१३ भाद्र २०८३, शनिबार Saturday, August 29, 2026
१३ भाद्र २०८३, शनिबार
ताजा खबर
News Polar बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता News Polar सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले News Polar भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार News Polar कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने News Polar भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग News Polar तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला News Polar परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता News Polar स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन News Polar नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु News Polar राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता News Polar चार दिनपछि रसुवाको टिमुरेमा सात वर्षीया बालिकाको जीवितै उद्धार News Polar बाढी प्रभावित क्षेत्रमा खोजी र शव व्यवस्थापन चुनौतीपूर्णः ‘रेफ्रिजरेटर कन्टेनर’ र विशेष उपकरण अभावः नेपाल प्रहरी News Polar बाढी–पहिरोपछि शव व्यवस्थापन र महामारी नियन्त्रणमा सरकार केन्द्रित, नयाँ निर्देशिका स्वीकृत News Polar रसुवा घटना ‘विनाशको लीला’ हो, दुःखद् छः माधव नेपाल News Polar कम्युनिस्ट पार्टीले सत्ताभन्दा जनजीविका र वैचारिक संघर्षलाई प्राथमिकता दिनुपर्छः नेता यादव News Polar परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ बीच टेलिफोन वार्ता News Polar भोटेकोशी बाढीपीडितको उद्धार तथा राहतमा जुट्न एएनओको अपिल News Polar बैधानिक कार्यसमितिले गराउने अधिवेशन तथा महाधिवेशनको तयारीमा जुट्न शशांकको अपील News Polar नौ जलविद्युत् आयोजनाबाट ५३७ जना सम्पर्कविहीन News Polar गोरखामा भेटिएका २९ शवको अन्त्येष्टि गरियो

राज्यका सबै संयन्त्र लागेमात्रै भैरहवा विमानस्थल दीर्घकालिन रुपमा सञ्चालनमा आउँछः महानिर्देशक अधिकारी

राज्यका सबै संयन्त्र लागेमात्रै भैरहवा विमानस्थल दीर्घकालिन रुपमा सञ्चालनमा आउँछः महानिर्देशक अधिकारी
अ+ अ-

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल दीर्घकालिन रुपमा सञ्चालन गर्न राज्यका सबै संयन्त्र लाग्नुपर्ने बताउनुभएको छ ।

बिहीवार लुम्बीनीमा भएको लुम्बीनीमा ‘लगानीः अवसर र चुनौति’ विषयक कार्यशाला गोष्ठीमा बोल्दै महानिर्देशक अधिकारीले यस्तो बताउनुभएको हो ।

उहाँले गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल दीर्घकालिन रुपमा सञ्चालन गर्न नागरिक उड्डयन प्राधिकरण मात्रैको पहलले सम्भव नभएको बताउनु भयो । उहाँले त्यसको लागि राज्यका सम्पूर्ण संयन्त्रहरुको पनि साथ र सहयोग आवश्यक रहेको बताउनु भयो । महानिर्देशक अधिकारीले सरकारले सबैभन्दा पहिला हवाई ट्राफिक व्यवस्थापनको लागि भैरहवा,पोखरामा उडान गर्नुपर्ने नीति बनाउन आवश्यक रहेको बताउनु भयो । उहाँले सरकारले श्रमिक उडान भैरहवाबाट गर्ने भनेपछि सबै म्यानपावरहरु भैरहवा जाने वातावरण बन्ने बताउनु भयो । उहाँले हवाई ट्राफिकलाई भैरहवा उडान अनिवार्य नगरेसम्म भैरहवा विमानस्थलको दीर्घकालिन उडानको कल्पना गर्न नसकिने बताउनु भयो ।

उहाँले हवाई उडान व्यवस्थापनमा सबै मिलेर नियमन गर्न आवश्यक रहेको भन्दै यो विषयमा सरकारले ध्यान दिनुपर्नेमा जोड दिनुभयो । उहाँले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल चीन सरकारले बनाएकाले सरकारले विमानस्थल सञ्चालनको लागि चीनले काठमाडौंमा गर्दै आएको उडानको २५ प्रतिशत उडान पोखरा गर्न आग्रह गर्नुपर्ने बताउनु भयो । उहाँले नेपाल र हिमालय एयरलाइन्सलाई पनि हरेक विमानस्थलमा एक–एक उडान गर्नुपर्ने मापदण्ड सरकारले बनाउनु जरुरी रहेको बताउनु भयो । उहाँले सरकारले हवाई उडानलाई नियमन गर्दा तीन वटै विमानस्थल चल्न सक्ने बताउनु भयो । उहाँले अहिले डण्डा लगाएर भैरहवा विमानस्थलमा उडान पठाएको दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो,‘सरकारले श्रमिक उडान भैरहवाबाट गर्ने भनेपछि सबै म्यानपावरहरु भैरहवा आउँछन् । हवाई ट्राफिकलाई सेक्रिग्रेट नगरेसम्म आजको दिनसम्म भैरहवा विमानस्थलको दीर्घकालिन उडानको कल्पना गर्न पनि सकिँदैन । ५० लाख पर्यटक ल्याउने प्रतिवद्धता हुनुपर्छ । सबै मिलेर रेगुलेट गरौं । यो कुरामा सरकारले पनि ध्यान दिनुपर्छ । हामीले पनि यो कुरामा पहल गर्नुपर्छ । क्यान अन्तरर्गत रहेको हुनाले भैरहवा र काठमाडौं विमानस्थलले कमाएको रकम पनि केन्द्रिय ट्रेजरीमा जान्छ । क्यानलाई पनि केही फरक पर्दैन । पोखरा चीनले बनाएको हो । सञ्चालनको लागि चीनले काठमाडौंमा गर्दै आएको उडानको २५ प्रतिशत उडान पोखरा गर्न आग्रह गरौं । नेपाल र हिमालयलाई पनि हरेक विमानस्थलमा एक–एक उडान गर्नुपर्छ भन्यौं । यसरी रेगुलेट गर्दा तीन वटै विमानस्थल चल्छन् ।

मार्केटको आधारमा हो भने काठमाडौं बाहेक अन्य विमानस्थल चल्न सक्दैनन् । अहिले डण्डा लगाएर भैरहवा विमानस्थलमा उडान पठाएको हो । कति दबाब छ मलाई मात्रै थाहा छ । कम्तीमा अहिले ६ वटा एयरलाइन्सहरु आए । राज्यले आफ्नो शक्ति देखाउन सक्दा सबै कुराहरु सम्भव छन् । विमानस्थल सञ्चालनमा सरकारले रेगुलेट गर्नुपर्छ । नत्र आन्तरिक मात्रै चलाएर चित्त बुझाउनुपर्छ । हवाई भाडामा मनोमानी नहोस् भन्नाले नेपाल वायुसेवा निगम राखिएको हो । तर नेपालमा विमानस्थल बढ्दो क्रममा छन् भने जहाजसको सख्या घट्दो अवस्थामा छन् । नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्ससँग १० देखि १२ वटा जहाज भएको भए सहुलियत समेत दिनुपर्ने अवस्था थिएन । भैरहवा लगायत अन्य विमानस्थल सञ्चालनको लागि सम्पूर्ण राज्य संयन्त्र लाग्नुपर्छ । हवाई उडान नागरिक उड्डयन प्राधिकरणले मात्रै गर्नसक्ने विषय होइन । सबै मिल्नुपर्छ ।’

उहाँले राज्यले शक्ति देखाउँदा कम्तीमा अहिले ६ वटा एयरलाइन्सहरु भैरहवा विमानस्थलबाट उडान गरेको बताउनु भयो । उहाँले नेपालमा विमानस्थल बढ्दो क्रममा रहे पनि विमानको संख्या घट्दो अवस्थामा रहेकाले पनि समस्या देखिएको बताउनु भयो । उहाँले नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्ससँग १० देखि १२ वटा जहाज भएको भए सहुलियत समेत दिनुपर्ने अवस्था नभएको बताउनु भयो ।