८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

किन वैदेशिक रोजगार बचतपत्र बिक्री भएन ? कहाँ छ समस्या ?

किन वैदेशिक रोजगार बचतपत्र बिक्री भएन ? कहाँ छ समस्या ?
अ अ+ अ-

काठमाडौँ : सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जारी गरेको नागरिक बचतपत्र शतप्रतिशत बिक्री हुन लाग्दा पनि वैदेशिक रोजगार बचतपत्रमा भने अझै लगानीकर्ताको चासो न्यून देखिएको छ ।

गत मङ्सिर १२ गते जारी भएको रू दुई अर्ब बराबरको ‘नागरिक बचतपत्र–२०८६ (क) कार्यालयका सूचना अधिकारी मुकुन्द पोखरेलका अनुसार बुधबारसम्म रू एक अर्ब ९० करोड हाराहारीमा खरिदका लागि आवेदन परिसकेको छ । यही पुस १४ गतेसम्म बिक्री खुला रहेको नागरिक बचतपत्र सो समय अगावै पूर्ण बिक्री भएर बन्द हुने अवस्था देखिएको उहाँको भनाइ छ । “यसअघि न्यून बिक्री हुने नागरिक बचतपत्रमा अहिले लगानीकर्ताको निकै चासो देखियो”, उहाँले भन्नुभयो ।

नागरिक बचतपत्रको उच्च माग देखिएपनि त्यसभन्दा बढी ब्याज पाईने वैदेशिक रोजगार बचतपत्र भने निकै कममात्र बिक्री भएको छ । “वैदेशिक रोजगार बचतपत्रमा करिब रू ८५ लाखको मात्रै आवेदन परेको छ । नागरिकमा वित्तीय साक्षरता र पहुँच कमजोर भएर बचतपत्र बारे जानकारी नहुँदा न्यून बिक्रीको अवस्था आएको हुनसक्छ ।”, सूचना अधिकारी पोखरेल भन्नुहुन्छ ।

कार्यालयले गत मङ्सिर १२ गतेबाट रू दुई अर्ब बराबरको नागरिक बचतपत्र–२०८६ (क) र रू ५० करोड बराबरको वैदेशिक रोजगार बचतपत्र–२०८६ (क) निष्कासन गरेको थियो । यी दुवै पाँच वर्ष अवधिका बचतपत्र हुन् । नागरिक बचतपत्रभन्दा वैदेशिक रोजगार बचतपत्रको ब्याज बढी छ । नागरिक बचतपत्रमा साढे सात र वैदेशिक रोजगार बचतपत्रमा साढे आठ प्रतिशत ब्याज तोकिएको छ ।

पहिलो आवेदन दिनेले पहिले खरिद गर्न पाउने बचतपत्रको ब्याज प्रत्येक छ महिनामा सम्बन्धित खरिदकर्ताको बैंक खातामा सोझै भुक्तानी हुने कार्यालयले जनाएको छ । घटिमा रू १० हजार र बढीमा कूल निष्कासित रकमको सीमामा नबढाई रू १० हजारले भाग गर्दा निःशेष भाग जाने अङ्कमा बचतपत्र खरिद गर्न सकिन्छ । यी दुवै बचतपत्रको बिक्री यही पुस १४ गतेसम्म खुला छ ।

यस्ता बचतपत्रको ब्याजदर बैंकको मुद्दती निक्षेपभन्दा निकै आकर्षक भए पनि यसको महत्व र फाइदाबारे धेरै नागरिकलाई जानकारी छैन । लगानीका लागि धेरैले घरजग्गा, सुनचाँदी, पुँजीबजार र मुद्दती निक्षेपजस्ता क्षेत्रलाई प्राथमिकता दिने गरेका छन् । जबकी लगानीका यी विकल्पभन्दा सहज, सुरक्षित र आकर्षक प्रतिफल मानिने सरकारी उपकरण ‘बचतपत्र’को चर्चा भने अत्यन्त कम छ । बैंकको मुद्दती निक्षेपभन्दा बढी ब्याज दिने बचतपत्र लगानीका लागि उत्कृष्ट विकल्प हो । तर, यसको प्रचार–प्रसारको अभाव, प्रक्रियागत जटिलता, र दोस्रो बजारको सीमित जानकारीका कारण यो उपकरणप्रति लगानीकर्ता आकर्षित हुन सकेको देखिँदैन ।

बचतपत्र पूर्णरूपमा सुरक्षित लगानी हो । किनकि, यसमा सरकारले मूलधनको ‘ग्यारेन्टी’ गरेको हुन्छ । साथै, बचतपत्रको ब्याज रकम हरेक छ महिनामा खरिदकर्ताको बैंक खातामा सिधै जम्मा हुन्छ । यसलाई धितो राखेर बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन सकिन्छ । दोस्रो बजारमा सहजै कारोबार हुने तथा बचतपत्र धारकले जुनसुकै बेला बेच्न चाहेको बखत बैंक तथा वित्तीय संस्थाले किन्नुपर्ने बाध्यात्मक व्यवस्था छ । बचतपत्रलाई तत्काल तरलतामा रूपान्तरण गर्न सकिन्छ । अर्थात् आफुले खरिद गरेको बचतपत्र चाहेको समयमा तत्कालै बेच्न सकिन्छ ।

नेपालमा वित्तीय साक्षरताको कमी नै बचतपत्रप्रति कम आकर्षण हुनुको मुख्य कारण हो । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सञ्चालन गर्ने डोम्स (डिओएमएस) प्रणाली र इन्भेस्टर पोर्टलमार्फत सहजै कारोबार गर्न सकिने भए पनि धेरैजसो नागरिकलाई यी माध्यमको प्रयोगबारे प्रस्ट जानकारी छैन । आम नागरिकले आफ्नो बचतलाई सुरक्षितरूपमा परिचालन गर्न सकिने साधनका रूपमा बचतपत्रलाई बुझ्न सकेका छैनन् । (रासस)