२२ आश्विन २०८३, बिहीबार Thursday, October 8, 2026
२२ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणको काम सुरु News Polar नासाको अपोलो कार्यक्रममा संलग्न वैज्ञानिक ह्यामिल्टनको निधन News Polar मर्मतपछि राहुघाटबाट पुनः विद्युत् उत्पादन News Polar कविता: अमरत्व  News Polar बौद्धिक सम्पत्ति संरक्षण र नेपाली ब्राण्ड प्रवर्द्धनमा सरकारले सहजीकरण गर्छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ग्लोबल आईएमई बैंकका उपत्यकाका सबै शाखाबाट डलर सटही सुविधा News Polar पैरेबेँसी-शान्तिबजार खण्डमा तुइन सञ्चालन News Polar विद्युत महसुलको डिजिटल भुक्तानीमा ग्राहकलाई थप सहुलियत News Polar एमालेले अगामी मंसिर पहिलो हप्ता काठमाडौंमा राष्ट्रिय भेला गर्ने News Polar जोखिमयुक्त क्षेत्रमा पुनः बस्ती बसाल्न हुँदैनः मुख्यमन्त्री थापा मगर News Polar त्रिविको बजेट ९.७७ प्रतिशतले बढ्यो, ३० अर्ब ८७ करोड विनियोजन News Polar ओमानसँग रासायनिक मल आपूर्ति र कृषि व्यापारमा सहकार्य विस्तारबारे छलफल News Polar कांग्रेस महाधिवेशनको मतदान शुक्रबार बिहान ७ बजेदेखि, तयारी पूरा News Polar महाधिवेशन प्रतिनिधिको थप एक दिनको बसाइँ र खानपिन खर्च कांग्रेसले व्यहोर्ने News Polar कोशी प्रदेशसभाः आर्थिक कार्यविधिसम्बन्धी विधेयकमाथि दफावार छलफल हुने News Polar एमालेले मङ्सिर पहिलो साता राष्ट्रिय भेला गर्ने News Polar प्रधानमन्त्री शाहको चासोपछि वायुसेवा कम्पनी भाडादर घटाउन तयार News Polar श्रमिकलाई अनिवार्य रूपमा चाडपर्व खर्च दिन श्रम विभागको निर्देशन News Polar कांग्रेस महाधिवेशनमा आज मतदान नहुने, शुक्रबार बिहान ७ बजेदेखि मतदान News Polar अपाङ्गता रोकथामदेखि आत्मनिर्भरतासम्म: तीन तहको सरकार, एउटै राष्ट्रिय प्रतिबद्धता

पशुपति आर्यघाट क्षेत्रमा कोरोनाका मृतक शव जलाउन थालेपछि संक्रमण फैलाउने हटस्पट बन्ने सम्भावना

पशुपति आर्यघाट क्षेत्रमा कोरोनाका मृतक शव जलाउन थालेपछि संक्रमण फैलाउने हटस्पट बन्ने सम्भावना
अ अ+ अ-

काठमाडौं । कोरोना संक्रमणबाट मृत्यु हुनेहरूको संख्या गुणात्मक रूपले बढ्न थालेसँगै पशुपति क्षेत्र विकास कोषले पछिल्लो पटक गरेको निणर्यका कारण अहिले पशुपतिको आर्यघाट क्षेत्र कोरोना संक्रमण फैलाउने हटस्पट बन्ने खतरा बढेको छ । पशुपति क्षेत्र विकास कोषले कोरोनाका कारण मृत्यु भएको आशंका गरिएका शवलाई विद्युतीय शवदाह गृहमा जलाउन रोक लगाएसँगै पशुपति आर्यघाट क्षेत्र कोरोना संक्रमण फैलाउने हटस्पट बन्ने सम्भावना बढेको हो । कोषले मृतकका आफन्तको आग्रहलाई समेत बेवास्ता गर्दै शंकास्पद एवं अन्यलाई आर्यघाटमा दाउराको परम्परागत विधिबाटै जलाउन बाध्य बनाएका कारण भेला भएकाहरूबाटै संक्रमण फैलिरहेको बताइएको छ । परम्परागत विधिबाट लास जलाउन ३ देखि ४ घण्टा लाग्ने गरेको छ ।

संक्रमणबाट मृत्यु हुने र संक्रमितको संख्या दैनिक गुणात्मक रूपले बढेर अस्पतालका बेडहरू समेत नपाएर ज्यान गुमाउनेहरूको संख्या बढिरहेको छ । कोरोनाका कारण मृत्यु पुष्टि नभएका शंकास्पद र अन्य कारणले ज्यान गुमाएका मृतकको शप पशुपतिको आर्यघाटमा सँगै जलाउँदा मृतकका मलामी मात्र नभएर अहिले पशुपति क्षेत्र विकास कोषका कर्मचारी एवं शव जलाउने काममा सहयोग गरिदिने मजदुरहरू समेत उच्च जोखिममा परेका छन् । पशुपति क्षेत्र विकास कोषले कोरोनाका कारण मृत्यु प्रमाणित रिपोर्ट भएकालाई मात्र विद्युतीय शवदाह गृह प्रयोग गर्न दिने निर्णय त्रुटिपूर्ण देखिएको छ । अन्य कारणले मृत्यु भएकाहरू तथा कोरोनाबाट मृत्यु भएका हुन सक्नेहरूका आफन्तले विद्युतीय शवदाहमा लास जलाउन खोजे पनि कोषले रोक्दै आएको छ । जसका कारण अहिले कोरोनाबाट मृत्यु भई पिसिआर रिपोर्ट लैजान बिर्सिएकाहरूले समेत आर्यघाटको दाउराबाटै शब जलाउने गरेको पशुपतिनाथ क्षेत्र पुग्ने अधिकांशको भनाइ छ ।

विगत २२ वर्षदेखि शव जलाउन सहयोग गर्दै आएका कोषका एक ब्राह्मणले भने, ‘अहिले हामीलाई पनि मृतकका शव जलाउन निकै डर लागिरहेको छ । यदि कसैले कोरोना संक्रमणबाट मृत्यु भएकालाई पनि झुक्याएर यहाँ ल्याइदिए भनेसंक्रमित हुने भय छ ।’ यस विषयमा कोषको कार्यालयमा जानकारी गराउँदा समेत कुनै सुनुवाइ नभएको शव जलाउन खटिनेहरूको गुनासो छ ।
पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले हाल कोरोनाका कारण मृत्यु प्रमाणित रिपोर्ट भएकालाई मात्र विद्युतीय शवदाह गृह प्रयोग गर्न दिने कडा व्यवस्था मिलाइएको बताए । उनले अन्य शंकास्पद शवलाई विद्युतीय मेसिनमा लैजान खोज्ने आफन्तको आग्रहलाई समेत कोषले सम्बोधन गर्न नसकेका कारण आर्यघाट क्षेत्र कोरोना संक्रमण फैलाउने जोखिमयुक्त ठाउँ बन्न सक्ने स्थिति देखिएको स्विकारे ।

उनले सकेसम्म कोरोना संक्रमण नफैलियोस् भन्ने उद्देश्यले मात्रै कोषले कोरोनाका कारण मृत्यु प्रमाणित रिपोर्ट भएकालाई मात्र विद्युतीय शवदाह गृह प्रयोग गर्ने व्यवस्था गरिएको बताए । अझै कोरोना संक्रमणबाट मृत्यु प्रमाणित भएकाहरूको शव जलाउने विद्युतीय मेसिनको अभाव पूरा गर्न अन्य ३ वटा मेसिन जडानका लागि टेन्टर प्रक्रिया सुरु भएको जानकारी गराउँदै खतिवडाले भने, ‘सार्वजनिक खरिद ऐनअनुसारका सबै प्रक्रिया पूरा गरी काम सम्पन्न गर्न केही समय लाग्छ ।’ अहिले पशुपतिमा जम्मा २ वटा विद्युतीय शवदाह गृहबाट मात्र कोरोनाका कारण मृत्यु प्रमाणित भएका शवलाई लामो समय लाइनमा राखेर जलाउने काम भइरहेको जानकारी गराउँदै उनले कोरोना शंकास्पद शव जलाउने व्यवस्था नभएका कारण अहिले पशुपति आर्यघाट क्षेत्रमा यस्तो समस्या आइपरेको बताए । उनले कोषले आर्यघाटमा दाउराको परम्परागत विधिबाटै शव जलाउने काममा खटिएका बाहुनहरूलाई सकेसम्म शव नछोएर काम गर्नु मात्र भनिएको बताए ।

उनले अहिलेको कोरोना महामारीबीच यो सरकारको मात्र नभएर मृतकका आफन्त सबैको सामूहिक समस्या भएकाले जतिसक्दो छिटो यसलाई सम्बोधनको प्रयास हुने बताए । काठमाडांैमा चिसो बढेसँगै पशुपतिको आर्यघाट र विद्युतीय शवदाह गृहमा शवको चाप बढिरहेको कोषले जनाएको छ । आफूलाई कोरोना लागेको शंका हुँदा हुँदै पीसीआर परीक्षण नै नगरी बेसारपानी खाएकै भरमा ज्वरो र रुघाखोकी निको पार्न खोज्दा केही दिनअघि काठमाडौंको तारकेश्वर नगरपालिका–५ गोलढुंगामा बस्दै आएका ५० वर्षीय मुकुन्दराज पाण्डको मृत्यु भएको थियो । काठमाडौंमा बसेर पनि कोरोनाको लक्ष्यणसहित बिरामी भएका पाण्डेले अस्पतालभित्र पस्नै पाएनन् । त्यसपछि उनका घर परिवारले मृतक पाण्डेको मृत्युको कारण कोरोना नै हुनुपर्छ भन्ने अनुमानसहित त्रिवि शिक्षण अस्पतालका डाक्टरलाई पीसीआर परीक्षण गरिदिन निकै आग्रह गरे । तर, मृत्यु भइसकेपछि पीसीआर नगर्नु भन्ने सरकारको निर्णयअनुरूप अस्पतालले उनको पीसीआर गर्न मानेन ।

कोरोना संक्रमणको शंकाबीच उनका घर परिवारका सदस्यले जतिसक्दो सुरक्षित किसिमले पाण्डेको शव जलाउन पशुपतिको इलेक्ट्रोनिक मेसिन प्रयोग गर्ने निर्णय गरे । तर, पशुपति क्षेत्र विकास कोषले कोरोनाका कारण मृत्यु प्रमाणित रिपोर्ट भएकालाई मात्र इलेक्ट्रोनिक मेसिन प्रयोग गर्न दिने र शंकास्पद एवं अन्यलाई आर्यघाटमा दाउराको परम्परागत विधिबाटै जलाउनुपर्ने व्यवस्था गरेका कारण उनको पविारले पनि दाउराबाटै पाण्डेको शव जलाएका थिए । राजधानी दैनिक