१९ मंसिर २०८२, शुक्रबार
,
Latest
ओली देउवा निवासमा पुगे, जेनजी आन्दोलनपछि पहिलो भेट लुम्बिनीविरुद्ध जनकपुर टस जितेर ब्याटिङमा एनपीएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? २३ औँ भारत–रूस वार्षिक सम्मेलन शुरु भ्रष्टाचार विरुद्ध खबरदारी गर्न सिंहदरबार पुगे जेन—जी प्रतिनिधि प्रधानमन्त्री कार्कीसँग जापानका राजदूतको शिष्टाचार भेट राजा, राजनीतिक दल र जेन–जीबीच त्रिपक्षीय सम्झौता गरियोस्ः राप्रपा प्रवक्ता शाही ईश्वरलक्षित बादलको टिप्पणीः अहिले नेतृत्वका लागि उम्मेदवारी घोषणा गर्दै हिँड्ने कुरा उपयुक्त होइन नवनियुक्त सदस्य सचिव मेहताले गरे पदभार ग्रहण अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्रिस्टल प्यालेससँग बराबरीमा रोकियो म्यान्चेस्टर सिटी



अ+ अ-

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर सिटीले बराबरी खेलेको छ ।

गएराति भएको खेलमा सिटीले क्रिस्टल प्यालेससँग २–२ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।

खेलको चौंथो मिनेटमा नै घरेलु टोलिले ड्यानियल मुनोजको गोलबाट अग्रता लिएको थियो । ३० औं मिनेटमा एर्लिङ हालाण्डले गोल गर्दै सिटीलाई १–१ को बराबरीमा ल्याए ।

५६ औं मिनेटमा म्याक्सेन्स लाक्रोइक्सले गोल गर्दै प्यालेसलाई २–१ ले अघि बढाए । ६८ औं मिनेटमा रिको लेविसले गोल गर्दै सिटीलाई २–२ को बराबरीमा ल्याए ।

त्यसपछि दुबै टोलिबाट थप गोल हुन सकेन र खेल बराबरीमा टुंगियो । लेविस ८४ औं मिनेटमा रातो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए ।

बराबरीसँगै सिटी १५ खेलबाट २७ अंकका साथ तालिकाको चौंथो स्थानमा रहेको छ भने प्यालेस १३ अंकका साथ १६ औं स्थानमा छ ।