२२ आश्विन २०८३, बिहीबार Thursday, October 8, 2026
२२ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणको काम सुरु News Polar नासाको अपोलो कार्यक्रममा संलग्न वैज्ञानिक ह्यामिल्टनको निधन News Polar मर्मतपछि राहुघाटबाट पुनः विद्युत् उत्पादन News Polar कविता: अमरत्व  News Polar बौद्धिक सम्पत्ति संरक्षण र नेपाली ब्राण्ड प्रवर्द्धनमा सरकारले सहजीकरण गर्छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ग्लोबल आईएमई बैंकका उपत्यकाका सबै शाखाबाट डलर सटही सुविधा News Polar पैरेबेँसी-शान्तिबजार खण्डमा तुइन सञ्चालन News Polar विद्युत महसुलको डिजिटल भुक्तानीमा ग्राहकलाई थप सहुलियत News Polar एमालेले अगामी मंसिर पहिलो हप्ता काठमाडौंमा राष्ट्रिय भेला गर्ने News Polar जोखिमयुक्त क्षेत्रमा पुनः बस्ती बसाल्न हुँदैनः मुख्यमन्त्री थापा मगर News Polar त्रिविको बजेट ९.७७ प्रतिशतले बढ्यो, ३० अर्ब ८७ करोड विनियोजन News Polar ओमानसँग रासायनिक मल आपूर्ति र कृषि व्यापारमा सहकार्य विस्तारबारे छलफल News Polar कांग्रेस महाधिवेशनको मतदान शुक्रबार बिहान ७ बजेदेखि, तयारी पूरा News Polar महाधिवेशन प्रतिनिधिको थप एक दिनको बसाइँ र खानपिन खर्च कांग्रेसले व्यहोर्ने News Polar कोशी प्रदेशसभाः आर्थिक कार्यविधिसम्बन्धी विधेयकमाथि दफावार छलफल हुने News Polar एमालेले मङ्सिर पहिलो साता राष्ट्रिय भेला गर्ने News Polar प्रधानमन्त्री शाहको चासोपछि वायुसेवा कम्पनी भाडादर घटाउन तयार News Polar श्रमिकलाई अनिवार्य रूपमा चाडपर्व खर्च दिन श्रम विभागको निर्देशन News Polar कांग्रेस महाधिवेशनमा आज मतदान नहुने, शुक्रबार बिहान ७ बजेदेखि मतदान News Polar अपाङ्गता रोकथामदेखि आत्मनिर्भरतासम्म: तीन तहको सरकार, एउटै राष्ट्रिय प्रतिबद्धता

मन्त्रिपरिषद् विस्तारपछि प्रधानमन्त्री ओली र प्रचण्डबीच संवादक्रम घट्यो

मन्त्रिपरिषद् विस्तारपछि प्रधानमन्त्री ओली र प्रचण्डबीच संवादक्रम घट्यो
अ अ+ अ-

काठमाडौं । करिब समाधान भइसकेको सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीभित्रको आन्तरिक विवाद फेरि बल्झिएको छ । चार महिना लामो आन्तरिक विवाद समाधान गर्न सहमति गर्दै कार्यान्वयनको चरणमै कर्णाली प्रदेशका मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्ताव ल्याएपछि पुनः विवाद बल्झिएको हो । कर्णालीको विवाद समाधान नहुँदै प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गरे पनि विवाद झन् बढेको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओली र पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच सरकार पार्टी आपसी समन्वयमा सञ्चालन गर्ने सहमति भए पनि प्रम ओलीको पछिल्लो निर्णयले प्रचण्ड रुष्ट बन्नुभएको छ । मन्त्रिपरिषद् विस्तारपछि प्रधानमन्त्री ओली र प्रचण्डबीच संवादसमेत हुन छोडेको छ । स्थायी कमिटी र सचिवालयको निर्णय कार्यान्वयन गर्न दुई साता निरन्तर छलफल गरे पनि प्रचण्डलाई थाहै नदिई प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् विस्तार गरेपछि पार्टीभित्र असन्तुष्टि चुलिएको छ ।

कर्णाली प्रदेशको विवादले पार्टीभित्र आन्तरिक उत्कर्षमा पुगेपछि समाधानका लागि कर्णालीका नेकपा नेताहरु तीन दिनदेखि काठमाडौंमा शीर्ष नेताहरुसँग छलफल गरिरहेका छन् । बिहीबार र शुक्रबार दुई दिन कार्यकारी अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाललगायतका नेताहरुसँग बेग्लाबेग्लै छलफल गरेका नेताहरुले शनिबार बिहान प्रधानमन्त्री ओलीसँग भेटघाट गरेका छन् । कर्णालीका पदाधिकारीसँगको छलफलमा सहभागी हुन प्रधानमन्त्री ओलीले अर्का अध्यक्ष प्रचण्डलाई शनिबार बालुवाटार बोलाए पनि प्रचण्डले भने संयुक्तरुपमा भेट्न अस्वीकार गर्नुभएको छ । प्रचण्डको सचिवालयका एक सदस्यले प्रचण्डको भनाइ उद्धृत गर्दै भने– ‘मैले कर्णालीका साथीहरुको कुरा सुनिसकेके छु, अब तपाई सुन्नुहोस्, एउटै कुरा कति सुन्ने ?’ मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध संसदीय दलमा अविश्वास प्रस्ताव दर्ता भएपछि चर्किएको विवाद समाधान गर्न कर्णालीका नेकपा पदाधिकारीलाई अध्यक्षद्वयले काठमाडौं बोलाएका हुन् । कर्णालीका पदाधिकारीसँग दुवै अध्यक्षले बसेर छलफल गरौं भन्दै प्रधानमन्त्री ओलीले शनिबार बिहानै प्रचण्डलाई बालुवाटार बोलाए पनि प्रचण्डले अस्वीकार गरेका थिए।

कर्णाली प्रदेशबाट मुख्यमन्त्री महेन्द्रबहादुर शाही, पार्टी अध्यक्ष गोरखबहादुर बोगटी, प्रदेश कमिटीका सहइन्चार्ज यामलाल कँडेल, प्रमुख सचेतकबाट निलम्बित गुलावजंग शाह र प्रदेश कमिटीका सचिव मायाप्रसाद शर्मा, प्रकाश ज्वाला, चन्द्रबहादुर शाहीलगायत तीनै गुटका नेताहरु काठमाडौं आएका छन् । केपी ओली पक्षका नेता यामलाल कँडेलको अगुवाइमा कर्णालीका मुख्यमन्त्री शाहीविरुद्ध १६ जना सत्तारूढ सांसदले संसदीय दलमा अविश्वास प्रस्ताव दर्ता गरेपछि कर्णाली सरकार विवादमा फसेको हो । शनिबार भएको भेटमा प्रधानमन्त्री ओलीले नेकपा कर्णाली प्रदेशका पदाधिकारीलाई तत्काल काठमाडौं नछोड्न निर्देशन दिनुभएको छ । भेटमा सहभागी एक नेताले ओलीको भनाइ उद्धृत गर्दै भने– ‘तपाईंहरुका कुरा मैले सुनें, अब हामी दुई अध्यक्ष बसेर सल्लाह गर्छौं ।’ ती नेताका अनुसार ओलीले दुई अध्यक्ष बसेर छलफल नगर्दासम्म काठमाडौं नछोड्न निर्देशन दिएका हुन् । नेपाल समाचारपत्र दैनिक