११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

श्रमिकको स्वास्थ्य परीक्षण सुधारका लागि सरकारको सक्रियता

श्रमिकको स्वास्थ्य परीक्षण सुधारका लागि सरकारको सक्रियता
अ अ+ अ-

काठमाडौँ । वेदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य प्ररीक्षण कार्यको सुधारको लागि गठिक अध्ययन कार्यदलको प्रतिवेदन कार्यान्वयनका लागि सरकारले सक्रियता देखाएको छ ।

वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षणमा चलखेल हुने र राम्रो परीक्षण नहुँदा विदेश पुगेर श्रमिक पीडित हुनुपर्ने अवस्थाको अन्त गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गत भदौमा अध्ययन कार्यदल गठन गरेको थियो । कार्यदलले बुझाएको प्रतिवेदनमा रहेका महत्वपूर्ण सुझावहरुको आधारमा विदेशमा जाने कामदारको स्वास्थ्य परीक्षणलाई अझै प्रभावकारी बनाउन तत्काललिन र दीर्घकालिन समाधान निकाल्ने काम शुरु भएको मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाले बताउनु भयो । बुधवार सिंहदरबारमा मन्त्रालयले कार्यदलका सदस्यहरुसँगको अन्तरक्रियासहितको पत्रकार सम्मेलनमा बोल्दै मन्त्रलयका सचिव निरौलाले प्रतिवेदनमा रहेका नीतिगत तथा कानूनी सुझावहरु कार्यान्वयनको बाटोमा जाने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘ कार्यदलबाट आएका सुझावमा रहेका विविधताहरुलाई हटाई यसमा रहेका यसमा रहेका महत्वपूर्ण सुझवहरुदलाई कार्यान्वयन गर्छौं । कार्यदलले प्रतिवेदन मन्त्रालयमा बुझाईसकेको छ । यसमा रहेका नीतिगत तथा कानूनी सुझावहरु कार्यान्वयनको बाटोमा जानेछ । हामी यसलाई दुई खण्डमा पारेर तत्कालीन र दिर्घकालीन नीति बनाउन अगाडि बढिसेका छौं ।’

अध्ययन कार्यदलले नेपाल र श्रम गर्न जानेदेशबीच समन्वय र सहकार्य गरेर स्वास्थ्य चाँच सम्बन्धी मापदण्ड बनाउन सुझाव दिएको छ । कार्यदलको प्रतिवेदनमा नेपालमा मेडिकल फिट भएर गइसकेपछि गन्तव्य देशले वर्षमा कम्तिमा एक पटक कामदारको स्वास्थ्य परीक्षण गर्ने व्यवस्थालाई सुनिश्चित गर्नुपर्ने गरि काम गर्न सुझाव दिएको छ ।

त्यस्तै, श्रमिक कुन पेसा वा व्यवसायका लागि रोजगामा जाने हो सो अनुसार स्वास्थ्य प्रतिवेदनको व्यवस्थापन गर्न मापदण्ड बनाउने, सबैलाई पेशाको आधारमा स्वास्थ्य परिक्षण गरि प्रतिवेदन दिनुपर्ने, कामदारको सुरक्षाको लागि विदेश जानुअघि नेपाल सरकार र गन्तव्य देशको सरकारले व्यहोर्नुपर्ने स्वास्थ्य सेवासम्बन्धी जिम्मेवारी, जवाफदेहिता, समय सीमा, खर्च प्रस्ट रुपमा उल्लेख भएको हुनुपर्ने, महिला श्रमिकको पाठेघरको मुखको क्यान्सरको राष्ट्रिय परीक्षण निर्देशिकाअनुसार स्क्रिनिङको व्यवस्था गर्ने, वेदेशिक रोजगारीमा जानेहरुको सबैको मृत्युको कारणलाई पुष्टि गरी प्रतिवेदन दिनुपर्ने व्यवस्थाको सुनिश्चिता गर्ने वैदेशिक रोजगारीमा जानेहरुको मापदण्ड अनुसार स्वास्थ्य परीक्षण गर्दाको सेवा शुल्कमा एकरुपता कायम हुने व्यवस्था गर्ने लगायतका सुझावहरु पेश गरको छ ।

अध्ययन कार्यदलले कामदारको स्वास्थ्य परीक्षणको भुक्तानी प्रक्रिया अनलाइनबाट मात्र हुने व्यवस्था गर्न सुझाव दिएको छ ।