८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar एमालेद्वारा पुरानो संसद् पुनस्र्थापनाको मुद्दा छिटो टुंग्याउन सर्वोच्चलाई आग्रह News Polar २२ वर्षपछि काठमाडौंमा सम्यक् महादान आयोजना हुँदै News Polar स्रोतबाटै फोहोर वर्गीकरण अनिवार्य गरिने News Polar कुटीको जग्गाबाट विस्थापित गर्न खोजिएको भन्दै जनकपुरधाममा प्रदर्शन हुने News Polar ओलीले अध्यक्षबाट सम्मानजनक रूपमा नेतृत्वबाट विदा लिनुपर्ने प्रश्ताव केन्द्रिय कमिटीले स्वीकार गरेनः योगेश भट्टराई News Polar महिला कबड्डीमा नेपालले लगातार दोस्रो पटक काँस्य जित्यो News Polar असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन अध्यक्ष दाहालको आग्रह News Polar विपद्मा बेपत्ता व्यक्तिको न्यायिक घोषणासहितका व्यवस्था गर्न विधेयक तयार News Polar राष्ट्रिय सभामा लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेश News Polar कांग्रेसको १५औँ महाधिवेशनको लोगोमा बीपीदेखि देउवासम्मका तस्बिर, यस्तो छ नारा News Polar भोटेकोशी बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा चुस्तः ८ हजारभन्दा बढीले पाए उपचार News Polar पेट्रोलियममा परनिर्भरता घटाउन दीर्घकालीन पूर्वाधार निर्माणलाई प्राथमिकता : मन्त्री साह News Polar पेट्रोलियम आपूर्ति सुधार्न ‘फिसबोन डायग्राम’ र ‘क्रिटिकल पाथ मेथड’ प्रयोग गर्दैछौँ : मन्त्री साह News Polar टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन News Polar अत्यधिक वर्षाको सम्भावनापछि ट्रक व्यवसायीलाई सतर्क रहन महासंघको आग्रह News Polar भारी वर्षाको जोखिमपछि नारायणगढ–मुग्लिन सडकमा राति सवारी आवागमन बन्द News Polar ईश्वर पोखरेलसहित सात नेता एमालेको स्थायी कमिटीमा News Polar एमालेले विद्या भण्डारीलाई सम्मानित वरिष्ठ नेता बनाउने प्रस्ताव News Polar ओलीको राजनीतिक प्रतिवेदन तल्लो तहसम्म संप्रेषण गर्ने एमालेको निर्णय News Polar नामियाद्वारा भोटेकोशी बाढीपीडितका दोस्रो चरणको सहयोग कोषको खातामा

स्वास्थ्य मन्त्रालयको निर्णय यस्तो हुनुपर्थ्यो- जनस्वास्थ्यविज्ञ डा. रवीन्द्र पाण्डे

स्वास्थ्य मन्त्रालयको निर्णय यस्तो हुनुपर्थ्यो- जनस्वास्थ्यविज्ञ डा. रवीन्द्र पाण्डे
अ+ अ-

काठमाडौ । कोरोना सक्रमितको उपचार, होम आईसोलेसनमा बसेका व्यक्तिको निधन भएका आफन्तले नै शव व्यवस्थापन गर्नुपर्ने लगायतका बिषयमा सरकारले गरेको पछिल्लो निर्णयप्रति जनस्वास्थ्यविज्ञ डा. रवीन्द्र पाण्डेले सरकारलाई यस्तो सुझाब दिएका छन् ।

१. सरकारी अस्पतालमा परिक्षण तथा उपचार पुरै निशुल्क हुनेछ ।

२. नीजि अस्पतालले सरकारले तोकेको भन्दा बढी उपचार शुल्क लिन पाउने छैन ।

३. होम आइसोलेसनमा कुनै पनि व्यक्तिको मृत्यु हुने अवस्था राज्यले दिने छैन । अपवाद स्वरूप मृत्यु भएमा सरकारले शब ब्यबस्थापन गर्नेछ ।

४. यी मेडिकल कलेजहरु, यी ठूला नीजि अस्पतालहरु र यी ठूला सरकारी अस्पतालहरुलाई कोभिड डेडिकेटेड अस्पतालको रुपमा परिणत गरिएको छ । 

५. यी साना अस्पताललाई नन कोभिड अस्पतालको रुपमा परिणत गरिएको छ ।

६. नीजि अस्पतालको २० % सिट न्यून आय भएका व्यक्तिलाई निशुल्क उपचार गर्न छुट्याइएको छ ।

७. पिसिआर टेस्टको शुल्क एक हजार कायम गरिएको छ ।

८. सरकारले RT PCR, Pool Method, Direct PCR, Antigen kit, Antibody test, chest x ray, CT scan लगायत सबै मेथड अपनाएर परिक्षणको दायरा ब्यापक बनाइनेछ । संक्रमितलाई होम आइसोलेसन, संस्थागत आइसोलेसन तथा कडा लक्षण देखिएका संक्रमितलाई अस्पतालमा राखेर कोरोना संक्रमण समुदायमा सर्न दिइने छैन ।

९. निम्न आय भएका बर्गलाई मास्क, साबुन तथा ठोस राहत स्थानीय निकाय मार्फत उपलब्ध गराइनेछ | व्यवसायीलाई कर तथा लोनमा सहुलियत दिइनेछ ।

१०. हरेक बस्ती, टोल, गल्ली, चोक, तरकारी बजार, बस लगायत भीडभाड हुने ठाउँमा सबै प्रकारका सुरक्षाकर्मी परिचालन गरेर जनस्वास्थ्यका मापदण्ड अनुगमन, निगरानी तथा कार्यान्वयन गराइनेछ ।

११. अनियमितताको आरोप लागेका व्यक्तिहरुलाई छानबिन गरेर असुलउपर गरिनेछ ।

१२. ब्यापक रुपमा नागरिक परिचालन गरेर जनचेतना महाअभियान संचालन गरिनेछ ।