२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नीरज चोपडाले टेनिस खेलाडी हिमानीसँग विवाह गरे



अ+ अ-

एजेन्सी । भारतका ओलम्पिक च्याम्पियन नीरज चोपडाले शुक्रबार विवाह गरेका छन् ।

उनले २ दिनपछि आइतबार राति आफ्नो विवाहको ३ तस्विर सामाजिक सञ्जालमा पोस्ट गरे । तस्बिरमा उनकी श्रीमती हिमानी र आमा सरोज देवी देखिएकी छन् ।

२७ वर्षीय नीरजले सामाजिक सञ्जालमा लेखेका छन्– मेरो परिवारसँग जीवनको नयाँ अध्याय सुरु भयो । पारिवारिक स्रोतका अनुसार नीरज र हिमानीको विवाह समारोह निकै गोप्य रुपमा आयोजना गरिएको थियो ।

विवाहमा केटा र केटीका परिवारका सदस्य मात्रै सहभागी थिए ।

नीरजले शेयर गरेको तस्विरमा परिवारका केही सदस्य मात्रै सँगै बसेको देख्न सकिन्छ । विवाहको बारेमा परिवार बाहेक कसैलाई थाहा थिएन ।

को हुन् नीरजकी श्रीमती हिमानी ?
नीरजले आफ्नै राज्य हरियाणाको सोनीपत जिल्लाको लाडसौली गाउँकी टेनिस खेलाडी हिमानी मोरसँग विवाह गरेका हुन् ।

हिमानी अमेरिकाबाट खेलकुद अध्ययन गर्दैछिन् । उनका बुबा चन्द राम करिब २ महिनाअघि स्टेट बैंक अफ इन्डिया (एसबीआई)बाट सेवानिवृत्त भएका थिए । हिमानीका बुबाले गाउँमा खेलकुद रंगशाला बनाएका छन् । हिमानीले लिटिल एन्जल स्कूल, सोनीपतमा पढ्दा टेनिस खेल्न थालेकी थिइन् ।

भारतका गोल्डेन ब्वाई नीरज चोपडाले २०२४ पेरिस ओलम्पिकमा रजत पदक जितेका थिए । २७ वर्षीय नीरजले दोस्रो प्रयासमा सिजनको उत्कृष्ट ८९.४५ स्कोर बनाएका थिए । योसँगै उनी लगातार दुई ओलम्पिकमा पदक जित्ने तेस्रो भारतीय खेलाडी बने ।

नीरजले टोकियो ओलम्पिक २०२० मा पनि स्वर्ण पदक जितेका थिए । नीरज भन्दा पहिले, पहलवान सुशील कुमार र ब्याडमिन्टन खेलाडी पीवी सिन्धुले मात्र लगातार दुई ओलम्पिकमा भारतको लागि पदक जित्न सकेका थिए ।