१८ असार २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारको प्रवक्तामा मन्त्री गुरुङ



अ+ अ-

काठमाडौं । सरकारले सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङलाई प्रवक्ता जिम्मेवारी दिएको छ ।  सोमबारदेखि नै लागू हुने गरी गुरुङलाई प्रवक्ताको जिम्मेवारी दिने तयारी गरिएको हो । 

सरकारले प्रवक्ताको जिम्मेवारीमा रहेका सञ्चारमन्त्री गोकुल बाँस्कोटा पदमुक्त भएपछि तत्कालीन अर्थमन्त्री युवराज खतिवडालाई प्रवक्ताको जिम्मेवारी दिइएको थियो ।  उनी पनि पदमुक्त भएपछि परराष्ट्रमन्त्री ज्ञवाली प्रवक्ता बने । गुरुङ वर्तमान सरकारका चौथो प्रवक्ता हुन् ।

महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयबाट गुरुङलाई गएको असोज २८ मा सञ्चार मन्त्रालयको जिम्मेवारी दिएपछि प्रवक्तासमेत तोकिएका हुन् ।