२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

सके सहमति नभए पद्धतिबाट नेतृत्व लिनुपर्छ :विजयकुमार गच्छदार



अ+ अ-

विराटनगर : नेपाली कांग्रेसका केन्द्रीय सदस्य विजयकुमार गच्छदारले पार्टीको नेतृत्व सके सहमति नभए पद्धति अपनाएर लिनुपर्ने बताउनुभएको छ ।

कांग्रेस मोरङद्वारा आज आयोजित ‘नेपाली कांग्रेस राष्ट्रिय एकता तथा मेल मिलाप दिवस एवं नेपाली कांग्रेस १०० दिने विशेष अभियान’ समापन समारोहलाई सम्बोधन गर्दै उहाँले नेपाली कांग्रेसलाई बलियो बनाउन कार्यकर्ता गुटउपगुटमा बाँडिन नहुने कुरामा जोड दिनुभयो ।

लोकतन्त्रको सुदृढीकरण तथा संस्थागत विकास गर्न कांग्रेस बलियो हुनुपर्ने धारणा राख्दै उहाँले भन्नुभयो, “नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी(एमाले)बीचको गठबन्धनले निरन्तरता पाउनुपर्छ ।” नेता गच्छदारले मुलुकमा राजनीतिक स्थिरता कायम गरी समृद्धि हासिल गर्न गठबन्धन अपरिहार्य छ भन्दै विपी कोइरालाले अपनाएको राष्ट्रिय एकता र मेल मिलापको नीति अहिले पनि उत्तिकै सान्दर्भिक रहेको बताउनुभयो ।

युगद्रष्टा विपी कोइरालाले आजभन्दा ४८ वर्षअघि लिनुभएको सो नीतिकै आधारमा कांग्रेस र नेकपा (एमाले)ले मिलेर ठूलठूला आन्दोलनलाई सफल पारेको इतिहास स्मरण गर्दै नेता गच्छदारले भन्नुभयो, “विगतमा कांग्रेसको नेतृत्वको सरकारले विकास र समृद्धिको आधार खडा गरेको स्मरण गराउनुभयो ।”रासस