१ आश्विन २०८३, बिहीबार
,
Latest
सडकमा देखिएका समस्या तथा क्षतिको जानकारी उपलब्ध गराउन ‘सडक सुझाव’ मोबाइल एप सञ्चालनमा कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा पाउँदाको खुसी नेपालले घरेलु मैदानमा बङ्लादेशविरुद्ध ‘सिरिज’ खेल्ने नारायणी लिफ्ट–खगेरी सिँचाइ आयोजना : विद्युत् खर्च ४२ लाखसम्म अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भ्रमणका लागि भारत प्रस्थान झापामा पाँच लाख बढीलाई जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप दिइने अनधिकृत रूपमा डिजेल झिकेको आरोपमा कारबाही भोटे कोशी बाढी : यातायात महासङ्घअन्तर्गतका १९१ सवारीसाधनमा क्षति, ३४४ व्यक्ति बेपत्ता विश्वकर्मा पूजा, वास्तु दिवस मनाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

किशोरीका लागि चार लाख ६० हजार खोप नेपाल आइपुग्यो



अ+ अ-

काठमाडौंँ :

किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सर विरुद्ध लगाइने ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खोप चार लाख ६९ हजार मात्रा नेपाल आइपुगेको छ ।

स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाका अनुसार ग्लोबल एलायन्स’ (गाभी)को सहयोगमा नेपाल आइपुगेको उक्त खोप टेकुस्थित भण्डारण कक्षमा राखिएको र विस्तारै प्रदेशमा पठाइने छ ।

सरकारले किशोरीलाई सानै उमेरबाट नै क्यान्सरबाट जोगाउन आगामी माघ २३ गतेदेखि खोप अभियान संचालन गर्न लागेको छ । १५ दिने अभियानअन्र्तगत कक्षा ६ देखि १० सम्म र विद्यालय बाहिर रहेका १० देखि १४ बर्ष उमेर समूहका १६ लाख ८८ हजार किशोरीलाई खोप लगाइने बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमले बताए । उनका अनुसार १७ लाख ७० हजार मात्रा खोप गाभीले नेपाललाई उपलब्ध गराउने छ ।

नेपालमा हरेक वर्ष पाठेघरको मुखको क्यान्सरबाट प्रत्येक दिन करिब चार जना महिलाको मृत्यु हुने गरेको तथ्याँक छ । पाठेघरको मुखको क्यान्सरको जोखिम बढाउने मुख्य कारण ह्युमन पापिलोमा भाइरस सङ्क्रमण हो । यसबाट बच्न खोप लगाउनुपर्ने हुन्छ ।

ह्युमन पापिलोमा भाइरस सङ्क्रमण कलिलो उमेरमा विवाह गर्ने, कलिलो उमेरमै बच्चा जन्माउने, धेरै बच्चा पाउने, छोटो अन्तरालमा लगातार बच्चा पाउने र धेरै जनासँग यौन सम्बन्ध राख्ने, धेरै धुमपान तथा मद्यपान गर्ने र यौनाङ्गको सरसफाइमा ध्यान नदिनेहरुमा हुने गर्दछ ।

नेपालमा महिलामा देखिने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर सबैभन्दा बढी र त्यसपछि स्तन क्यान्सर रहेको छ ।

यो कस्तो रोग हो ?

संसारमा हरेक वर्ष ५,७०,००० महिलालाई पाठेघरको मुखको क्यान्सर हुन्छ र यो संख्या बृद्धि भएर सन् २०३० सम्ममा ७,००,००० सम्म पुग्ने अनुमान गरिएको छ । त्यसैगरी यो रोगबाट हरेक वर्ष ३,११,००० जना महिलाहरूको मृत्यु हुन्छ र यो संख्या बृद्धि भएर सन् २०३० सम्ममा ४,००,००० पुग्ने अनुमान गरिएको छ । महिलाहरूमा हुने विभिन्न प्रकारका क्यान्सरहरू मध्ये पाठेघरको मुखको क्यान्सर चौथो मुख्य क्यान्सरको रुपमा रहेको देखिएको छघ । विश्व स्वास्थ्य संगठनको सन् २०२० को तथ्यांक अनुसार, संसारका ८८% पाठेघरको मुखको क्यान्सरका विरामीहरू तथा मृत्यु हुने संख्या न्यून र मध्यम आय भएका देशहरूमा दे खिएको छ ।

नेपालमा हरेक वर्ष २,१६९ जना महिलालाई पाठेघरको मुखको क्यान्सर हुन्छ र यसबाट हरेक वर्ष १,३१३ जना (औसतमा प्रत्येक दिन ४ जना) महिलाहरूको मृत्यु हुन्छ भन्ने अनुमान छ । महिलाहरूमा हुने विभिन्न प्रकारका क्यान्सरहरू मध्ये पाठेघरको मुखको क्यान्सर दोस्रो मुख्य कारण रहेको छ र क्यान्सरबाट महिलाको मृत्यु हुने पहिलो मुख्य कारण रहेको छ ।

पाठेघरको मुखको क्यान्सर रोकथाम गर्न सकिने रोग हो । यो रोग विरुद्धको खोप लगाएमा एच.पि.भी. भाइरसको संक्रमण हुनबाट सुरक्षित हुन सकिन्छ । यो खोप प्रारम्भिक किशोरावस्थामा लगाएमा बढी प्रभावकारी हुन्छ । यो खोपको लागि प्रारम्भिक किशोर अवस्था भन्नाले १० देखि १४ वर्षको उमेरलाई बुझाउनेछ ।

पाठेघरको मुखको क्यान्सरको पहिचान शुरुको अवस्थामा नै भयो भने उपचार गरेर निको हुनसक्छ । विश्व स्वास्थ्य संगठनले यो रोगलाई जनस्वास्थ्य समस्याको रुपमा नरहेको अवस्थामा पुर्‍याएर निवारण गर्ने लक्ष्य लिएको छ जसअनुसार यो रोगको नयाँ विरामी प्रति एकलाख महिलाहरूमा प्रति वर्ष ४ भन्दा कम संख्यामा सिमित राख्नु हो ।

[pdf-embedder url=”https://newspolar.com/wp-content/uploads/2024/12/HPV-Guideline-Final-Print-Ready-28-11-24-1.pdf”]