१२ भाद्र २०८३, शुक्रबार
,
Latest
कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो बाढीपीडितका लागि एडिबीले ५० लाख अमेरिकी डलर अनुदान दिने भोटेकोशी बाढीः पोखरामा तीन शव पहिचान, एउटा आफन्तलाई बुझाइयो उद्योग परिसङ्द्वारा पाँच करोड २९ लाख बाढीपीडितका लागि सहयोग लागुऔषधसहित एक जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुर्गा प्रसाईंसहित २४ घण्टाभित्र लिखित जवाफ लिएर उपस्थित हुन सर्वोच्चको आदेश



अ+ अ-

काठमाडौं । सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरण मुद्दामा बन्दीसहित २४ घण्टाभित्र लिखित जवाफसहित उपस्थित गराउन आदेश गरेको छ ।

न्यायाधीश सुनीलकुमार पोखरेलको इजलासले आज उक्त आदेश जारी गर्दै महान्यायाधिवक्ताको कार्यालयमार्फत उपस्थित हुनु भनेको हो । आदेशमा भनिएको छ, “यसमा के कसो भएको हो रु निवेदकको मागबमोजिमको आदेश किन जारी हुन नपर्ने हो रु आदेश जारी हुन नपर्ने भए सोको आधार र कारणसहित विपक्षी नं १ र २ हकमा २४ ९चौबिस० घण्टाभित्र बन्दीसहित महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफसाथ उपस्थित हुन तथा अन्य विपक्षीहरुको हकमा समेत २४ ९चौबिस० घण्टाभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेस गर्नु ।”

प्रसाईंका छोरा निराजन प्रसाईंले बन्दी प्रत्यक्षीकरणको निवेदन सर्वोच्च अदालतमा दर्ता गराउनुभएको थियोे । सोही मुद्दाको सुनुवाइपछि उक्त आदेश भएको हो । रासस