४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar संयुक्त राष्ट्रसंघ महासभामा सहभागिता हाम्रो कानुनी अधिकार हो : इरान News Polar असोज ८–११ मा भीषण वर्षाको जोखिम, सजग रहन मौसमविद् उपाध्यायको आग्रह News Polar उपत्यकामा रात्रीकालीन बस सेवा विस्तार, ९ स्थानीय तह एकजुट News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar डिजिटल रूपान्तरण राष्ट्र निर्माणको परियोजना हो : सञ्चारमन्त्री तिमिल्सिना News Polar क्षेत्रगत विज्ञको राष्ट्रिय रोस्टर तयार गर्दै महिला मन्त्रालय News Polar ‘आज कसैको हात छुटाउनु अघि सोचौँ, भोलि त्यही हातको आवश्यकता पर्न सक्छ’ News Polar ईडीएलभिआरएसबाट लाइसेन्स छपाइ सुरु, पहिलो चरणमा ३ हजार ८१ वटा छापियो News Polar गोरखामा जीप दुर्घटना हुँदा ८ जना घाइते News Polar राजनीति विश्लेषक भरत दाहाल पक्राउ News Polar विपद्मा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु जथाभावी वितरण नगर्न आग्रह News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar बीस क्विन्टल गाँजासहित दुई जना पक्राउ News Polar ढोरपाटन पुगेर चन्द्र ढकालले भने-नेपाल सुरक्षित छ, घुम्न आउनुहोस् News Polar नाडाद्वारा नुवाकोटका बाढीपीडितलाई राहत सामग्री हस्तान्तरण News Polar अर्थमन्त्री वाग्लेसँग पूर्व भारतीय राजदूत अश्राफको भेट News Polar सुनको मूल्य तोलामा २ हजार १ सय रुपैयाँ बढ्यो News Polar क्यारिबियनमा अमेरिकी सेनाको कारबाहीमा चार जना मारिए News Polar कांग्रेस महाधिवेशनमा सहभागी नहुने पूर्णबहादुर खड्काको घोषणा

सैफ अली खानमाथि आक्रमणको आशंकामा एक पक्राउ

सैफ अली खानमाथि आक्रमणको आशंकामा एक पक्राउ
अ+ अ-

एजेन्सी । मुम्बईको बान्द्रा प्रहरीले बलिउड अभिनेता सैफ अली खानको घरमा घुसेर हमला गरेको आरोपमा शुक्रबार एक संदिग्धलाई पक्राउ गरेको छ । प्रहरीले उनीसँग सोधपुछ गरिरहेको छ ।

प्रहरीका अनुसार आक्रमणपछि संदिग्ध व्यक्ति बान्द्रा रेलवे स्टेशन नजिकैको सीसीटीभीमा देखिएको थियो । उनलाई यही क्षेत्रबाट पक्राउ गरिएको हो । संदिग्ध व्यक्ति १५ जनवरी राति पौने दुई बजे सैफको घरको छैठौं तलाबाट तल झरेको देखिएको छ ।

यस आक्रमणमा अभिनेताको घाँटी, ढाड, हात र टाउको सहित ६ स्थानमा छुरा प्रहार गरिएको थियो । लिलावती अस्पतालका सीओओ डा नीरज उत्तमानीले सैफको मेरुदण्डमा चक्कुको टुक्रा अड्किएको र तरल पदार्थ पनि निस्किरहेको बताए । शल्यक्रिया गरेर निकालिएको छ । प्रहरीले चक्कुलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ ।

The residential building that houses the home of Bollywood actor Saif Ali Khan where he was stabbed following a scuffle with an intruder in Mumbai, Thursday, Jan. 16, 2025. (AP Photo/Rajanish Kakade)

यो घटना सैफ–करीनाका सन्तान तैमुर–जेहको कोठामा भएको हो । कोठामा उनको हाउसकीपर एरियामा फिलिप उर्फ ​​लिमा उपस्थित थिए, जसलाई अज्ञात व्यक्तिले समातेको थियो । उनी चिच्याएको सुनेर सैफ बालबालिकाको कोठामा पुगे । सैफलाई देख्नेबित्तिकै अज्ञात व्यक्तिले उनीमाथि आक्रमण गर्न थाले । सो क्रममा घाइते भएका घरेलुलाई पनि लिलावती अस्पताल लगिएको छ ।

Police personnel stand outside Lilavati hospital where Bollywood actor Saif Ali Khan underwent surgery for stab injuries after a scuffle with an intruder at his home in Mumbai, Thursday, Jan. 16, 2025.(AP Photo/Rajanish Kakade)

सैफको घरबाट तीन जना घरेलु कामदारलाई सोधपुछका लागि प्रहरी चौकी लगिएको प्रहरीले जनाएको छ । यसै क्रममा घरमा काम गर्ने कामदारले प्रहरीलाई बताएकी थिइन् कि उनले बाथरुम नजिकै अचानक छायाँ देखिन् र करिना आफ्नो कान्छो छोरालाई भेट्न आएकी होलान् भन्ने सोचिन् । तर पछि उनलाई शंका लागेपछि उनी अगाडि बढेकी थिइन् । अचानक एक व्यक्तिले महिलामाथि आक्रमण गरी धारिलो हतियार देखाएर चुप बस्न भने ।

यसैबीच अर्की कामदार पनि आइपुगिन् । यसै क्रममा आक्रमणकारीले बालबालिकाको हेरचाह गर्ने कामदार (आया)सँग एक करोड रुपैयाँ मागेका थिए । यसै क्रममा सैफ अली खान पनि त्यहाँ पुगे र उनले देखेपछि अज्ञात अभियुक्त र सैफबीच झडप भएको थियो ।

बान्द्रा प्रहरीले आक्रमणकारीको खोजीका लागि १० टोली बनाएको छ । अपराध महाशाखाले घटनाको अनुसन्धानका लागि टोली समेत गठन गरेको छ । अनुसन्धानका लागि क्राइम ब्रान्च सैफको घरमा पनि पुगेको छ । टोलीमा इन्काउन्टर विशेषज्ञ दया नायक पनि छन् ।