२२ आश्विन २०८३, बिहीबार Thursday, October 8, 2026
२२ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar घरायसी विवादमा श्रीमतीलाई कुटपिट गरेका श्रीमान् पक्राउ News Polar हुरीले गुल्मीको ठूलोलुम्पेकका ८० टनेलमा क्षति, आठ लाखभन्दा बढीको गोलभेँडा नष्ट News Polar राज्यले ऋण तिर्न ऋण लिँदै, आन्तरिक ऋणको ठूलो हिस्सा साँवा भुक्तानीमै खर्च News Polar बागलुङकाे ताराखोलामा पहिरोमा ज्यान गुमाएका तीन परिवारलाई एक–एक लाख राहत News Polar वार्षिक प्रतिवेदन कोशी प्रदेशसभामा पेस गर्ने निर्णय News Polar ५५ दिनसम्म पनि बजेट नल्याएको भन्दै सुदूरपश्चिम सरकारप्रति कांग्रेसको आपत्ति News Polar राज्य, निजी क्षेत्र र समग्र समाजको साझा राष्ट्रिय संकल्पबाट मात्र समृद्ध नेपाल निर्माण सम्भव हुन्छ : राष्ट्रपति पौडेल News Polar माछापुच्छ्रे बैंकलाई दुई प्रतिष्ठित अन्तर्राष्ट्रिय बैंकिङ पुरस्कार News Polar सुनको मूल्य बढ्यो, चाँदीको घट्यो News Polar विपद्पछि पुनर्स्थापना र पुनर्निर्माणलाई प्राथमिकता दिन मुख्यमन्त्री थापाको निर्देशन News Polar साउदी अरबद्वारा नेपाललाई मानवीय सहायता सामग्री हस्तान्तरण News Polar परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्रीबीच भेटवार्ता News Polar निधीले भने– ‘विशेष महाधिवेशनले कांग्रेसलाई विभाजित गर्‍यो, अब नयाँ घर निर्माण गर्नुपर्छ’ News Polar पोखरा–जोमसोम हवाई उडानमा यात्रुको चाप उच्च News Polar डिजिटल माध्यमबाट विद्युत महसुल तिर्न मन्त्री श्रेष्ठको अपिल News Polar कांग्रेसको मतदान दिउँसो १ बजेदेखि, अहिलेदेखि लाइनमा नबस्न निर्वाचन समितिको आग्रह News Polar चाडबाड नजिकिँदै अनलाइन ठगी बढ्यो, पोखरामा एकै व्यक्तिबाट ४ लाख ४२ हजार असुली News Polar बलिउड अभिनेता नाना पाटेकरको निधन News Polar शरद् ऋतुः ३१ हिमाल आरोहणका लागि ७० देशका ७८८ आरोहीलाई अनुमति News Polar कांग्रेस महाधिवेशन : नयाँ नेतृत्व चयन गर्न मतदान दिउँसो १ बजेदेखि

खाद्यपदार्थको गुणस्तरमा सरकारद्वार नयाँ मापदण्ड निर्माण

खाद्यपदार्थको गुणस्तरमा सरकारद्वार नयाँ मापदण्ड निर्माण
अ अ+ अ-

काठमाडौँ । पुष्टकारी, गुँदपाक, चिउरा र दालमोठ भुजियाको गुणस्तरसम्बन्धी मापदण्ड तय भएको छ । कृषि, पशुपन्छी विकास मन्त्रालयले हालै तय गरेका मापदण्ड मन्त्रिपरिषद्बाट पारित भई कार्यान्वयनमा आइसकेका छन् । उक्त मापदण्डमा ती खाद्यवस्तुको उत्पादनदेखि प्याकेजिङ तथा लेबलिङसम्म गर्दा खाद्य नियमावली २०२७ ले तोकेबमोजिम हुनुपर्ने उल्लेख छ । सरकारले तोकेको मापदण्ड अनुसार उत्पादन नभएको पाइए बढीमा पचास हजार जरिवाना वा पाँच वर्षसम्म कैद सजाय वा दुवै कारबाही गर्न सकिने व्यवस्था छ । सो मापदण्डमा यी खाद्यवस्तु उपभोगका लागि प्याक गरिएका सबै वस्तु पर्छन् ।

पुष्टकारी
स्वीकृत मापदण्ड अनुसार पुष्टकारी नेपालको परम्परागत दुग्धजन्य प्रशोधित हुनुपर्छ । पुष्टकारीको रङ खैरो हुनुपर्ने, घिउको वास्नायुक्त खाँदा कडापना र स्वादिलो हुनुपर्नेछ । यसमा कुनै पनि वनस्पतिजन्य घिउ, तेल प्रयोग गर्न पाइँदैन । यसका साथै अस्वाभाविक गन्ध, स्वाद, वास्नारहित हुनुपर्नेछ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले कार्यान्वयनमा ल्याएको पुष्टकारीसम्बन्धी मापदण्डमा एक पटक उत्पादन भइसकेकोे दुग्धजन्य वा अन्य प्रकारका मिठाई पुनः प्रयोग गरी पुष्टकारी बनाउन नपाइने जनाएको छ । पुष्टकारीलाई सफा र सुक्खा खाद्य ग्रेडको प्याकजिङ सामग्रीमा सिलबन्दी गरी प्याक गर्नु पर्नेछ ।

गुँदपाक
गुँदपाक खैरो रङमा शुद्ध घिउको वास्नादार र खाँदा नरम स्वादिलो हुनुपर्नेछ । यसमा कुनै पनि वनस्पतिजन्य घिउ, तेल प्रयोग गर्न पाइँदैन । यसका साथै अस्वाभाविक गन्ध र स्वादरहित हुनुपर्नेछ । एकपटक उत्पादन भइसकेकोे दुग्धजन्य वा अन्य प्रकारका मिठाई पुनः प्रयोग गरी गुँदपाक बनाउन पाइने छैन । गुँदपाकको उतपादन प्रशोधन, प्याकेजिङ, ह्यान्डलिङ भण्डारण तथा ढुवानी गर्दा स्वच्छतासम्बन्धी अन्य मापदण्ड सरकारले तोकेअनुसार हुनुपर्छ ।

चिउरा
चिउरा सफा धानबाट बनाइनुपर्ने, फोहोर, अन्य गन्ध एवं ढुसी, कीरा नभएको र कीराको निष्काशित पदार्थरहित हुनुपर्दछ । यसमा कुनै पनि बाह रङ प्रयोग गर्न पाइँदैन । स्वाभाविक स्वाद वा वास्ना भएको चिउराको उत्पादन प्रशोधन, प्याकेजिङ ह्यान्डलिङ भण्डारण तथा ढुवानीमा स्वच्छतासम्बन्धी मापदण्ड सरकारले तोकेअनुसार हुनुपर्छ । चिउरा सफा सुक्खा खाद्य ग्रेडको प्याकेजिङ मटेरियलमा सिलबन्दी गरी प्याक गर्नुपर्छ र लेबलमा खाद्य नियमावलीले तोकेबमोजिम हुनुपर्नेछ ।

दालमोठ र भुजिया
स्वीकृत मापदण्ड अनुसार दालमोठ, भुजिया वा मिक्स चालमोठ रङ, आकार, स्वाद वास्ना एक प्रकारका नभए पनि सबै दलहनबाट बनाइनुपर्छ । यसमा शुद्ध घिउ वा तेल प्रयोग गरिनुपर्छ । यसमा प्राकृतिक रङबाहेक अन्य रङ प्रयोग गर्न पाइने छैन । दालमोठ तथा भुजिया स्वाभाविक स्वाद वा वास्ना भएको र खाँदा झुरुम झुरुम हुनुपर्छ । यिनीहरूको उत्पादन प्रशोधन, प्याकेजिङ ह्याान्डलिङ भण्डारण तथा ढुवानीमा स्वच्छतासम्बन्धी मापदण्ड सरकारले तोकेअनुसार हुनुपर्छ । साथै यी खाद्यवस्तु सफा सुक्खा, खाद्य ग्रेडको प्याकेजिङ मेटेरियलमा सिलबन्दी गरी प्याक गर्नुपर्छ र लेबलमा खाद्य नियमावलीले तोकेबमोजिम हुनुपर्नेछ ।

अनुगमन गरी नमुना सङ्कलन गरिने
खाद्य, प्रविधि तथा गुणनियन्त्रण विभागका निर्देशक एवं प्रवक्ता मोहनकृष्ण श्रेष्ठले सरकारले लागू गरेको गुणस्तरसम्बन्धी मापदण्ड बजारमा बिक्रीका लागि तयार गरिएका सबै पुष्टकारी, चिउरा, गुँदपाक, दालमोठलगायतमा लागू हुने जानकारी दिए । उनले गुणस्तर मापदण्ड लागू भइसकेका खाद्यवस्तुको अनुगमन गरी नमुना सङ्कलन गरिने र सङ्कलन गरिएका नमुना सरकारले तोकेको मापदण्ड नभए कारबाही प्रक्रिया सुरु गरिने जानकारी दिए । नजिकिँदै गरेका चाडपर्वमा यी खाद्यवस्तु बढी खपत हुने भएकाले यसको गुणस्तर कार्यान्वयन भए वा नभएको बारे बुझ्न अनुगमन गरेर नमुना सङ्कलन गरेर गुणस्तर परीक्षण गरिने प्रवक्ता महर्जनले जानकारी दिए ।

मापदण्डविपरीत यी खाद्यवस्तु उत्पादन गरी बजार पठाएको पाइएमा दर्ता नवीकरण खारेजीदेखि पाँच वर्ष कैद, वा ५० हजार रुपियाँ जरिवाना वा दुवै सजाय गर्न सकिने उनको भनाइ छ ।
खाद्य ऐन २०२३ र खाद्य नियमावली २०२७ धेरै पुरानो भएकाले कारबाही र जरिवाना थोरै वा समय सान्दर्भिक नभएको धेरै गुनासो आएको र उक्त व्यवस्था संशोधन गर्ने प्रक्रियामा रहेको जानकारी दिए । उक्त कानुन बनेपछि भने जरिवाना र कैद सजाय १० गुणासम्म बढी गर्न सकिने व्यवस्थाको प्रस्ताव गरिएको छ । गोरखापत्र दैनिक