२२ आश्विन २०८३, बिहीबार Thursday, October 8, 2026
२२ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar घरायसी विवादमा श्रीमतीलाई कुटपिट गरेका श्रीमान् पक्राउ News Polar हुरीले गुल्मीको ठूलोलुम्पेकका ८० टनेलमा क्षति, आठ लाखभन्दा बढीको गोलभेँडा नष्ट News Polar राज्यले ऋण तिर्न ऋण लिँदै, आन्तरिक ऋणको ठूलो हिस्सा साँवा भुक्तानीमै खर्च News Polar बागलुङकाे ताराखोलामा पहिरोमा ज्यान गुमाएका तीन परिवारलाई एक–एक लाख राहत News Polar वार्षिक प्रतिवेदन कोशी प्रदेशसभामा पेस गर्ने निर्णय News Polar ५५ दिनसम्म पनि बजेट नल्याएको भन्दै सुदूरपश्चिम सरकारप्रति कांग्रेसको आपत्ति News Polar राज्य, निजी क्षेत्र र समग्र समाजको साझा राष्ट्रिय संकल्पबाट मात्र समृद्ध नेपाल निर्माण सम्भव हुन्छ : राष्ट्रपति पौडेल News Polar माछापुच्छ्रे बैंकलाई दुई प्रतिष्ठित अन्तर्राष्ट्रिय बैंकिङ पुरस्कार News Polar सुनको मूल्य बढ्यो, चाँदीको घट्यो News Polar विपद्पछि पुनर्स्थापना र पुनर्निर्माणलाई प्राथमिकता दिन मुख्यमन्त्री थापाको निर्देशन News Polar साउदी अरबद्वारा नेपाललाई मानवीय सहायता सामग्री हस्तान्तरण News Polar परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्रीबीच भेटवार्ता News Polar निधीले भने– ‘विशेष महाधिवेशनले कांग्रेसलाई विभाजित गर्‍यो, अब नयाँ घर निर्माण गर्नुपर्छ’ News Polar पोखरा–जोमसोम हवाई उडानमा यात्रुको चाप उच्च News Polar डिजिटल माध्यमबाट विद्युत महसुल तिर्न मन्त्री श्रेष्ठको अपिल News Polar कांग्रेसको मतदान दिउँसो १ बजेदेखि, अहिलेदेखि लाइनमा नबस्न निर्वाचन समितिको आग्रह News Polar चाडबाड नजिकिँदै अनलाइन ठगी बढ्यो, पोखरामा एकै व्यक्तिबाट ४ लाख ४२ हजार असुली News Polar बलिउड अभिनेता नाना पाटेकरको निधन News Polar शरद् ऋतुः ३१ हिमाल आरोहणका लागि ७० देशका ७८८ आरोहीलाई अनुमति News Polar कांग्रेस महाधिवेशन : नयाँ नेतृत्व चयन गर्न मतदान दिउँसो १ बजेदेखि

नोबेल अस्पतालमा दुई कोरोना संक्रमितको मृत्यु

नोबेल अस्पतालमा दुई कोरोना संक्रमितको मृत्यु
सांकेतिक तस्बिर
अ अ+ अ-

विराटनगर । विराटनगरको नोबेल शिक्षण अस्पतालमा उपचाररत कोरोना भाइरस संक्रमित दुई पुरुषको मृत्यु भएको छ। मोरङको रंगेली एक वृद्ध  र धरानका एक जना पुरुष मृत्यु भएको अस्पताल प्रबन्धक नारायण दाहालले जानकारी दिए। उनका अनुसार धरान उपमहानगरपालिका–१२ का ४५ वर्षीय कोरोना संक्रमित पुरुषको उपचारका क्रममा शुक्रबार बिहान ७ बजे मृत्यु भएको हो। श्वास फेर्न गाह्रो हुने र फोक्सोमा संक्रमणको समस्या रहेका पुरुषलाई असोज १७ गते उपचारका लागि भर्ना गरिएको थियो। त्यही दिन राति कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएपछि उनलाई १८ गते बिहान आइसोलेसनमा भर्ना गरेर उपचार थालिएको थियो। पछिल्लो समय श्वासप्रश्वास र फोक्सोमा समस्या देखिए पनि पुरुषमा कुनै दीर्घ रोग रहेको जानकारी नभएको चिकित्सकलाई उद्रित गर्दै दाहालले बताए। 

त्यस्तै मोरङको रंगेली नगरपालिका–४ का ७२ वर्षीय संक्रमित वृद्धको उपचारका क्रममा आइसोलेसनमै बिहीबार राति ९ः३० बजेतिर मृत्यु भएको जानकारी उनले दिए। वृद्धलाई उपचारका लागि बुधबार बिहान अस्पताल ल्याइएको थियो। दाहालका अनुसार श्वासप्रश्वासमा समस्या भएको भन्दै गम्भीर अवस्थामा ल्याइएका वृद्धलाई तत्काल आईसीयूमा भर्ना गरेर उपचार थाल्दै पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको थियो। 

नोबेलकै प्रयोगशालाबाट बुधबार राति रिपोर्ट पोजेटिभ आएपछि उपचारका लागि आईसोलेसनमा भर्ना गरिएको प्रबन्धक दाहालले बताए। मृतकमा थाइराइड र फोक्सो सम्बन्धी पुरानै समस्या रहेको चिकित्सकलाई उद्रित गर्दै उनले जानकारी दिए। मृतक दुवै जनाको शवको व्यवस्थापन नियम अनुसार हुने उनले बताए। अन्नपुर्णपोष्ट दैनिक