७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल News Polar भोटेकोशी बाढीले क्षतिग्रस्त पिमलटार–जागाराम झोलुङ्गे पुल पुनः सञ्चालन News Polar भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँदै News Polar रैथाने बाली सङ्कटमा News Polar महामारीजन्य पशुरोग नियन्त्रणका लागि नयाँ कानुनी ढाँचा आवश्यक : मन्त्री चौधरी News Polar अण्डाको मूल्य बढ्यो News Polar प्रमुख प्रतिपक्षका रूपमा कांग्रेस थप जिम्मेवार र परिपक्व बन्नुपर्छ : प्रदीप पौडेल News Polar नाडा र भन्सार विभागबीच रसुवा बाढीबाट अटोमोबाइल क्षेत्रमा परेको क्षतिबारे छलफल News Polar प्रधानमन्त्रीको संयुक्त राष्ट्रसंघ भ्रमणः दलहरूसँग परामर्श र प्रोटोकल पालनामा प्रतिपक्षको असन्तुष्टि News Polar नेतृत्वको वास्तविक महानता पदमा अनन्तसम्म टिकिरहनुमा होइन News Polar पत्रकार महासंघलाई सञ्चारमन्त्रीको कटाक्ष–‘ठेक्का लिएको संस्थाले पत्रकारिता क्षेत्र जोगाइदिएको भए निकै माथि उठिसक्थ्यो’ News Polar भारी वर्षाको जोखिममा सरकारको तयारी : बाढीको अवस्था घण्टा–घण्टामा अपडेट गरिने News Polar असोज ९ देखि तीन दिन भारी वर्षाको सम्भावना, सतर्क रहन प्रधानमन्त्री शाहको आग्रह News Polar भारी वर्षाको पूर्वानुमानपछि प्रधानमन्त्री शाहद्वारा सतर्कता अपनाउन अनुरोध News Polar भन्सार राजस्व संकलन एक खर्ब नाघ्यो, बाँकी लक्ष्यमा विभागको ध्यान News Polar बाढीबाट बच्न पूर्वसतर्कता अपनाउन अपिल News Polar सुदूरपश्चिममा सेनाको हेलिकप्टरसहित विपद् प्रतिकार्य तयारी अवस्थामा

पाँच मुहान थपेर खानेपानी वितरण सहज बनाइयो

पाँच मुहान थपेर खानेपानी वितरण सहज बनाइयो
अ+ अ-

पाँचथर । मुख्य मुहान क्षेत्रमा बाढीपहिरोले क्षति पुर्‍याई खानेपानी अवरुद्ध बनेपछि फिदिम खानेपानी योजनाले पाँच मुहान थपेर खानेपानी वितरण गरेको छ । पाँच मुहानको पानी थपेपछि अब फिदिमका उपभोक्ताले सहजै खानेपानी पाउन थालेका छन् ।

उपभोक्ता समितिले महभिरबाट दुई मुहानको पानी केही समयअघिदेखि वितरण गर्न थालेको हो । साढे पाँच किलोमिटर दूरीबाट रु एक करोड १६ लाखको लागतमा दुई नयाँ मुहानबाट पानी ल्याइएको हो । यस्तै नाम्दु खोलाका दुई नयाँ मुहानबाट साढे सात किमी पाइप लाइन विस्तार गरी खानेपानी ल्याइएको छ । यसैगरी सिस्ने खोलाको मुहानबाट साढे ६ किमी पाइप लाइनमार्फत नयाँ मुहान थप गरिएको छ ।

नयाँ मुहानबाट खानेपानी ल्याउन सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन योजना कार्यालय इलाम र खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय पाँचथरले बजेट तथा पाइप उपलब्ध गराएको समितिका अध्यक्ष प्रकाश गुरुङले जानकारी दिनुभयो । सरकारी कार्यालयका अतिरिक्त सिङ्गापुरमा रहेका यहाँका नागरिकबाट प्राप्त सहयोग, समितिले देउसीभैलोबाट सङ्कलन गरेको रकम, देशविदेशबाट अन्य सहयोगीले पठाएको रकम तथा श्रमदानबाट संरचना निर्माण गरी नयाँ मुहान थप गरिएको हो । रु छ करोड ५१ लाख लागतमा नयाँ मुहान थप गरी सदरमुकाम क्षेत्रका तीन हजार घरधुरीमा खानेपानी वितरण गरिएको अध्यक्ष गुरुङको भनाइ छ ।

पहिरोले फिदिम खानेपानीका मुख्य मुहान तिप्तावा र आप्तावा खोला क्षेत्रका संरचना तथा पाइप लाइनमा क्षति पुर्‍याएको थियो । गत असोज १२ गते आएको बाढीपहिरोले तिप्तावा खोला मुहानमा छ सय ५० मिटर पाइप लाइन, कलेक्सन चेम्बरलगायत संरचनामा क्षति भएको अध्यक्ष गुरुङले जानकारी दिनुभयो । यस्तै, अर्को मुख्य मुहान आप्तावा खोलामा पाँच सय मिटर पाइप लाइन तथा एक सय मिटर लामो ट्रस्ट पुल बगाएपछि यहाँबाट आउने पानी असोजयता अवरुद्ध छ ।

पहिरोले यी मुहानबाट ल्याइएको पाइप लाइन तामाङडाँडा, शेर्माभिर र महभिरका दुई स्थानमा क्षति पुर्‍याएको छ । “रु छ करोडको लागतमा मात्र पुनर्निर्माण सम्पन्न हुने प्राविधिक प्रतिवेदन आएको छ”, अध्यक्ष गुरुङले भन्नुभयो, “समितिबाट आप्तावा मुहानको पानी ल्याउन नसके पनि तिप्तावाबाट पानी ल्याउने प्रयास थालिएको छ ।”

समितिले विभिन्न १४ मुहानबाट पानी ल्याउन थालेको छ । जसमध्ये पाँचवटा नयाँ हुन् । छ वटाबाट मुहानबाट हाल पानी ल्याउन नसकिएको अध्यक्ष गुरुङको भनाइ छ । फिदिम खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले हाल दुई हजार नौ सय ९५ परिवारलाई खानेपानी वितरण गर्दैआएको छ । सत्र लाख लिटर पानी हुँदामात्र सबै धारामा पानी पुग्ने समितिले जनाएको छ । समितिमा १४ जना कर्मचारीले काम गर्दै आएका छन् । समितिले उपभोक्ताका धारामा २४सै घण्टा पानी उपलब्ध गराउने प्रयास भइरहेको जनाएको छ । अहिले विभिन्न क्षेत्रका धारामा फरक–फरक समयमा खानेपानी वितरण गरिँदै आएको छ ।

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय पाँचथरका प्रमुख देवनाथ यादवका अनुसार गत असोज १२ गते आएको बाढीले जिल्लाका एक सयभन्दा बढी खानेपानी योजनामा क्षति पुर्‍याएको छ । त्यसमध्ये फिदिम खानेपानीमा सबैभन्दा बढी क्षति पुगेको छ । “तीन महिनादेखि फिदिम खानेपानीको पुनर्निर्माणका लागि प्रदेश सरकारसँग बजेट माग गरिरहेका छौँ”, उहाँले भन्नुभयो, “तर अहिलेसम्म प्राप्त भएको छैन ।”

समितिका सचिव कमल बाँस्कोटाका अनुसार रानीटार र लुङरुपामा पर्ने मुख्य मुहानबाट एक दशकअघि २७।५ किलोमिटर पाइप लाइनमार्फत खानेपानी ल्याई वितरण थालिएपछि मात्र फिदिममा खानेपानीको समस्या हल भएको थियो । रु १७ करोड १४ लाखमा निर्माण गरिएको उक्त आयोजनाले नगर विकास कोषबाट लिएको रु १२ करोड ऋण तिर्न बाँकी रहेको समितिले जनाएको छ । रासस