२२ आश्विन २०८३, बिहीबार Thursday, October 8, 2026
२२ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar नेपालले निर्यातमा प्रतिस्पर्धी क्षमता बढाउनुपर्छः मन्त्री साह News Polar स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणको काम सुरु News Polar नासाको अपोलो कार्यक्रममा संलग्न वैज्ञानिक ह्यामिल्टनको निधन News Polar मर्मतपछि राहुघाटबाट पुनः विद्युत् उत्पादन News Polar कविता: अमरत्व  News Polar बौद्धिक सम्पत्ति संरक्षण र नेपाली ब्राण्ड प्रवर्द्धनमा सरकारले सहजीकरण गर्छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ग्लोबल आईएमई बैंकका उपत्यकाका सबै शाखाबाट डलर सटही सुविधा News Polar पैरेबेँसी-शान्तिबजार खण्डमा तुइन सञ्चालन News Polar विद्युत महसुलको डिजिटल भुक्तानीमा ग्राहकलाई थप सहुलियत News Polar एमालेले अगामी मंसिर पहिलो हप्ता काठमाडौंमा राष्ट्रिय भेला गर्ने News Polar जोखिमयुक्त क्षेत्रमा पुनः बस्ती बसाल्न हुँदैनः मुख्यमन्त्री थापा मगर News Polar त्रिविको बजेट ९.७७ प्रतिशतले बढ्यो, ३० अर्ब ८७ करोड विनियोजन News Polar ओमानसँग रासायनिक मल आपूर्ति र कृषि व्यापारमा सहकार्य विस्तारबारे छलफल News Polar कांग्रेस महाधिवेशनको मतदान शुक्रबार बिहान ७ बजेदेखि, तयारी पूरा News Polar महाधिवेशन प्रतिनिधिको थप एक दिनको बसाइँ र खानपिन खर्च कांग्रेसले व्यहोर्ने News Polar कोशी प्रदेशसभाः आर्थिक कार्यविधिसम्बन्धी विधेयकमाथि दफावार छलफल हुने News Polar एमालेले मङ्सिर पहिलो साता राष्ट्रिय भेला गर्ने News Polar प्रधानमन्त्री शाहको चासोपछि वायुसेवा कम्पनी भाडादर घटाउन तयार News Polar श्रमिकलाई अनिवार्य रूपमा चाडपर्व खर्च दिन श्रम विभागको निर्देशन News Polar कांग्रेस महाधिवेशनमा आज मतदान नहुने, शुक्रबार बिहान ७ बजेदेखि मतदान

यस वर्ष दशैंमा काठमाडौं उपत्यका छाड्नेको संख्यामा कमी

यस वर्ष दशैंमा काठमाडौं उपत्यका छाड्नेको संख्यामा कमी
अ अ+ अ-

काठमाडौं । सरकारले भनेको छ, ‘जहाँ छौं त्यहीं नै चाडबाड मनाऔं।’ तर, दसैं मनाउन घटनास्थापनाकै दिन शनिबार दिउँसो काठमाडौं उपत्यकाबाट २१ हजार यात्रु बाहिरिएका छन्। यद्यपि, यस वर्ष दशैंमा काठमाडौं उपत्यका छाड्नेको संख्यामा भने उल्लेख्य कमी आउने देखिएको छ। विगतमा दशैंको पहिलो दिन नै १ लाखभन्दा धेरै उपत्यकाबाट बाहिरिसकेका हुन्थे। बसपार्क तथा टिकट काउन्टरमा गाउँ फर्किन चाहने यात्रुको लाइन हुन्थ्यो। तर, यसपटक टिकट काउन्टर र बसपार्कमा भीडभाड छैन। नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले यात्रुको चाप कम भएकाले आधाभन्दा धेरै गाडी खाली नै गुडिरहेको बताए। ट्राफिक प्रवक्ता रामेश्वरप्रसाद यादवले असोजमा ६ लाख २७ हजार यात्रु उपत्यकाबाट बाहिरिएको जानकारी दिए। सोही अवधिमा ६ लाख १४ हजार जना भित्रिए। लामो तथा मध्यम दूरीको सार्वजनिक यातायात असोज १ गतेदेखि सञ्चालनमा आएका थिए। त्यसयता दैनिक १७ हजारदेखि २२ हजारसम्म यात्रु उपत्यका भित्रिने र बाहिरिने गरेको प्रवक्ता यादवको भनाइ छ। कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले घोषणा गरेको लकडाउनपूर्व धेरैले उपत्यका छाडेका थिए।

अघिल्लो वर्ष सार्वजनिक यातायात र निजी सवारी साधनबाट २० लाखभन्दा धेरै दसैं मनाउन उपत्यकाबाट बाहिरिने गरेका थिए। यस वर्ष ३ लाखदेखि ४ लाखसम्म यात्रु मात्र बाहिरिने ट्राफिक प्रहरी तथा यातायात व्यवसायीको अनुमान छ।
 
खुलाइएन टिकट बुकिङ
यातायात व्यवसायीले यस वर्ष दसैंका लागि टिकट बुकिङ खुला गरेका छैनन्। अघिल्ला वर्षका तुलनामा यस पटक यात्रुको चाप कम भएकाले टिकट बुकिङ खुलाउन आवश्यक नदेखिएको महासचिव सिटौलाले बताए। सरकारले २० असोजदेखि नै अग्रिम टिकट बुकिङ खोल्न व्यवसायीसमक्ष प्रस्ताव गरेको थियो। तर, ५० प्रतिशतभन्दा कम गाडी सञ्चालनमा ल्याउँदा पनि यात्रुको अभाव देखिएको छ। सञ्चालनमा रहेका गाडीले पनि पूर्ण क्षमतामा यात्रु पाउन मुस्किल रहेको व्यवसायीको दाबी छ। मुलुकभर करिब साढे ३ लाख सार्वजनिक यातायात सञ्चालनमा छन्। ‘धेरै गाडी निक्लिएका छैनन्। यात्रु पर्याप्त छैनन्’, सिटौलाले भने, ‘यात्रुको चाप बढे गाडी बढाउन सकिन्छ।’
भाडादर पुरानै

सार्वजनिक यातायातले पूर्ण क्षमतामै यात्रु बोक्न पाउने भएका छन्। मन्त्रिपरिषद्को असोज २६ गते बसेको बैठकले पुरानै भाडा दरमा पूर्ण क्षमतामा यात्रु बोक्न पाउने निर्णय गरेको हो। भदौ २९ गतेको मन्त्रिपरिषद्ले आधा सिट क्षमताका सवारी चलाउनुपर्ने र ५० प्रतिशतसम्म बढी भाडा लिन पाउने व्यवस्था गरेको थियो। मन्त्रिपरिषद्को पछिल्लो निर्णय समयमै सम्बन्धित निकायमा जानकारी नगराउँदा यात्रु महँगो भाडा तिर्न बाध्य भइरहेको यातायात अभियन्ता प्रेमबहादुर थापाले बताए। ‘सरकारले भाडा घटाएको भन्ने सुनिएको छ’, उनले भने, ‘तर, यात्रुसँग पुरानै भाडा असुल भइरहेको छ।’

महासंघका महासचिव सिटौलाले सरकार र सरकारी निकायबीच समन्वय नहुँदा यात्रु मारमा परेको बताए। ‘पूर्ण क्षमतामा यात्रु राख्दा ट्राफिक प्रहरीले कारबाही गर्छ’, सिटौलाले भने, ‘आधा सिट क्षमतामा पुरानो भाडा दरमा सञ्चालन खर्च नै उठ्दैन।’ भाडा र सिट क्षमताको विषयको मन्त्रिपरिषद्को निर्णय शनिबार १ बजे मात्र ट्राफिक प्रहरीले प्राप्त गरेको प्रवक्ता यादवले सुनाए। अबदेखि पूर्ण सिट क्षमतामा यात्रु बोक्ने सवारी साधन प्रहरीको कारबाहीमा पर्ने छैनन्।

१० स्थानमा यात्रु सहायता कक्ष

यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी र यातायात व्यवसायीको सहकार्यमा उपत्यकाका विभिन्न १० स्थानमा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको छ। सहायता कक्ष कलंकी, कोटेश्वर, गोंगबु, कोटेश्वर, बल्खु, गौशलालगायत स्थानमा छन्। सहायता कक्षमा लामो तथा मध्यम दूरीको भाडा विवरण राखिएको हुन्छ।
थापाले गाडीले स्वास्थ्य सुरक्षा मापदण्ड नअपनाएको पाइएको बताए। अन्नपुर्णपोष्ट दैनिक