रुकुमपूर्व । यातायात व्यवसायीले यात्रुहरुबाट आफूखुशी भाडा उठाउने गरेको गुनासो आएपछि जिल्ला प्रशासन कार्यालयले त्यरी भाडा असुल्न रोक लगाउने निर्णय गरेको छ ।
कोभिड सङ्क्रमणको बेलामा सरकारले ५० प्रतिशतसम्म भाडा बढाएर यात्रु ओसारपसार गर्न भनेको थियो तर गत असोज ३० गतेबाट भने पुरानै भाडादर कायम गरी यात्रुलाई सेवा दिन भनिएपनि बढी भाडा लिने गरेको गुनासो आएको थियो ।











