८ श्रावण २०८३, शुक्रबार
,
Latest
दक्षिण–पूर्व एशियाका स्क्यामिङ सेन्टरबाट ८ सय ६० नेपालीको उद्धार, ४९ जना अझै कम्बोडियाको जेलमा ‘ट्राफिक व्यवस्थापनमा मेट्रो ट्राफिक एफएमको भूमिका प्रशंसनीय’ ट्राफिक एफएम १५ औँ वर्षमा विधायन व्यवस्थापन समितिको अभिमुखीकरण कार्यक्रम सिंहदरवारभित्रै गरिने, मितव्ययिता र स्रोतको अभाव मुख्य कारण बडीमालिकामा तत्काल टेलिफोन र इन्टरनेट सुविधा पुर्याउन सञ्चारमन्त्रीको निर्देशन, हेलिकप्टरमार्फत् सामान ढुवानी गरिने कोलकाता–विराटनगर कार्गो रेल सेवा सञ्चालनमाः व्यापार लागत घट्ने र ढुवानी सहज हुने अपेक्षा ऐन कार्यान्वयन र अन्तर–निकाय सम्बन्धमा विज्ञहरूको परामर्श आवश्यकः नेता दंगाल ‘जनविरोधी कानून स्वीकार गर्न सकिँदैन, विज्ञ छनोटमा गम्भीर बनौँ’: झक्कुप्रसाद सुवेदी राष्ट्रिय सभा र संसदीय समितिको प्रभावकारिताका लागि अभिमुखीकरण आवश्यकः सांसद ढुंगाना संविधानमा हुने प्रतिगामी संशोधन रोक्न जनस्तरको सजगता आवश्यक: प्रदीप ज्ञवाली
तपाईं के खोज्दै हुनुहुन्छ ?

ललितपुरका यी स्थानमा आज दिनभर काटिँदैछ बिजुली



फाइल फोटो
अ+ अ-

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले ललितपुरका विभिन्न स्थानमा आज बिजुली कटौती गर्ने भएको छ ।

प्राधिकरणले एक सूचना प्रकाशित गरी बिजुलीको खम्बा परिवर्तन गर्ने प्रयोजनका लागि आज बिहान ९:३० देखि ४ बजेसम्म लाइन कटौती हुने जनाएको हो ।

प्राधिकरणका अनुसार पुल्चोक वितरण केन्द्रको पुलचोक फिडरअन्तर्गत पर्ने इटी, महापाल, पाटन दरबार, बङ्गलामुखी, शखमूल, पाटनढोका, म¬ङ्गलबजार, छवाल क्षेत्रमा बिजुली कटौती हुनेछ । बिजुली कटौतीका कारण ग्राहकवर्गमा पर्न गएको असुविधाप्रति प्राधिकरणले क्षमायाचना गरेको छ ।

तोकिएको कार्य समयअगावै सम्पन्न भएको खण्डमा निर्धारित समयसीमाभन्दा पहिल्यै बिजुली आउने समेत सूचनामा उल्लेख छ । रासस




भर्खरै