१९ मंसिर २०८२, शुक्रबार
,
Latest
महिला भलिबल प्रतियोगिता : नेपाल पुलिस क्लब विजयी बालबालिकालाई अस्थायी संरक्षण र वैकल्पिक स्याहारको व्यवस्था गर्दै कामपा विश्वकप खेल्ने नेपाली महिला टोलीको बन्द प्रशिक्षण सुरु मुख्यमन्त्रीद्वारा मानव सेवा आश्रम सुर्खेतको भवन शिलन्यास हाइअल्टिच्यूड क्रिकेटको प्रवर्द्धन गर्न अर्जुनचौपारी र अपिहिमालबीच भगिनी सम्बन्ध स्थापना प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

अग्रता जोगाउन नसक्दा बराबरीमा रोकियो आर्सनल



अ+ अ-

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले बराबरी खेलेको छ ।

गएराति भएको खेलमा आर्सनलले एस्टन भिल्लासँग २–२ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।

घरेलु मैदानमा आर्सनलले लिएको दोब्बर अग्रता जोगाउन सकेन । खेलको ३५ औं मिनेटमा गाब्रियल मार्टिनेलीले र ५५ औं मिनेटमा काई हाभेर्ट्जले गोल गर्दै आर्सनललाई दुई गोलको अग्रता दिलाएका थिए ।

तर, ६० औं मिनेटमा योरी टिलेमान्सले र ६८ औं मिनेटमा ओली वाट्कीन्सले गोल गर्दै एस्टन भिल्लालाई हारबाट जोगाए । खेलको ८९ औं मिनेटमा आर्सनलका हाभेर्ट्जले गरेको गोलले मान्यता पाएन ।

बराबरीसँगै आर्सनल २२ खेलबाट ४४ अंकका साथ तालिकाको दोस्रो स्थानमा छ । भिल्ला ३६ अंकका साथ सातौं स्थानमा छ ।