७ माघ २०८१, सोमबार
,
Latest
सन्दिप थपलिया ‘शिसन’ द्वारा लिखित उपन्यास ‘राधे’ को विमोचन माघ दोस्रो साता अन्तर्राष्ट्रिय स्वच्छ ऊर्जा सम्मेलन राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणको प्रमुख कार्यकारीको जिम्मेवारीमा डा. भुसाल अतिक्रमण भएका जग्गाको लालपुर्जा नबाँडियोस् नेपाल न्यायोचित र अन्तर्राष्ट्रिय हितसहितको राष्ट्रिय हितका पक्षमा छ : प्रधानमन्त्री संसदको हिउँदे अधिवेशन माघ १८ मा बोलाउन सिफारिस संसद् बोलाउनेबारे प्रधानमन्त्री र सभामुख परामर्शमा मन्त्रीहरु औपचारिक कार्यक्रममा अल्झिँदा विधेयक माथिको छलफल सुस्त लखनउ सुपर जायन्ट्सको कप्तानमा ऋषभ पन्त गढीमाई मन्दिर तोडफोड गर्नेलाई कारबाही गर्न माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘बिग बोस–१८’ को विजेता बने करण वीर मेहरा



अ+ अ-

एजेन्सी । टिभी अभिनेता करण वीर मेहरा ‘बिग बोस–१८’ को विजेता बनेका छन् । करणले बिग बोस ट्रफीसँगै ५० लाख नगद पनि पाएका छन् । गत वर्ष नै करणले ‘खतरों के खिलाडी–१४’ को उपाधि पनि जितेका थिए ।

दिल्लीमा जन्मेका करणले टिभी शो, वेब सिरिज र फिल्ममा काम गरेका छन् । २००५ मा सुरु भएको उनको अभिनय करियर अहिलेसम्म पनि जारी छ ।

तर, करणको व्यक्तिगत जीवन उथलपुथलले भरिएको थियो । दुई पटक विवाह गरिसकेका करण अहिले अविवाहित छन् । करणको सन् २००६ मा भयानक दुर्घटना भएको थियो । यही क्रममा उनी रक्सीको लतमा परे र डिप्रेसनमा समेत गए ।

करणको जन्म २८ डिसेम्बर १९७७ मा दिल्लीमा भएको थियो । हजुरआमाको सल्लाहमा उनले आफ्नो नाममा दिवंगत हजुरबुवाको नाम वीर राखेका थिए ।

करणले मसुरीको बोर्डिङ स्कुलमा १० कक्षासम्म पढेका थिए । त्यसपछि उनले दिल्लीको एक विद्यालयमा आफ्नो थप अध्ययन गरे । स्कुलको पढाइ पूरा गरेपछि उनले दिल्ली कलेज अफ आर्ट्स एण्ड कमर्सबाट स्नातक गरे ।

करणले सन् २००९ मा बाल्यकालकी प्रेमिका देविका मेहरासँग विवाह गरेका थिए । तर, सन् २०१८ मा दुवैको सम्बन्धविच्छेद भयो ।

देविकासँग सम्बन्धविच्छेद गरेपछि करणले २०२१ मा निधि सेठसँग विवाह गरे । तर उनीहरुको सम्बन्ध पनि लामो समय टिक्न सकेन र २०२३ मा उनीहरु अलग भए ।