४ भाद्र २०८३, बिहीबार
,
Latest
लालपुर्जा वितरण तीव्र, नापजाँच सकिएको १० वर्षपछि धनुषाको मिथिलामा ३१० परिवारले पाए लालपुर्जा आईजीपीलाई सांसद सुनारको चुनौती : ‘मानमर्दन भएको भए अदालत गएर मुद्दा हाल्नुस्’ ६६० किलो गाँजासहित दुई जना पक्राउ व्यक्तिले दिएको समर्थन दलको हुन सक्दैन : राप्रपा प्रवक्ता श्रेष्ठ नागरिक बचाउ महाअभियानका १२ बुँदे माग : ऋण मिनाहादेखि राजनीतिक मुद्दा खारेजीसम्म बनेपामा एकमहिने ‘गुँला’ पर्व मनाइँदै रास्वपाको ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम आजदेखि आमाको कलेजोले बच्यो पाँच वर्षीया छोरीको जीवन भारतीय सागसब्जीमा कडाइ, बाँकेका किसानका उत्पादनले पायो बजार विधान संशोधनका लागि रास्वपाले बनायो १५ सदस्यीय कार्यदल
तपाईं के खोज्दै हुनुहुन्छ ?

गाजाका ९३ प्रतिशत बैङ्क शाखाहरू ध्वस्त :विश्व बैङ्क



अ+ अ-

गाजा पट्टीमा इजरायली युद्धले १५ महिनाको निरन्तर द्वन्द्व पछि यस क्षेत्रमा सञ्चालित बैंकहरूको करिब ९३ प्रतिशत शाखाहरू नष्ट गरेको विश्व बैङ्कले जनाएको छ ।

जेरुसेलममा वितरण गरिएको एक प्रतिवेदनमा विश्व बैङ्कले युद्धले ८८ प्रतिशत लघुवित्त संस्था, अधिकांश मुद्रा विनिमय सेवा र ८ प्रतिशत बीमा कम्पनीलाई पनि नष्ट गरेको बताएको छ ।

विश्व बैङ्क र प्यालेस्टाइन मौद्रिक प्राधिकरणको लगातार तथ्याङ्क अनुसार गाजा स्ट्रिपमा ९४ वटा एटीएम मध्ये तीन मात्र हाल सञ्चालनमा रहेका प्रतिवेदनमा भनिएको छ ।

गाजाका प्यालेस्टिनीहरूले खाद्यान्न र औषधि लगायतका आधारभूत वस्तुहरू र सेवाहरू तिर्न सङ्घर्ष गरिरहेका छन् । बैकिङ प्रणालीमा अवरोधहरूले निजी क्षेत्रको उत्पादन पुनः सुरु गर्ने र रोजगारीका अवसरहरू सिर्जना गर्ने क्षमतामा बाधा पु¥याइरहेको छ । एजेन्सी