२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

ला लिगाः बेटिससँग बराबरीमा रोकियो बार्सिलोना, जिरोनामाथि रियल मड्रिडको सहज जित



अ+ अ-

काठमाडौँ । स्पेनिस फुटबल लिग ला लिगामा बार्सिलोनाले बराबरी खेलेको छ । गएराति भएको खेलमा बार्सिलोनाले रियल बेटिससँग २–२ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।

बार्सिलोनाका लागि खेलको ३९ औं मिनेटमा रोबर्ट लेवान्डोस्कीले तथा ८२ औं मिनेटमा फेरान टोरेसले गोल गरे ।

घरेलु टोलि बेटिसका लागि जिओभानी लो सेल्सोले ६८ औं मिनेटमा (पेनाल्टी) तथा खेल सकिनै लाग्दा इन्जुरी समयमा असाने डियाओले गोल गरे ।

बराबरी खेलेपनि बार्सिलोना १७ खेलबाट ३८ अंकका साथ शीर्षस्थानमा यथावत छ । बेटिस २१ अंकका साथ ११ औं स्थानमा छ ।

यस्तै, अर्को खेलमा रियल मड्रिडले जिरोनालाई ३–० गोलले पराजित गरेको छ । रियललाई जित दिलाउन जुड बेलिङहम, आर्दा गुलेर र किलियन एमबाप्पेले गोल गरे ।

जितसँगै रियलले शीर्षस्थानको बार्सिलोनासँग अंकदुरी घटाएको छ । दोस्रो स्थानको रियलको १६ खेलबाट ३६ अंक छ । जिरोना २२ अंकका साथ आठौं स्थानमा छ ।