७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल News Polar भोटेकोशी बाढीले क्षतिग्रस्त पिमलटार–जागाराम झोलुङ्गे पुल पुनः सञ्चालन News Polar भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँदै News Polar रैथाने बाली सङ्कटमा News Polar महामारीजन्य पशुरोग नियन्त्रणका लागि नयाँ कानुनी ढाँचा आवश्यक : मन्त्री चौधरी News Polar अण्डाको मूल्य बढ्यो News Polar प्रमुख प्रतिपक्षका रूपमा कांग्रेस थप जिम्मेवार र परिपक्व बन्नुपर्छ : प्रदीप पौडेल News Polar नाडा र भन्सार विभागबीच रसुवा बाढीबाट अटोमोबाइल क्षेत्रमा परेको क्षतिबारे छलफल News Polar प्रधानमन्त्रीको संयुक्त राष्ट्रसंघ भ्रमणः दलहरूसँग परामर्श र प्रोटोकल पालनामा प्रतिपक्षको असन्तुष्टि News Polar नेतृत्वको वास्तविक महानता पदमा अनन्तसम्म टिकिरहनुमा होइन News Polar पत्रकार महासंघलाई सञ्चारमन्त्रीको कटाक्ष–‘ठेक्का लिएको संस्थाले पत्रकारिता क्षेत्र जोगाइदिएको भए निकै माथि उठिसक्थ्यो’ News Polar भारी वर्षाको जोखिममा सरकारको तयारी : बाढीको अवस्था घण्टा–घण्टामा अपडेट गरिने News Polar असोज ९ देखि तीन दिन भारी वर्षाको सम्भावना, सतर्क रहन प्रधानमन्त्री शाहको आग्रह News Polar भारी वर्षाको पूर्वानुमानपछि प्रधानमन्त्री शाहद्वारा सतर्कता अपनाउन अनुरोध News Polar भन्सार राजस्व संकलन एक खर्ब नाघ्यो, बाँकी लक्ष्यमा विभागको ध्यान News Polar बाढीबाट बच्न पूर्वसतर्कता अपनाउन अपिल News Polar सुदूरपश्चिममा सेनाको हेलिकप्टरसहित विपद् प्रतिकार्य तयारी अवस्थामा News Polar पचास लाखभन्दा बढीका मोबाइलका सामान गौरमा बरामद

जङ्गली हात्तीले हैरान

जङ्गली हात्तीले हैरान
file
अ+ अ-

चितवन । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा धान पसाउन लाग्दै गर्दा जङ्गली हात्तीले नोक्सान पु¥याउन शुरु गरेको छ । जिल्लाको पूर्वी क्षेत्र राप्ती र पश्चिमी क्षेत्र जगतपुर, मेघौलीसँगै माडीमा हात्तीले दैनिक रातको समयमा दुःख दिने गरेको हो ।

साँझ परेपछि एक्लै र समूहमा निकुञ्जबाट निस्किएर हात्ती धानबारीमा पस्ने गर्छन् । धान खाने, कुल्चने, मडार्ने गरेर क्षति पु¥याएको स्थानीयवासीको गुनासो छ । ती क्षेत्रका बासिन्दाले पालो मिलाएर रातभर हात्ती लखेट्ने गरेका छन् । ट्याक्टरको बत्ती बाल्ने, टायर बाल्ने, विद्युत्तीय झड्का दिएर लखेट्ने गरेको उनीहरुको भनाइ छ । 

लोथर मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष मानबहादुर स्याङ्बोका अनुसार राप्ती नगरपालिका वडा नं १ र ३ मा हात्तीले बढी सताउने गरेको छ । विगत ५० दिनयता रोनाल्डासँगै अन्य तीन चार हात्ती दैनिक आउने गरेको स्याङ्बोले बताउनुभयो । उहाँले भन्नुभयो “कहिले तीन त कहिले चार वटा हात्ती दैनिक आउँछन् ।”

कहिलेकाहीँ त्यही बथान मकवानपुरको मनहरि क्षेत्रमा जाने उहाँको भनाइ छ । साँझ ८ः०० बजेतिर आएका हात्तीलाई लखेट्न नसके बिहान ४ः०० बजेसम्म धानमा क्षति पु¥याउने गरेको छ । सो सामुदायिक वनले विद्युतीय झड्काका लागि तारबार गरेको छ । राप्ती नगरपालिकाको सहयोगमा १० मिटरको फरकमा तीन किलोमिटर क्षेत्रमा सिएफएल बालिएको उहाँको भनाइ छ । स्थानीयवासीले चोक–चोकमा टायर बाल्ने, दैनिक दुई वा तीनवटा ट्याक्टरमा बत्ती बालेर लखेटिरहेको उहाँले जानकारी दिनुभयो । 

हात्तीले अहिलेसम्म सो क्षेत्रमा १५ बिघा भन्दा बढी क्षेत्रफलमा लगाएको धान क्षति बनाएको छ । यससँगै एउटा घर, एउटा कुखुराको खोर र एउटा घरको भान्छामा क्षति बनाएको उहाँले दुखेसो गर्नुभयो । पश्चिम चितवनको शुक्रनगर, जगतपुर, पटिहानी, मेघौली क्षेत्रमा पनि हात्तीले सताउने गरेको छ । त्यस क्षेत्रमा गोविन्दे नामको पुरानो हात्ती दैनिक आउने गरेको हरियाली मध्यवर्ती सामुदायिक वनका सल्लाहाकार संयोजक लालबहादुर दवाडीले जानकारी दिनुभयो । 
 
माडी क्षेत्रमा हरेक वर्ष हात्तीले दुःख दिने गर्दछन् । माडी नगरपालिकाका प्रमुख ठाकुर ढकालले भैरवपुर, वनकट्टा, पौवारी, कृष्णनगर लगायतका क्षेत्रमा रातको समयमा हात्ती धान खेतमा पसेर क्षति पु¥याउन थालेको बताउनुभयो । ढकालले हात्तीले क्षति बनाएबापत निकुञ्जले दिने जति राहत नगरपालिकाले थप गरेर दिँदै आएको जानकारी दिनुभयो । 

जङ्गली जनावरको आक्रमणबाट नगरवासीको मृत्यु भएमा मृतकका परिवारलाई तत्काल किरिया खर्चबापत रु २५ हजार नगरपालिकाले दिँदै आएको छ । उनीहरुका आफ्नै छोरा वा छोरी कक्षा १२ भन्दा तल पढ्दै गरेको भएमा रु पाँच लाख सहयोग गर्ने गरेको छ । हालसम्म दु्ई परिवारलाई अध्ययन खर्च दिइएको ढकालको भनाइ छ । 

चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष प्रकाश ढुङ्गानाले जङ्गली हात्तीले निकै दुःख दिने गरेको बताउनुभयो । मध्यवर्ती सामुदायिक वनको अगुवाइमा स्थानीयवासीले हात्ती लखेट्ने गरेको उहाँको भनाइ छ । जङ्गली हात्तीले पु¥याएको क्षतिको राहत निकुञ्जले दिने गरेको भए पनि पूर्ण दिन सम्भव छैन । 

निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले जङ्गली हात्ती बाहिर निस्कने क्रम बढेपछि गस्ती बढाइएको जानकारी दिनुभयो । मानवीय र अन्य क्षति नहोस् भन्नका लागि गाडी तथा ट्याक्टरको सहयोगमा हात्ती लखेट्ने काम भइरहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “बढी नै दुःख दिएमा हवाई फायरसमेत गर्नका लागि तयारी अवस्थामा सुरक्षाकर्मी राख्ने गरिएको छ ।” निकुञ्जभित्रको घाँस छिप्पिएको हुने तर बाहिरको धान कलिलो र मिठो हुने भएकाले यो मौसममा जङ्गली हात्ती बाहिर आउने उहाँको भनाइ छ ।