१९ मंसिर २०८२, शुक्रबार
,
Latest
भ्रष्टाचार विरुद्ध खबरदारी गर्न सिंहदरबार पुगे जेन—जी प्रतिनिधि प्रधानमन्त्री कार्कीसँग जापानका राजदूतको शिष्टाचार भेट राजा, राजनीतिक दल र जेन–जीबीच त्रिपक्षीय सम्झौता गरियोस्ः राप्रपा प्रवक्ता शाही ईश्वरलक्षित बादलको टिप्पणीः अहिले नेतृत्वका लागि उम्मेदवारी घोषणा गर्दै हिँड्ने कुरा उपयुक्त होइन नवनियुक्त सदस्य सचिव मेहताले गरे पदभार ग्रहण अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता जनकपुर–ढल्केबर सडकखण्डका तीन स्थानमा आकासे पुल निर्माण हुँदै मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम पाँच वर्षमा पनि बनेन सिटीहल
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिटीको सहज जित, क्रिस्टल प्यालेससँग चेल्सीको बराबरी



अ+ अ-

काठमाडौँ । इंगिलस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर सिटीले जित निकालेको छ ।

गएराति भएको खेलमा सिटीले वेस्टहाम युनाइटेडलाई ४-१ गोलले हराएको हो । घरेलु टोलिलाई जित दिलाउन एर्लिङ हालाण्डले दुई तथा फिल फोडेनले एक गोल गरे । एक गोल भने सिटीले उपहारस्वरुप पाएको थियो ।

वेस्टहामका भ्लादिमिर कोउफलले आत्मघाती गोल गरेका हुन् । यस्तै, निकोलस फुल्कवर्गले वेस्टहामका लागि सान्त्वना गोल गरे । सिटी २० खेलबाट ३४ अंकका साथ तालिकाको छैटौं स्थानमा छ । वेस्टहाम २३ अंकका साथ १३ औं स्थानमा छ ।

गएराति नै भएको अर्को खेलमा चेल्सीले क्रिस्टल प्यालेससँग १-१ गोलको बराबरी खेल्दै अंक बाँड्यो । चेल्सीका कोल पाल्मेरले खेलको १४ औं मिनेटमा गोल गर्दै चेल्सीलाई सुरुवाती अग्रता दिलाएका थिए ।

८२ औं मिनेटमा जिन फिलिप्पे मटेटाले गोल गर्दै घरेलु टोलिलाई हारबाट जोगाए ।

बराबरीसँगै २० खेलबाट ३६ अंक जोडेको चेल्सी अंकतालिकाको चौंथो स्थानमा छ । प्यालेस २१ अंकका साथ १५ औं स्थानमा छ ।