२२ आश्विन २०८३, बिहीबार Thursday, October 8, 2026
२२ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणको काम सुरु News Polar नासाको अपोलो कार्यक्रममा संलग्न वैज्ञानिक ह्यामिल्टनको निधन News Polar मर्मतपछि राहुघाटबाट पुनः विद्युत् उत्पादन News Polar कविता: अमरत्व  News Polar बौद्धिक सम्पत्ति संरक्षण र नेपाली ब्राण्ड प्रवर्द्धनमा सरकारले सहजीकरण गर्छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ग्लोबल आईएमई बैंकका उपत्यकाका सबै शाखाबाट डलर सटही सुविधा News Polar पैरेबेँसी-शान्तिबजार खण्डमा तुइन सञ्चालन News Polar विद्युत महसुलको डिजिटल भुक्तानीमा ग्राहकलाई थप सहुलियत News Polar एमालेले अगामी मंसिर पहिलो हप्ता काठमाडौंमा राष्ट्रिय भेला गर्ने News Polar जोखिमयुक्त क्षेत्रमा पुनः बस्ती बसाल्न हुँदैनः मुख्यमन्त्री थापा मगर News Polar त्रिविको बजेट ९.७७ प्रतिशतले बढ्यो, ३० अर्ब ८७ करोड विनियोजन News Polar ओमानसँग रासायनिक मल आपूर्ति र कृषि व्यापारमा सहकार्य विस्तारबारे छलफल News Polar कांग्रेस महाधिवेशनको मतदान शुक्रबार बिहान ७ बजेदेखि, तयारी पूरा News Polar महाधिवेशन प्रतिनिधिको थप एक दिनको बसाइँ र खानपिन खर्च कांग्रेसले व्यहोर्ने News Polar कोशी प्रदेशसभाः आर्थिक कार्यविधिसम्बन्धी विधेयकमाथि दफावार छलफल हुने News Polar एमालेले मङ्सिर पहिलो साता राष्ट्रिय भेला गर्ने News Polar प्रधानमन्त्री शाहको चासोपछि वायुसेवा कम्पनी भाडादर घटाउन तयार News Polar श्रमिकलाई अनिवार्य रूपमा चाडपर्व खर्च दिन श्रम विभागको निर्देशन News Polar कांग्रेस महाधिवेशनमा आज मतदान नहुने, शुक्रबार बिहान ७ बजेदेखि मतदान News Polar अपाङ्गता रोकथामदेखि आत्मनिर्भरतासम्म: तीन तहको सरकार, एउटै राष्ट्रिय प्रतिबद्धता

सरकारी सेवामा कार्यरत कर्मचारीको सम्पत्ति विवरण बुझाउन अटेरी

सरकारी सेवामा कार्यरत कर्मचारीको सम्पत्ति विवरण बुझाउन अटेरी
अ अ+ अ-

काठमाडौं । सरकारी सेवामा कार्यरत कर्मचारीले अझै सम्पत्ति विवरण बुझाउन आनाकानी गरिरहेका छन् । कतिले जानकारी नपाएर वा कतिले सरकारी निर्देशनको अवज्ञा गरेर विवरण नबुझाउने गरेका छन् । आव २०७५/०७६ मा सम्पत्ति विवरण नबुझाउने कर्मचारीको संख्या १७ हजार १ सय ८५ रहेको थियो । गएको आवमा सम्पत्ति विवरण नबुझाउनेको पहिलो सूचीमा शिक्षक रहेका छन् । गएको आवमा ७ हजार ६ सय २६ शिक्षकले सम्पत्ति विवरण बुझाएका छैनन् । त्यस्तै स्थानीय तहअन्तर्गत महानगरपालिका, नगरपालिका र गाउँपालिका जनप्रतिनिधि र कर्मचारी गरी ४ हजार ४ सय ९८ जना सम्पत्ति विवरण बुझाएका छैनन् । प्रदेश तहका ५ सय ५४, निजामती तहका २ हजार ५ सय ४, नेपाली सेनाका ४ सय ६०, नेपाल प्रहरीका १ सय ११ र अन्य तल्लो तहका १ हजार २ सय जनाले सम्पत्ति विवरण बुझाएका छैनन् । आर्थिक वर्ष २०७६/०७७ मा सम्पत्ति विवरण नबुझाउनेबाट ८ करोड रुपियाँभन्दा बढी राजस्व संकलन हुने भएको छ ।

केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष शुक्रबार बुझाएको प्रतिवेदनमा सम्पत्ति विवरण नबुझाउनेको सम्पत्ति छानबिन गर्न सक्ने अधिकार छ । भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ५० मा सार्वजनिक पद धारण गरेको व्यक्तिले आफ्नो परिवारको नाममा रहेको सम्पत्तिको स्रोत वा निस्सासहितको सम्पत्तिको अद्यावधिक विवरण आर्थिक वर्ष समाप्त भएको ६० दिनभित्र तोकेको निकायमा सम्पत्ति विवरण बुझाउनुपर्ने उल्लेख छ । केन्द्रले सम्पत्ति विवरण नबुझाउनेको तथ्यांक सार्वजनिक गरेको हो । प्रतिवेदनमा स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीले स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११० मा रहेको व्यवस्थाअनुसार स्थानीय तहका पदाधिकारीले प्रदेश सरकारमार्फत सम्पत्ति विवरण बुझाउनुपर्ने व्यवस्था छ । सम्पत्ति विवरण नबुझाउनेको दोेस्रो सूचीमा स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीसमेत रहेका छन् । केन्द्रका सहसचिव एवं प्रवक्ता ज्ञानराज सुवेदीले विवरण नबुझाउनेमाथि कारबाही गर्न विवरणसहित सम्बन्धित निकायमा पठाइसकेको जानकारी दिए । अझै पनि तोकिएकै समयमा सम्पत्ति विवरण बुझाउनुपर्छ भन्ने विषयमा जानकारी नभएजस्तो गरेको कारण केही कर्मचारी कारबाहीमा परेको उनको भनाइ थियो ।

केन्द्रको प्रतिवेदनमा संघअन्तर्गत ४ लाख २१ हजार ९ सय ६१, प्रदेशअन्तर्गत ३ हजार ७ सय ७८ र स्थानीय तहअन्तर्गत १ लाख ६३ हजार ७ सय ८६ गरी ५ लाख ८९ हजार ५ सय २५ कर्मचारीले विवरण बुझाएका छन् । देशभर ६ लाख ६ हजार ७ सय १० ले विवरण बुझाउनुपर्छ । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष पेस गरेको प्रतिवेदनमा १६ वटा राष्ट्रिय गौरवका आयोजनासहित ३० वटा आयोजनाको प्राविधिक परीक्षण सम्पन्न गरेको उल्लेख छ । त्यस्तै एक वर्षभित्र ७ सय १५ र गत आवको ४ सय ६० सहित १ हजार १ सय ७५ उजुरीमध्ये ७ सय ८१ उजुरी फछ्र्योट भएका छन् । त्यस्तै १ सय ६४ वटा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाइएको ९६ उजुरीआथि अध्ययन गरी सतर्क र ध्यानाकर्षण गराइएको र ५ सय २१ तामेलीमा गएको उल्लेख छ । नेपाल समाचारपत्र दैनिक