२१ आश्विन २०८३, बुधबार Wednesday, October 7, 2026
२१ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar SC orders to present written reply on writ against Sudurpaschim government News Polar NC General Convention: Voting to begin at 10:00am Thursday News Polar क्रिकेटः नेपालद्वारा ओमान ‘ए’ पराजित News Polar मन्त्री चौधरीसँग जिजिजिआइका राष्ट्रिय प्रतिनिधिको भेट News Polar ग्रामीण र दुर्गम क्षेत्रमा गुणस्तरीय इन्टरनेट विस्तार सरकारको प्राथमिकता छः सञ्चारमन्त्री तिमिल्सिना News Polar नेपाली कम्युनिस्ट आन्दोलन ध्रुविकरणबाट एकीकरणको चरणमाः शक्ति बस्नेत News Polar जनताको असन्तुष्टि बुझ्न नसक्दा वामपन्थी आन्दोलन रक्षात्मक बन्योः महासचिव पोखरेल News Polar शेरबहादुर दाई महाधिवेशनको मञ्चमा नहुँदा मिठो लागेको छैनः सभापति थापा News Polar बेपत्ता भएका नागरिकलाई मृत घोषणा गर्ने अवधि १२ वर्षबाट ४५ दिनमा छोट्याइयो News Polar लोकतान्त्रिक संस्कृतिमा आएको क्षय सुधार्ने मुख्य अभिभारा काँग्रेससँग छः उपसभापति शर्मा News Polar काँग्रेसको प्राथमिकता सत्ता प्राप्ति मात्र हुनुहुँदैन, मुलुक निर्माणमा केन्द्रित राजनीतिक शक्तिका रुपमा स्थापित गरौँः आङ्देम्बे News Polar प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना शुरु, ५० हजारभन्दा बढी प्रहरी परिचालन News Polar नीति अनुसन्धान प्रतिष्ठानका २० अनुसन्धान परियोजनामाथि छलफल News Polar तीन वटा अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने सरकारकाे निर्णय News Polar थापाले बन्द सत्र समापनमा घोषणा गर्दै भने : कांग्रेसमा आजदेखि सबै गुट सकियो, अब कुनै समूह छैन News Polar खगेन्द्र सुनारले भने– ‘ममाथि लागेका सबै आरोपको निष्पक्ष छानबिन गरियोस्’ News Polar निर्वाचन प्रहरीको पोशाक खरिदबारे राजनीतिक आग्रह–पूर्वाग्रहभन्दा माथि उठेर अध्ययन गर्छौँ : ओली News Polar प्रहरीको पोशाक खरिद अध्ययन उपसमितिले पारित गर्‍यो १९ बुँदे कार्यविधि News Polar कांग्रेस महाधिवेशन : नयाँ नेतृत्व चयनका लागि बिहीबार बिहान १० बजेदेखि मतदान News Polar मोदीको सार्वजनिक सेवामा २५ वर्ष पूरा भएको अवसरमा रवि लामिछानेद्वारा बधाई

खाडी मुलुकमा अझै ८४ हजार नेपाली उद्धार कुर्दै

खाडी मुलुकमा अझै ८४ हजार नेपाली उद्धार कुर्दै
अ अ+ अ-

काठमाडौँ । मलेसिया र खाडी मुलुकमा करार अवधि समाप्त भएर घर फर्किने प्रतीक्षामा अझै ८४ हजार नेपाली रहेका छन् । हालकै अनुसार उडानको प्रबन्ध भएमा उनीहरूलाई स्वदेश आइपुग्न अझै तीन महिना लाग्नेछ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सोमबार सार्वजनिक गरेको विवरणअनुसार कोरोना महामारीका कारण एक लाख ३३ हजार चार सय ८५ जनाले स्वदेश फर्कनका लागि निवेदन दिएका थिए । जसमध्ये हालसम्म ४८ हजार ८ सय ६५ जना मात्रै फर्किएका छन् । समयमा नै उद्धार हुन नसकेपछि स्वदेश फिर्नेको संख्या दैनिक थपिँदै गएको छ । राष्ट्रिय मानवअधिकार आयोगले सरकारले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई घर फर्काउन यथोचित प्रबन्ध मिलाउन नसकेको ठहर गरेको छ । ‘विदेशमा रहेका नेपालीलाई कति दिनभित्र ल्याउने भन्ने योजना सरकारसँग भएन । उनीहरू कहिलेसम्म यसरी पर्खेर बस्ने हो ?,’ आयोगका सदस्य सुदीप पाठकले भने । आयोगले सरकारलाई पूर्ण विवरणसहितको उडान तालिका पेस गर्न भनेको छ । ‘कतिवटा उडान भएमा अहिले प्रतीक्षामा रहेका नेपाली स्वदेश आइपुग्छन्, यसको पनि विवरण मागेका छौं,’ उनले भने, ‘जति ढिलो भयो, त्यति नै जोखिम बढ्छ ।’

सरकारले पीसीआर रिपोर्ट नेगेटिभ आएका यात्रुलाई मात्रै ल्याउने नीति लिए पनि हाल दैनिक १२ देखि १५ सय जना मात्रै आइरहेका छन् । त्यो पनि खाडी तथा मलेसियाबाट मात्रै होइन । पीसीआर रिपोर्ट नेगेटिभ आएकाहरूलाई नेपाल फर्किएपछि क्वारेन्टाइनमा नराखी सिधै होम क्वारेन्टाइनमा पठाइएको छ । विदेशस्थित दूतावास र कम्पनीको क्याम्पमा रहेका कामदारहरूले सरकारविरुद्ध नाराबाजी गरेपछि यसअघि लागू गरिएको दैनिक ५ सय जनालाई मात्रै विदेशबाट ल्याउने व्यवस्था हटाइएको थियो । खाडी तथा मलेसियास्थित राजदूतहरूले उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिसमक्ष उडानको संख्या थप्न सरकारलाई पहल गरिदिन आग्रह गरेका थिए ।

सबैभन्दा बढी संयुक्त अरब इमिरेट्स (यूएई) मा स्वदेश फिर्नका लागि ४८ हजार जनाले दूतावासमा नाम दर्ता गराएका छन् । यूएईबाट हालसम्म २० हजार ६ सय ५७ जना स्वदेश फिरेका छन् । साउदी अरबका लागि नेपाली राजदूत महेन्द्रप्रसाद सिंह राजपुतले २८ हजार जनाभन्दा बढीले स्वदेश फर्किन निवेदन दिएकोमा १० हजार जनालाई मात्रै पठाउन सकिएको बताए । ‘हामी अहिले गैंडाको छाला ओढेर कुर्सीमा बसिरहेका छौं । घर पठाउन नसकिएपछि श्रमिकहरू दूतावासविरुद्ध विरोधमै उत्रिएका छन् । निःशुल्क र शुल्क जे भए पनि उडान चाहिन्छ,’ उनले भने । मलेसियामा १८ हजार जनाले स्वदेश फिर्न आवेदन दिएका छन् । त्यसमध्ये ११ हजार जना फर्किए । राजदूत उदयराज पाण्डेले अझै करिब ८ हजार जनाले स्वदेश फर्किन दूतावासमा नाम दर्ता गराएको बताए । उनका अनुसार स्वदेश फर्किन नाम दर्ता गराएका बाहेक हरेक दिन तीन सय नेपालीहरूको भिसा अवधि सकिने गरेकाले पनि उक्त संख्या थपिँदै गएको हो । ‘दसैं र तिहारको समय नजिकिँदै गर्दा पनि यो संख्या बढ्ने भएकाले प्रत्येक साता मलेसियाका लागि १६ वटा नियमित उडान आवश्यक पर्छ,’ उनले भने ।

कुवेतका लागि नेपाली राजदूत दुर्गाप्रसाद भण्डारीले दूतावासमा स्वदेश फर्किनका लागि नाम दर्ता गराउनेको संख्या ९ हजार २ सयभन्दा बढी रहेको बताए । कतारमा दैनिक एक सय ५० जनाका दरले स्वदेश फर्किन चाहनेको संख्या बढिरहेको छ । यो संख्या २० हजारभन्दा बढी पुगिसकेको छ । जसमध्ये ९ हजार एक सय ७१ जना स्वदेश फिर्ता भएका छन् । ‘यहाँ क्याम्पबाट बाहिर निस्केपछि ओत लाग्ने ठाउँ अर्को छैन । उनीहरू सडकमा आइपुग्छन् कि भन्ने ठूलो त्रास छ,’ उनले भने । कतारका लागि मात्रै कम्तीमा दैनिक ४ वटा उडान गर्न नसके अहिले थन्किएकाहरू दसैंतिहारमा घर फर्किन सम्भव नभएको उनले बताए ।

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) का सदस्यसमेत रहेका परराष्ट्र मन्त्रालयका सहसचिव हरिश्चन्द्र घिमिरेले राष्ट्रिय उडान नभएको देशमा नेपाल एयरलाइन्सलाई प्राथमिकता दिइएको बताए । ‘जुन देशबाट नेपालमा उडान छ, त्यही देशको एयरलाइन्सले उद्धार उडान गर्छ । जुन देशबाट उडान छैन, त्यहाँ नेपाल एयरलाइन्सको उडान संख्या बढाइएको छ,’ उनले भने । कान्तिपुर दैनिक