२१ आश्विन २०८३, बुधबार Wednesday, October 7, 2026
२१ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar पाँच घण्टा ढिलो गरी कांग्रेस महाधिवेशनको बन्दसत्र सुरु News Polar रसायनशास्त्र तर्फको नोबेल पुरस्कार हेनरी कागान र केन्सो सोईलाई News Polar देवराज चालिसेले लिए उपसभापतिबाट उम्मेदवारी फिर्ता News Polar नेपाली सेनाद्वारा चिसापानीगढीमा सरसफाइ News Polar ओमान ए ले नेपाललाई दियो १६१ रनको लक्ष्य News Polar नेप्से परिसूचक सामान्य अङ्कले घट्यो News Polar पूर्वप्रधानन्यायाधीश जबराको घरमा सम्पत्ति शुद्धीकरणको छापा, आफन्त र निकटस्थ पनि अनुसन्धानको घेरामा News Polar मधेसको शिक्षा क्षेत्रका समस्या पहिचान गरी मन्त्रालयमा पेश गर्न मन्त्री पोखरेलको निर्देशन News Polar धादिङको गजुरी गाउँपालिकाले दसैँमा काठमाडौंमा रहेका गजुरीवासीलाई निःशुल्क यातायात सेवा दिने News Polar मन्त्रिपरिषद्को बैठक आज अपराह्न ४ बजे बस्दै News Polar कांग्रेस सभापतिको उम्मेदवारी फिर्ता गर्ने किशोरसिंह राठोरको घोषणा, गगन थापालाई समर्थन गर्ने News Polar विमानस्थल निर्माणदेखि सञ्चालनसम्म निजी क्षेत्रलाई सहभागी गराउने कानुनी तयारी News Polar न्यायाधीश नियुक्ति सिफारिसप्रति नेपाल बारको आपत्ति News Polar भुइँ तहका कार्यकर्ताको मूल्यांकनबिना कांग्रेस रूपान्तरण सम्भव छैन : डिला संग्रौला News Polar ‘विशेष महाधिवेशनपछि पनि कांग्रेस रनवेमा अड्कियो, रुपान्तरणको पनि रुपान्तरण चाहिन्छ’ News Polar क्रियाशील सदस्यबाटै वडा तहदेखि केन्द्रसम्म सभापति छानिनुपर्छ : अमरसिंह पुन News Polar संवैधानिक इजलास गठनमा मनोमानी नगर्न नेपाल बारको चेतावनी News Polar स्वास्थ्य परीक्षणदेखि अन्तरपुस्ता ज्ञान हस्तान्तरणसम्मका कार्यक्रम समेटिने News Polar टेलिमेडिसिन सेवा व्यवस्थित र दीगो बनाउन मन्त्री मेहताको जोड News Polar राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत, नयाँ शैक्षिक कार्यक्रम र डिजिटलाइजेशनमा जोड

१३ दिनसम्म पनि रिपोर्ट नआउँदा जनप्रतिनिधि घरभित्रै

१३ दिनसम्म पनि रिपोर्ट नआउँदा जनप्रतिनिधि घरभित्रै
अ अ+ अ-

पाल्पा । तानसेन नगरपालिका–६ का वडाध्यक्ष सागरमान महर्जन होम आइसोलेसनमा बसेको आइतबार १३ दिन भयो । १० दिनअघि पीसीआर जाँचका लागि उनको स्वाब पठाए पनि अझै रिपोर्ट आएको छैन । कार्यपालिकाको बैठकमा सहभागी तीन जनामा कोरोना भाइरस संक्रमण देखिएपछि महर्जनसहित नगर प्रमुख अशोककुमार शाही, उपप्रमुख लक्ष्मी पाठकलगायत जनप्रतिनिधि होम आइसोलेसनमा बसेका छन् । नगरपालिका भदौ २६ गतेदेखि बन्द छ ।

अत्यावश्यक सेवाबाहेक सबै काम बन्द गरेर प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम बेल्वासेसहितका कर्मचारी स्वाब पठाएर होम आइसोलेसनमा बसेका छन् । ‘नतिजा छिटो आउला र कार्यालय खोल्ने भनेको १० दिन भइसक्यो,’ बेल्वासेले भने, ‘हामी अत्यावश्यक कामबाहेक अन्य काम नगरीकन घरमै बसेका छौं ।’

तानसेन नगरपालिकाले भदौ २६ गते २ सय ९, २८ गते १ सय ४७ र ३० गते ८७ जनाको स्वाब संकलन गरेर पठाएको थियो । आइतबार १ सय ४२ जनाको रिपोर्ट आएको छ । रिपोर्ट आउन ढिलाइ हुँदा नगरपालिकाका अत्यावश्यकबाहेकका सबै सेवा प्रभावित भएको नगर प्रमुख शाहीले बताए ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा स्वाब क्युमा रहेकाले तानसेनले पठाएका स्वाब शुक्रबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा पठाएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताए । कान्तिपुर दैनिक