८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar एमालेद्वारा पुरानो संसद् पुनस्र्थापनाको मुद्दा छिटो टुंग्याउन सर्वोच्चलाई आग्रह News Polar २२ वर्षपछि काठमाडौंमा सम्यक् महादान आयोजना हुँदै News Polar स्रोतबाटै फोहोर वर्गीकरण अनिवार्य गरिने News Polar कुटीको जग्गाबाट विस्थापित गर्न खोजिएको भन्दै जनकपुरधाममा प्रदर्शन हुने News Polar ओलीले अध्यक्षबाट सम्मानजनक रूपमा नेतृत्वबाट विदा लिनुपर्ने प्रश्ताव केन्द्रिय कमिटीले स्वीकार गरेनः योगेश भट्टराई News Polar महिला कबड्डीमा नेपालले लगातार दोस्रो पटक काँस्य जित्यो News Polar असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन अध्यक्ष दाहालको आग्रह News Polar विपद्मा बेपत्ता व्यक्तिको न्यायिक घोषणासहितका व्यवस्था गर्न विधेयक तयार News Polar राष्ट्रिय सभामा लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेश News Polar कांग्रेसको १५औँ महाधिवेशनको लोगोमा बीपीदेखि देउवासम्मका तस्बिर, यस्तो छ नारा News Polar भोटेकोशी बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा चुस्तः ८ हजारभन्दा बढीले पाए उपचार News Polar पेट्रोलियममा परनिर्भरता घटाउन दीर्घकालीन पूर्वाधार निर्माणलाई प्राथमिकता : मन्त्री साह News Polar पेट्रोलियम आपूर्ति सुधार्न ‘फिसबोन डायग्राम’ र ‘क्रिटिकल पाथ मेथड’ प्रयोग गर्दैछौँ : मन्त्री साह News Polar टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन News Polar अत्यधिक वर्षाको सम्भावनापछि ट्रक व्यवसायीलाई सतर्क रहन महासंघको आग्रह News Polar भारी वर्षाको जोखिमपछि नारायणगढ–मुग्लिन सडकमा राति सवारी आवागमन बन्द News Polar ईश्वर पोखरेलसहित सात नेता एमालेको स्थायी कमिटीमा News Polar एमालेले विद्या भण्डारीलाई सम्मानित वरिष्ठ नेता बनाउने प्रस्ताव News Polar ओलीको राजनीतिक प्रतिवेदन तल्लो तहसम्म संप्रेषण गर्ने एमालेको निर्णय News Polar नामियाद्वारा भोटेकोशी बाढीपीडितका दोस्रो चरणको सहयोग कोषको खातामा

जनताको पीडा, सांसदको दशैँ भत्ता र सभामुखको मौनता !

जनताको पीडा, सांसदको दशैँ भत्ता र सभामुखको मौनता !
अ+ अ-

काठमाडौ । जुलाई महिनाको शुरुतिर भारतको संसद अधिवेशन जारी नै रहेका बेला भारतभर एउटा बहसले चर्चा पायो– सांसदको तलब र भत्ताका विषयमा । त्यस्तै संसद क्षेत्र विकास कोष (भारतमा शीर्षक अर्कै रहेको) को रकम यस वर्षको बजेटमा राख्न नहुने भन्ने विषयमा पनि चर्चा चलेको थियो । हुन पनि पछि त्यस्तै भयो । संसदको अधिवेशनको शुरुमै बोल्ने क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भने– ‘देशभर कोरोना भाइरसका संक्रमित नागरिकको बारेमा त यहाँहरुलाई थाहा नै छ । औषधि छैन तर पनि विरामीलाई अस्पताल राखेर सामान्य स्वास्थ्य उपचारलाई पनि गाह्रो भएको छ । देशका सञ्चारमाध्यमहरुमा र सामाजिक सञ्जालमा पनि यतिबेला हामीले लिने सेवा र सुविधामा प्रश्न उठेका् छ । त्यसैले यस पटक निर्वाचन क्षेत्रको विकासका लागि सांसदलाई रकमको व्यवस्था यो बजेटमा हुने छैन र हाम्रो तलब सुविधामा पनि कटौती गरिने छ । म आफ्नो तलबबाट तीस प्रतिशत कटौतीको प्रस्ताव राख्नु र मलाई लाग्छ सबै दलका जनप्रतिनिधिहरुले यसमा समर्थन गरेर मलाई सहयोग गर्नुहुने नै छ ।’

मोदीको यति प्रस्ताव आएपछि भाजपाका सांसदले टेबल ठोकेर समर्थन गरे । त्यहाँका काँग्रेस र अरु केही प्रतिपक्षी सांसदहरु पनि अक्क न बक्क परे । आखिर प्रधानमन्त्री मोदीले सांसदको सुविधा रकमको कटौतीको बजेट सरकारी अस्पतालहरुमा अक्सिजन र भेन्टिलेटर किन्ने काममा प्रयोग गर्ने बताएकोले त्यसमा त्यसको विरोध त प्रतिपक्षीले पनि गर्ने कुरै भएन । त्यसैले सबै दलका सबै सांसदहरुले यो कुराको समर्थन गरे । भारतमा यस वर्षको बजेटमा सबै सांसदको तलब भत्तामा ३० प्रतिशतले कटौती भएको छ र अर्कै शीर्षकमा दिइने गरिएको सांसद विकास कोषको रकम पनि कटौती गरिएको छ । 

त्यति नै बेला जारी थियो हाम्रो पनि बर्षे अधिवेशन । र हामीकहाँ पनि यही बहस देशव्यापी शुरु भयो । तर सुनुवाई भएन । न मोदीले झैं हाम्रा प्रधानमन्त्री ओलीले संसदमा यो प्रस्ताव गरे र नत अर्थमन्त्रीले नै । सांसद विकास कोषको रकममा केही कटौती त गरियो तर जसरी सामाजिक सञ्जाल तथा मिडियाहरुमा यो शीर्षक नै र यो रकम नै बजेटमा नराख्ने भनेर जसरी जनआकांक्षा उर्लिएको थियो त्यसको सुनुवाई कतैबाट भएन । 

आज फेरि यही कुराको पुनरावृत्ति भएको छ सांसदलाई दिइएको दशैं भत्ताको विषयलाई लिएर । दिनहुँका अखबारहरुमा आएको छ अस्पतालमा बेड छैनन्, दैनिक रुपमा नागरिकले अस्पताल नपाएर रोइरहेका छन्, दिनहूँ संक्रमित हुनेको संख्या कम्तीमा तीन हजार नाघ्ने गरेको छ । उद्योेग धन्दा कलकारखाना बन्द भएको धेरै भयो । देशले राजस्व उठाउने ठाउँ पाएको छैन । अघिल्ला अर्थमन्त्री सरकारी कर्मचारीलाई तलब खुवाउन पनि नसक्ने अवस्था आउने लागेको बताउँदै थिए । राजधानीको बेहाल हेर्ने हो भने भातका लागि भूइँमै बसेर कुरेका दैनिक सयौँ नागरिकको अवस्था हेर्दा खुलामञ्च पुग्नेका आँखा रसाउँछन् । मजदुरको कुरै नगरौँ, यसपालिको दशैँ उनको दशा बनेर आउने देखिएको छ । यीनै अवस्थामाथि आज सांसदलाई दिइएको दशैं भत्ताको बेजोड विरोध सामाजिक सञ्जालमा आएको छ । यसले झनै गरिब र मजदुर बर्गको मन यसै रुवाएको छ । कम्युनिष्ट पार्टीको सरकारले गरिब किसानदेखि मजदुर सम्मको मन रुवाइरहेका बेला आज सांसदहरुलाई दशैँ भत्ता दिएर थप निराशा तुल्याइदिएको छ ।

यसो भनिरहँदा फेरि सांसदहरुले दशैं मनाउनै हुदैन, उनीहरुका पनि परिवारको खुशी हुनु हुदैन भन्ने पनि होइन । तर पनि यो समय भत्ता लिएर दशैं मनाउने बेला भने होइन । उनीहरुले जसरी लाजै पचाएर देश यस्तो आर्थिक कुचक्रमा फसिरहेका बेला संसद विकास कोषको रकमका लागि लबिङ गरे त्यसले उनीहरु आफ्नो सुविधाका लागि केही पनि छोड्दैनन् भन्ने चाहिँ स्पष्ट गराउँछ । तर केही सांसदले आफूले सो रकम फिर्ता गरेँ भनिरहँदा पनि जनताले उनीहरुमा निष्ठा भने देखेका छैनन् । किनभने यो उनीहरुको ‘पपुलारिटी’ का लागि गरेको काम हो भन्ने मात्र बुझिरहेका छन् । तर यसमा सांसद नारायणकाजी श्रेष्ठ भने पर्दैनन् । उनले यसअघि पनि यस्तो तलब भत्ताहरु लिएका छैनन् । 

यहाँनेर कुरा सभामुखको पनि छ । यसरी मिडिया र सोसियल मिडियामा छरपस्ट भइरहँदा पनि सभामुख किन बोल्दैनन् या व्यवस्थापिका प्रमुखले किन कुनै पनि निर्णय लिन सक्दैनन् ? उनको  हैसियत संसदको बैठक सञ्चालन मात्र होइन, यसरी संसदीय व्यवस्थामा उठेका प्रश्नहरुको निरुपणमा सहयोग गर्नु पनि हो । तर त्यसतर्फ उनी छैनन्, देखिएनन् । उनको मौनता अहिले देशमा उठिरहेको विषयको संवेदनशीलता हेर्दा कत्ति पनि सुहाएको छैन । देश सारा बोलिरहेको छ । नागरिकले देशको व्यवस्थापिकालाई प्रश्न सोधिरहेको छ । कतिपय सांसदले त आफ्नो खातामा संसद सचिवालयले रकम हालिदिएकोले त्यो फिर्ता गर्छु भनेर भनिरहेका छन् । तर जवाफ दिनुपर्ने निकायका प्रमुख भने मौन छन् ।    

त्यसो त प्रश्न अग्निप्रसाद सापकोटालाई सभामुख चयन गरेको पार्टी नेकपाले पनि उठाएको छ । नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालले गरेको यो प्रश्नबाट पनि यो सरकारको हैसियत खुलस्त हुन्छ र औंला व्यवस्थापिकातर्फ पनि ठडिन्छ । उनी सामाजिक सञ्जालमा भन्छन्– ‘सरकारले नागरिकलाई जो जहाँ हुनुहुन्छ, त्यहीँ बस्नूस् अर्थात् दशैँ मनाउनकै लागि नहिँड्नूस् भनिरहेको छ । अनि सांसदहरुलाई दशैँ खर्च उपलब्ध पनि गराइरहेको छ । जनताले भेन्टिलेटर र औषधी नपाइरहेको, स्वास्थ्यकर्मीले सास फेर्ने फुर्सत नपाइरहेको र अर्थतन्त्र ओरालो लागिरहेको बेला जनताका प्रतिनिधिहरुले अलिकति लोकलाज, संवेदनशीलता र जिम्मेवारी महसुस गर्नुपर्दैन ?’