस्रो पटक काँस्य जित्यो News Polar असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन अध्यक्ष दाहालको आग्रह News Polar विपद्मा बेपत्ता व्यक्तिको न्यायिक घोषणासहितका व्यवस्था गर्न विधेयक तयार News Polar राष्ट्रिय सभामा लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेश News Polar कांग्रेसको १५औँ महाधिवेशनको लोगोमा बीपीदेखि देउवासम्मका तस्बिर, यस्तो छ नारा News Polar भोटेकोशी बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा चुस्तः ८ हजारभन्दा बढीले पाए उपचार News Polar पेट्रोलियममा परनिर्भरता घटाउन दीर्घकालीन पूर्वाधार निर्माणलाई प्राथमिकता : मन्त्री साह News Polar पेट्रोलियम आपूर्ति सुधार्न ‘फिसबोन डायग्राम’ र ‘क्रिटिकल पाथ मेथड’ प्रयोग गर्दैछौँ : मन्त्री साह News Polar टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन News Polar अत्यधिक वर्षाको सम्भावनापछि ट्रक व्यवसायीलाई सतर्क रहन महासंघको आग्रह News Polar भारी वर्षाको जोखिमपछि नारायणगढ–मुग्लिन सडकमा राति सवारी आवागमन बन्द News Polar ईश्वर पोखरेलसहित सात नेता एमालेको स्थायी कमिटीमा News Polar एमालेले विद्या भण्डारीलाई सम्मानित वरिष्ठ नेता बनाउने प्रस्ताव News Polar ओलीको राजनीतिक प्रतिवेदन तल्लो तहसम्म संप्रेषण गर्ने एमालेको निर्णय News Polar नामियाद्वारा भोटेकोशी बाढीपीडितका दोस्रो चरणको सहयोग कोषको खातामा

सांसद सुमना श्रेष्ठ वीरगन्ज–काठमाडौं यात्रामा, भन्छिन्– के यो देश कहिले पनि नबनाउने हो ?

सांसद सुमना श्रेष्ठ वीरगन्ज–काठमाडौं यात्रामा, भन्छिन्– के यो देश कहिले पनि नबनाउने हो ?
अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले हरेक क्षेत्रमा भएको राजनीतिको चरम हस्तक्षेपले देश अगाडि बढ्न नसकेको बताएकी छन् । उनले राजनीतिक दलहरुको हस्तक्षेपले शिक्षा र प्रशासनलाई तहस नहस बनाएको बताइन् ।

सामाजिक सञ्जालमार्फत् अब आफू वीरगन्जदेखि काठमाडौंसम्मको यात्रामा निस्कने जानकारी दिँदै सांसद श्रेष्ठले विभिन्न प्रश्नसहित आमनागरिककाको भोगाइ बुझ्ने प्रयासमा लागेको बताएकी छन् । उनले केही विषयमा गम्भीर प्रश्नसमेत उठाएकी छन् । सांसद सुमनाले भनेकी छन्– के यो देश कहिले पनि नबनाउने हो ?

उनले के भनेकी छन् त ?

नागरिकको आवाज : सदनसम्म

नमस्कार, म सुमना श्रेष्ठ । अहिले प्रतिनिधि सभा सदस्यको भूमिकामा छु । दुई वर्षदेखि संसद्मा र लगभग चार महिना मन्त्रालयमा काम गर्दाको अनुभवले मलाई एउटा निष्कर्षमा पुर्‍यायो—राजनीतिक पार्टीहरूको दलीय हस्तक्षेपले हाम्रो शिक्षा र प्रशासनलाई तहसनहस बनाएको छ । नेपालका राजनैतिक दलहरूले शिक्षा क्षेत्रमा गरिरहेको दलीय राजनीति विद्यार्थीको भविष्यमाथि गरेको खेलबाड हो । शिक्षाक्षेत्र बिग्रिनुमा मात्र हैन मिटर ब्याज पीडित, सहकारी बचतकर्ताको समस्या बढ्नु र भ्रष्टाचार नियन्त्रण नहुनु पनि दलीयकरणको परिणाम हो ।

मनमा अनगिन्ती प्रश्नहरू उठेका छन् । आम सर्वसाधारण एकातर्फ सार्वजनिक शिक्षा धान्न सरकारलाई कर तिरिरहेका छन् । अर्कोतर्फ सार्वजनिक शिक्षा गुणस्तरीय र विश्वसनीय हुन सकेको छैन । शिक्षाजस्तो राष्ट्रनिर्माणको जग नै कमजोर भएपछि उत्पन्न निराशाले युवाहरू देश छोडिरहेका छन् । शिक्षाक्षेत्र एउटा प्रतिनिधिमूलक क्षेत्र मात्र हो । देश धान्ने मुख्य संस्थाहरूमा यो प्रवृत्ति सर्वत्र छ । दलहरूको स्वार्थको लागि विद्यार्थीहरूले आफ्नो सपना गुमाउनुपर्ने हो? नेताका निहित स्वार्थमा कहिलेसम्म हाम्रो बालबालिकाले आफ्नो अधिकार त्याग्नुपर्ने हो? कहिलेसम्म शिक्षा क्षेत्रलाई दलगत राजनीतिले ब्यारेक बनाएर राख्ने हो ? केही सय कार्यकर्ताको लागि लाखौँ विद्यार्थीहरूले कहिलेसम्म त्याग गर्नुपर्ने हो ? लाखौँ अभिभावकहरूको लगानी र भविष्यको आशामाथि कुठाराघात कहिलेसम्म ? भ्रष्टाचारको अखडा बनेको शिक्षा क्षेत्रलाई दलीय हस्तक्षेप मुक्त कहिले बनाउने हो ? होइन, कति पुस्ताले गुमाउनु पर्ने हो ? के यो देश कहिले पनि नबनाउने हो ?

नेपाली मात्र भएर किन पुग्दैन नेपालमा ? एउटा सामान्य काम गर्न पनि कुनै न कुनै दलको झण्डा मुनि नै बस्न पर्ने किन ? किन जहिले पनि एउटा “चिनेको मान्छे“ नभई केही काम नबन्ने ? यिनै प्रश्न मेरो जस्तै तपाईँको मनमा पनि छन् होला । यिनै धाराप्रवाह प्रश्नहरूको बिचबाट तपाईँहरूको बिचमा तपाईँहरूकै भोगाइको गहिराई बुझ्न म वीरगन्जदेखि काठमाडौँसम्म यात्रा गर्दैछु । यो यात्रा एउटा जनप्रतिनिधिको रुपमा गरिएको पहल हो । यो यात्रामा शिक्षक, विद्यार्थी, अभिभावक, नागरिक समाज, युवा, र मिडियासँग संवाद गर्दै, यी प्रश्नहरूको जवाफ खोज्दै अगाडी बढ्नेछु ।

तपाईँलाई यात्रासँग सम्बन्धित कुनै सूचना वा जानकारी आवश्यक परेमा ९८६५९३६४७७ मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईँको सहभागिता र सुझाव यो यात्राको सफलता र सुशासनका लागि महत्त्वपूर्ण हुनेछ ।

धन्यवाद।

सुमना श्रेष्ठ
प्रतिनिधि सभा सदस्य
२०८१ माघ १० गते