२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड जातीय विभेद अन्त्यका लागि चेतना र समान व्यवहार आवश्यक छ : नेता आङदेम्बे रोल्पामा बोलेरो जिप दुर्घटना : ३ जनाको मृत्यु जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद प्रतिवद्ध छः सभामुख अर्याल औषधि आपूर्ति सुधारमा मन्त्रालय–विभाग छलफल, विवरण उपलब्ध गराउन निर्देशन भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा सामाजिक चेतनाको अभावले जातीय भेदभाव विरुद्धका कानून कार्यान्वयनमा चुनौतीः महान्यायाधिवक्ता कँडेल नयाँ दिल्लीको एक होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपाधिको लागि सुदूरपश्चिमले जनकपुरलाई दियो १८५ रनको विशाल लक्ष्य



अ+ अ-

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल खेलमा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सलाई उपाधिको लागि १८५ रनको विशाल लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारीत २० ओभरमा ९ विकेट गुमाएर १८४ रन बनायो ।

सुदूरपश्चिमको लागि ओपनर सेफ जैवले अर्धशतकीय ईनिङ खेले । उनले ४३ बलमा ८ चौका र दुई छक्का प्रहार गर्दै ६९ रन बनाए । पहिलो विकेटको लागि जैव र अर्का ओपनर विनोद भण्डारीले ११७ रनको शतकीय साझेदारी गरे । भण्डारीले ३१ बलमा ४१ रन बनाए ।

यस्तै, ब्राण्डन म्याकमुलम र हरमित शिंहले समान १४ रन बनाउँदा स्कट कगजेलिन १३, दिपेन्द्र सिंह ऐरी ८ तथा आरिफ शेख एक रन बनाएर आउट भए ।

जनकपुरको लागि मोहम्मद मोसिनले तीन विकेट लिए । किशोर महतोले तीन विकेट लिँदा ललित राजवंशी र जेम्स निशम एक एक विकेट लिए ।