६ पुष २०८२, आईतवार
,
Latest
मधेस प्रदेश सभामुख यादवले लिए शपथ बङ्गलादेशमा हिन्दु युवकको कुटपिट गरी हत्या गरेर शव जलाएको घटनाविरुद्ध जनकपुरधाममा प्रदर्शन रवि लामिछाने–प्रधानमन्त्री भेटवार्ता बालुवाटारमा जेन–जी पुस्ताका मागहरु सम्बोधन नभए निर्वाचन हुन दिँदैनौँः दुर्गा प्रसाईं पूर्वाधार निर्माण गर्दा पर्यावरण संरक्षणलाई ध्यान दिन मुख्यमन्त्री बानियाँको आग्रह अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने खेतखेतमा विद्युत् पुग्नुपर्छः मन्त्री घिसिङ गहना चोरी गरी बिक्री गर्ने दुई जना पक्राउ लुम्बिनी लायन्सको ट्रफी उत्सव र्‍याली घोराहीमा टी-२० विश्वकप: क्यानद्वारा २४ सदस्यीय प्रारम्भिक टोली घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

पावर प्लेमा जनकपुरले बटुलेको रनले नतिजामा फरक पर्यो– सुदूरपश्चिमका प्रशिक्षक टमटा



अ+ अ-

काठमाडौँ । फाइनलमा पराजित भएपछि सुदूरपश्चिम रोयल्सका प्रशिक्षक जगत टमटाले पावर प्लेमा जनकपुर बोल्ट्सले बटुलेको रनले नै खेलको नतिजामा प्रभाव परेको बताएका छन् ।

खेलपछि पत्रकार सम्मेलनमा प्रशिक्षक टमटाले समग्रमा राम्रै क्रिकेट खेले पनि विपक्षीले पावर प्ले जोडेको रनले नै खेलमा प्रभाव परेको उल्लेख गरेका हुन् । साथै उनले आफ्नो टोलीले पहिलो विकेटका लागि राम्रो ब्याटिङ गर्दै राम्रो शुरु गरेअनुरूप १०÷१५ रन कम भएको पनि बताएका छन् ।

विकेट पनि हुँदा राम्रो सुरुआत भए पनि त्यसलाई ठूलो योगफल बनाउन नसकिएको प्रशिक्षक टमटा उल्लेख गरेका छन् । पावर प्लेमा दुई ओभर मेडन हुनु र अन्तिम ओभरतिर राम्रो रन बन्न नसक्नुले खराब पक्ष रहेको उनको बुझाइ छ ।

प्रतियोगिताभर जस्तै फाइनलमा पनि राम्रो क्रिकेट खेले पनि आज आफ्नो टोलीका लागि खराब दिन बनेको प्रशिक्षक जगत बताउँछन् । प्रशिक्षक टमटाले आफूहरूले भन्दा जनकपुरले राम्रो क्रिकेट खेल्दा उपाधिको हकदार बनेको बताएका छन् । घरेलु र उमेर समूहका क्रिकेटरले एनपिएलमा राम्रो क्रिकेट खेलेकाले नेपाली क्रिकेटका लागि यो सुखद पक्ष रहेको उनको बुझाइ छ ।