२० पुष २०८१, शनिबार
,
Latest
आजदेखि देशभर एकैसाथ जलपन्छी गणना गरिँदै  भारत भ्रमण सकेर पूर्वराजा ज्ञानेन्द्र शाह स्वदेश फिर्ता हवाई, संस्कृति र पर्यटन नीति बनाउन लागिपरेका छौँः मन्त्री पाण्डे विकास निर्माणमा सहज हुनेगरी काम गरिरहेका छौँः वनमन्त्री शाही ठकुरी यस वर्ष ५९ लाख ५५ हजार मेट्रिक टन धान उत्पादन हुने अनुमान साहित्य राजनीतिक र सामाजिक रुपान्तरणको संवाहक होः पूर्वराष्ट्रपति भण्डारी देशका पूर्वराष्ट्रपतिहरुले सामाजिक परिवर्तनको झण्डा उठाउनुपर्छः महामन्त्री शर्मा समाजवादी विचारधाराको विकासमा माओवादी नेताहरुको जोड राप्रपा नेपालको केन्द्रीय समितीको बैठक शुरु स्वास्थ्य बीमालाई व्यवस्थित बनाउँदैछौँः मन्त्री पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

जब सोनु सुदलाई मुख्यमन्त्री पदको प्रस्ताव गरियो



अ+ अ-

एजेन्सी । बलिउड अभिनेता सोनु सुदले आफूलाई मुख्यमन्त्री र उपमुख्यमन्त्रीको प्रस्ताव आएको खुलासा गरेका छन् ।

तर, उनले त्यसलाई अस्वीकार गरे । उनको अस्वीकारको कारण उनीलाई बिना भेदभाव मानिसहरूलाई मद्दत गर्ने आफ्नो स्वतन्त्रता गुमाउने डर थियो ।

ह्युमन्स अफ बम्बेसँगको कुराकानीमा सोनू सूदले भने–‘मलाई मुख्यमन्त्री पदको प्रस्ताव आएको थियो । मैले अस्वीकार गर्दा उहाँले मलाई उपमुख्यमन्त्री बन्न आग्रह गर्नुभयो । यी देशका धेरै ठूला व्यक्ति थिए, जसले मलाई राज्यसभाको सिट पनि प्रस्ताव गरेका थिए । उहाँले मलाई स्वीकार गर्न भन्नुभयो र राजनीतिमा कुनै पनि कुराको लागि लड्नु पर्दैन । यो एक रोमाञ्चक समय हो जब धेरै शक्तिशाली व्यक्तिहरू तपाईंलाई भेट्न चाहन्छन् र तपाईंलाई संसारमा परिवर्तन गर्न प्रोत्साहन दिन्छन् ।’

सोनु सुदले जनतालाई सहयोग गर्ने आफ्नो स्वतन्त्रता गुम्ने डरले राजनीतिबाट टाढा रहन चाहेको बताए । कसैप्रति जवाफदेही भएको भए अहिलेको जस्तो स्वतन्त्र रूपमा सहयोग गर्न नसक्ने उनको भनाइ छ ।

सोनु सूदले आफू राजनीतिको विरुद्धमा नभएको बताए । उनका धेरै साथीहरू छन् जो राजनीतिज्ञ हुन् र उत्कृष्ट काम गरिरहेका छन् । कलाकारले भविष्यमा आफ्नो मन परिवर्तन हुनसक्ने भन्दै राजनीतिमा लागेर देशलाई सहयोग गर्न चाहेको बताए । तर उनी यसका लागि अझै तयार छैनन् ।