९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेनले केहीबेरमा सम्बोधन गर्दै News Polar प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ

जापानको होन्डा र निसानबीच मर्जरका लागि प्रारम्भिक वार्ता

जापानको होन्डा र निसानबीच मर्जरका लागि प्रारम्भिक वार्ता
Markham, Ontario, Canada - April 22, 2018: Honda Canada Inc. head office in Markham, ontario, Canada. Honda Canada Inc. is the Canadian division of the Honda Motor Company.
अ अ+ अ-

जापानको अटो कम्पनी होन्डा र निसानबीच एकीकरण (मर्जर) का लागि प्रारम्भिक छलफल शुरू भएको छ ।

यो सम्झौताले टेस्ला र अन्य विद्युतीय सवारी साधन निर्माता कम्पनी निक्केई, फाइनान्सियल टाइम्स र अन्यसँग प्रतिस्पर्धा गर्न मद्दत पुग्ने बताइएको छ ।

यी दुई कम्पनीबीच गत मार्चमा विद्युतीय सवारी साधनमा रणनीतिक साझेदारी गर्न सहमति भएको विश्लेषकहरूले बताएका छन् ।

होन्डाका एक प्रवक्ताले बुधबार भन्नुभयो, “सम्भावित एकीकरणको सम्भावनाबारे छलफल भइरहेको छ ।”

“हामी भविष्यमा होन्डा र निसानबीच सहयोगका लागि सम्भावनाहरूबारे छलफल गरिरहेका छौँ तर केही निर्णय गरिएको छैन,” प्रवक्ताले एएफपीसँग भन्नुभयो ।

निशानले भनेको छ, “यस वर्षको मार्चमा घोषणा गरिएअनुसार होन्डा र निसानले भविष्यमा सहकार्यका लागि विभिन्न सम्भावनाको खोजी गरिरहेका छन् ।”

निशानले भनेको छ, “यदि कुनै अद्यावधिकहरू भएमा हामी उपयुक्त समयमा हाम्रा सरोकारवालाहरूलाई सूचित गर्नेछौँ ।”

विशेष गरी निशानले गत महिना नौ हजार रोजगारी कटौतीको घोषणा गरेको थियो र यसको वार्षिक बिक्री पूर्वानुमान घटाएको थियो ।

प्रारम्भिक छलफल शुरू भएको घोषणाले बुधबारको सुरुवाती कारोबारमा निशानको सेयर मूल्य २० प्रतिशतभन्दा बढीले बढेको थियो भने होन्डाको शेयर एक प्रतिशतभन्दा बढीले घटेको थियो । मित्सुबिशी मोटर्सको शेयर मूल्य १४ प्रतिशतले बढेको छ ।