२१ आश्विन २०८३, बुधबार Wednesday, October 7, 2026
२१ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar SC orders to present written reply on writ against Sudurpaschim government News Polar NC General Convention: Voting to begin at 10:00am Thursday News Polar क्रिकेटः नेपालद्वारा ओमान ‘ए’ पराजित News Polar मन्त्री चौधरीसँग जिजिजिआइका राष्ट्रिय प्रतिनिधिको भेट News Polar ग्रामीण र दुर्गम क्षेत्रमा गुणस्तरीय इन्टरनेट विस्तार सरकारको प्राथमिकता छः सञ्चारमन्त्री तिमिल्सिना News Polar नेपाली कम्युनिस्ट आन्दोलन ध्रुविकरणबाट एकीकरणको चरणमाः शक्ति बस्नेत News Polar जनताको असन्तुष्टि बुझ्न नसक्दा वामपन्थी आन्दोलन रक्षात्मक बन्योः महासचिव पोखरेल News Polar शेरबहादुर दाई महाधिवेशनको मञ्चमा नहुँदा मिठो लागेको छैनः सभापति थापा News Polar बेपत्ता भएका नागरिकलाई मृत घोषणा गर्ने अवधि १२ वर्षबाट ४५ दिनमा छोट्याइयो News Polar लोकतान्त्रिक संस्कृतिमा आएको क्षय सुधार्ने मुख्य अभिभारा काँग्रेससँग छः उपसभापति शर्मा News Polar काँग्रेसको प्राथमिकता सत्ता प्राप्ति मात्र हुनुहुँदैन, मुलुक निर्माणमा केन्द्रित राजनीतिक शक्तिका रुपमा स्थापित गरौँः आङ्देम्बे News Polar प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना शुरु, ५० हजारभन्दा बढी प्रहरी परिचालन News Polar नीति अनुसन्धान प्रतिष्ठानका २० अनुसन्धान परियोजनामाथि छलफल News Polar तीन वटा अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने सरकारकाे निर्णय News Polar थापाले बन्द सत्र समापनमा घोषणा गर्दै भने : कांग्रेसमा आजदेखि सबै गुट सकियो, अब कुनै समूह छैन News Polar खगेन्द्र सुनारले भने– ‘ममाथि लागेका सबै आरोपको निष्पक्ष छानबिन गरियोस्’ News Polar निर्वाचन प्रहरीको पोशाक खरिदबारे राजनीतिक आग्रह–पूर्वाग्रहभन्दा माथि उठेर अध्ययन गर्छौँ : ओली News Polar प्रहरीको पोशाक खरिद अध्ययन उपसमितिले पारित गर्‍यो १९ बुँदे कार्यविधि News Polar कांग्रेस महाधिवेशन : नयाँ नेतृत्व चयनका लागि बिहीबार बिहान १० बजेदेखि मतदान News Polar मोदीको सार्वजनिक सेवामा २५ वर्ष पूरा भएको अवसरमा रवि लामिछानेद्वारा बधाई

कृषिमा नयाँ व्यवस्था आउँदैछ- मन्त्री भुसाल

कृषिमा नयाँ व्यवस्था आउँदैछ- मन्त्री भुसाल
अ अ+ अ-

सुरुङ्गा । कृषि तथा पशुपन्क्षी विकासमन्त्री घनश्याम भुसालले कृषि क्षेत्रमा देखिएका समस्या समाधानका लागि सरकारले नयाँ व्यवस्था ल्याउन लागेको बतमएका छन् । झापाको बिर्तामोडमा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्री भुसालले सरकारले ल्याउने नयाँ व्यवस्थाले कृषकका समस्या समाधान गर्ने दावी गरे । उनले कृषि क्षेत्रमा ल्याइने नयाँ व्यवस्था संविधान बमोजिम हुने र त्यसले कृषि क्षेत्रको उत्पादन, प्राविधिक, किसानलाई दिइने सेवा, वित्तीय पहुँच, बीमा तथा उत्पादनको  समर्थन मूल्य तोक्दै जाने गरी नयाँ कृषि व्यवस्था सरकारले ल्याउन लागेको जानकारी दिए । “नेपालमा कृषि कर्म गर्ने हरेक नागरिकले अब निराश हुनु पर्दैन”, मन्त्री भुसालले भने, “कृषकले उत्पादन गरेको हरेक बस्तुको सरकारले समर्थन मूल्य तोक्छ र त्यसको सुनिश्चितता गर्दै जाने छ ।”
 
कृषि क्षेत्रमा अहिले सयौं समस्या रहेको र त्यसलाई नयाँ व्यवस्थामा ढालेर समस्याको हल गर्न यो सरकार लागि परेको बताउँदै मन्त्री भुसालले अबको दुई तीन वर्षमा कृषि क्षेत्रमा नयाँ व्यवस्था ल्याएर कृषकका सबै समस्या हल गर्ने धारणा राखे। उनले कृषि क्षेत्रमा ल्याइने नयाँ व्यवस्थाका लागि आफैंबाट शुसासनको काम शुरु गरेको बताए।
 
सरकारले ठीक तवरले काम गरिरहेको बताउँदै मन्त्री भुषालले सरकारका जुनसुकै कार्यक्रमहरु अहिलेको संविधान बमोजिम नै अघि बढेको बताए । संविधानलाई कार्यान्वयन गर्दै जाने दिशामा सरकार रहेकाले सरकार सञ्चालनका क्रममा केही कमी कमजोरी भए त्यसलाई सरकारले सुधार्दै जाने बताए । “सरकार अगाडि बढ्न सरकारको टिका टिप्पणी आवश्यक छ”, मन्त्री भुसालले भने, “यो सरकार संविधानभीत्र छ र संविधानलाई कार्यान्वयन गर्नका लागि सरकारका सबै संरचना ठीक ढङ्गले सञ्चालन भईरहेका छन् ।”