२१ आश्विन २०८३, बुधबार Wednesday, October 7, 2026
२१ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar पाँच घण्टा ढिलो गरी कांग्रेस महाधिवेशनको बन्दसत्र सुरु News Polar रसायनशास्त्र तर्फको नोबेल पुरस्कार हेनरी कागान र केन्सो सोईलाई News Polar देवराज चालिसेले लिए उपसभापतिबाट उम्मेदवारी फिर्ता News Polar नेपाली सेनाद्वारा चिसापानीगढीमा सरसफाइ News Polar ओमान ए ले नेपाललाई दियो १६१ रनको लक्ष्य News Polar नेप्से परिसूचक सामान्य अङ्कले घट्यो News Polar पूर्वप्रधानन्यायाधीश जबराको घरमा सम्पत्ति शुद्धीकरणको छापा, आफन्त र निकटस्थ पनि अनुसन्धानको घेरामा News Polar मधेसको शिक्षा क्षेत्रका समस्या पहिचान गरी मन्त्रालयमा पेश गर्न मन्त्री पोखरेलको निर्देशन News Polar धादिङको गजुरी गाउँपालिकाले दसैँमा काठमाडौंमा रहेका गजुरीवासीलाई निःशुल्क यातायात सेवा दिने News Polar मन्त्रिपरिषद्को बैठक आज अपराह्न ४ बजे बस्दै News Polar कांग्रेस सभापतिको उम्मेदवारी फिर्ता गर्ने किशोरसिंह राठोरको घोषणा, गगन थापालाई समर्थन गर्ने News Polar विमानस्थल निर्माणदेखि सञ्चालनसम्म निजी क्षेत्रलाई सहभागी गराउने कानुनी तयारी News Polar न्यायाधीश नियुक्ति सिफारिसप्रति नेपाल बारको आपत्ति News Polar भुइँ तहका कार्यकर्ताको मूल्यांकनबिना कांग्रेस रूपान्तरण सम्भव छैन : डिला संग्रौला News Polar ‘विशेष महाधिवेशनपछि पनि कांग्रेस रनवेमा अड्कियो, रुपान्तरणको पनि रुपान्तरण चाहिन्छ’ News Polar क्रियाशील सदस्यबाटै वडा तहदेखि केन्द्रसम्म सभापति छानिनुपर्छ : अमरसिंह पुन News Polar संवैधानिक इजलास गठनमा मनोमानी नगर्न नेपाल बारको चेतावनी News Polar स्वास्थ्य परीक्षणदेखि अन्तरपुस्ता ज्ञान हस्तान्तरणसम्मका कार्यक्रम समेटिने News Polar टेलिमेडिसिन सेवा व्यवस्थित र दीगो बनाउन मन्त्री मेहताको जोड News Polar राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत, नयाँ शैक्षिक कार्यक्रम र डिजिटलाइजेशनमा जोड

नेता वामदेव गौतमविरुद्ध सर्वोच्चमा तीन रिट

नेता वामदेव गौतमविरुद्ध सर्वोच्चमा तीन रिट
अ अ+ अ-

काठमाडौं । प्रतिनिधिसभाको निर्वाचनमा पराजित भएका नेकपाका नेता वामदेव गौतमलाई राष्ट्रिय सभाको सदस्यमा मनोनित गर्ने कार्य संविधानविपरीत भएको दाबी गरी आइतबार सर्वोच्च अदालतमा छुट्टाछुट्टै तीनवटा रिट निवेदन पेस भएका छन् । सर्वोच्च अदालतका एक कर्मचारीका अनुसार ती रिट निवेदन दायर गर्ने वा दरपीठ गर्ने भन्ने सम्बन्धमा विचाराधीन अवस्थामा छन् । ती कर्मचारीले भने– ‘गौतमलाई राष्ट्रिय सभामा लगिएको विरुद्ध तीनवटा छुट्टाछुट्टै रिट निवेदन आएका छन् ।’ ती दर्ता गर्ने वा नगर्ने भन्नेबारेमा अध्ययन भइरहेको बताइएको छ । त्यसमध्ये एउटा रिट निवेदन वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीद्वारा पेस भएको छ । सो रिट निवेदनमा भनिएको छ– ‘प्रतिनिधिसभाको निर्वाचनमा पराजित भएको व्यक्तिलाई संघीय संसद्को सोही कार्यकालभित्र राष्ट्रिय सभामा मनोनित गरिनु जनताको अभिमतको गम्भीर अपमान हो । प्रथम दृष्टिमै यो संविधानको जालसाजीपूर्ण एवं कपटपूर्ण प्रयोग हो ।’

गत भदौ २९ गतेको मन्त्रिपरिषद्को निर्णयबमोजिम राष्ट्रपतिले गौतमलाई राष्ट्रियसभाको सदस्यमा मनोनित गर्नुभएको थियो । नेपालको संविधानको धारा ८६ (२) (ख) बमोजिम गौतमलाई सो सभाको सदस्यमा मनोनित गरिएको हो । पेस भएको रिट निवेदनमा संवैधानिक सरकार सीमित सरकारको अवधारणाबाट परिचालित हुने उल्लेख गर्दै संविधानले स्पष्टरुपमा प्रदान नगरेको शक्ति राज्यका कुनै निकाय तथा पदाधिकारीले प्रयोग गर्न नसक्ने स्पष्ट गरिएको छ । ‘निज वामदेव गौतमलाई जनताले प्रतिनिधिसभाको प्रत्यक्ष निर्वाचनमा पराजित गरिसकेका छन् । लोकतन्त्रमा जनताले कसैलाई पनि दण्डित वा पुरस्कृत गर्ने अन्तिम अधिकार राख्दछन् । यस सम्बन्धमा जनअभिमतलाई निरस्त गर्ने अधिकार कसैलाई पनि प्राप्त छैन।’ –रिट निवेदनमा उल्लेख गरिएको छ । गौतम प्रतिनिधिसभाका लागि भएको निर्वाचनमा बर्दिया जिल्लाबाट पराजित भएका थिए ।

गौतमलाई राष्ट्रिय सभामा ल्याइनु जनअभिमतको गम्भीर अपमान हुनुका साथै संविधानको धारा २ को स्पष्ट उल्लंघन भएको रिट निवेदनमा जनाइएको छ । धारा २ मा नेपालको सार्वभौमसत्ता र राजकीयसत्ता नेपाली जनतामा निहित रहेको कुरा उल्लेख छ । संविधानको धारा ७५ ले कार्यकारिणी अधिकार मन्त्रिपरिषद्लाई प्रदान गरेको भए पनि त्यसको प्रयोग विवेकहीन तथा स्वेच्छाचारी ढंगले हुन नसक्ने रिट निवेदनमा दाबी गरिएको छ । रिट निवेदनमा कार्यकारिणी अधिकारको प्रयोग गर्दा संविधानको आधारभूत परिकल्पनालाई नै ध्वस्त तथा पराजित गर्ने गरी गर्न नमिल्ने उल्लेख छ । राष्ट्रिय सभाको मनोनीति पद भनेको राजनीतिबाट टाढा रहेको व्यक्तिलाई चयन गर्ने सैद्धान्तिक विषय भएको उल्लेख गर्दै रिट निवेदनमा गौतम एक राजनीतिक व्यक्ति भएका कारण पनि मनोनित कार्य गैरसंवैधानिक भएको दाबी गरिएको छ ।

गौतमलाई अब मन्त्री बनाउने सम्भावना भएको पनि उल्लेख गर्दै रिट निवेदनमा राष्ट्रिय सभाको सदस्य बनाउने कार्य बदर गर्न माग गरिएको छ । संविधानबमोजिम गौतमलाई मन्त्रीसमेत बनाउन नमिल्ने रिट निवेदनमा उल्लेख गरिएको छ । नेपाल समाचारपत्र दैनिक