८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar एमालेद्वारा पुरानो संसद् पुनस्र्थापनाको मुद्दा छिटो टुंग्याउन सर्वोच्चलाई आग्रह News Polar २२ वर्षपछि काठमाडौंमा सम्यक् महादान आयोजना हुँदै News Polar स्रोतबाटै फोहोर वर्गीकरण अनिवार्य गरिने News Polar कुटीको जग्गाबाट विस्थापित गर्न खोजिएको भन्दै जनकपुरधाममा प्रदर्शन हुने News Polar ओलीले अध्यक्षबाट सम्मानजनक रूपमा नेतृत्वबाट विदा लिनुपर्ने प्रश्ताव केन्द्रिय कमिटीले स्वीकार गरेनः योगेश भट्टराई News Polar महिला कबड्डीमा नेपालले लगातार दोस्रो पटक काँस्य जित्यो News Polar असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन अध्यक्ष दाहालको आग्रह News Polar विपद्मा बेपत्ता व्यक्तिको न्यायिक घोषणासहितका व्यवस्था गर्न विधेयक तयार News Polar राष्ट्रिय सभामा लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेश News Polar कांग्रेसको १५औँ महाधिवेशनको लोगोमा बीपीदेखि देउवासम्मका तस्बिर, यस्तो छ नारा News Polar भोटेकोशी बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा चुस्तः ८ हजारभन्दा बढीले पाए उपचार News Polar पेट्रोलियममा परनिर्भरता घटाउन दीर्घकालीन पूर्वाधार निर्माणलाई प्राथमिकता : मन्त्री साह News Polar पेट्रोलियम आपूर्ति सुधार्न ‘फिसबोन डायग्राम’ र ‘क्रिटिकल पाथ मेथड’ प्रयोग गर्दैछौँ : मन्त्री साह News Polar टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन News Polar अत्यधिक वर्षाको सम्भावनापछि ट्रक व्यवसायीलाई सतर्क रहन महासंघको आग्रह News Polar भारी वर्षाको जोखिमपछि नारायणगढ–मुग्लिन सडकमा राति सवारी आवागमन बन्द News Polar ईश्वर पोखरेलसहित सात नेता एमालेको स्थायी कमिटीमा News Polar एमालेले विद्या भण्डारीलाई सम्मानित वरिष्ठ नेता बनाउने प्रस्ताव News Polar ओलीको राजनीतिक प्रतिवेदन तल्लो तहसम्म संप्रेषण गर्ने एमालेको निर्णय News Polar नामियाद्वारा भोटेकोशी बाढीपीडितका दोस्रो चरणको सहयोग कोषको खातामा

सरकारसंग खसीबोका व्यापारीको गुनासो, उपभोक्ता मारमा

सरकारसंग खसीबोका व्यापारीको गुनासो, उपभोक्ता मारमा
अ+ अ-

काठमाडौं । सरकारले बजार भाउ भन्दा कम मूल्यमा खसीबोका विक्री गर्दा आफुहरु मारमा परेको खसीबोका व्यापारीहरुले बताएका छन् । तर सरकारले बजार नियन्त्रणका लागि भन्दै जम्मा एक हजार खसीबोेका ल्याएको छ । यो संख्या बजार नियन्त्रणका लागि न्यून हो । त्यसैले दशैंको बेला उपभोक्ताहरु फेरीपनि महँगो मूल्यमा खसीबोका खरिद गर्न बाध्य हुने देखिएको छ । 

काठमाडौंको कलंकीस्थित खसी बजारमा खसीबोका व्यापार गर्दै आएका व्यपारीहरुले दशैंको बेला मूल्य नियन्त्रणका लागि भन्दै सरकारले खरिद मूल्य भन्दा कम मूल्यमा खसीबोका विक्री गरिदिदा आफुहरु मारमा परेको गुनासो गरेका छन् । आफुहरुले किसानबाट खरिद गर्ने मूल्य भन्दा कम मूल्यमा सरकारले विक्री गर्दा समस्या पर्ने गरेको काठमाडौं चौपाया खरिदविक्री प्रालीका अध्यक्ष जनककुमार खडकाले बताउनुभयो । बजार मूल्य नियन्त्रणका लागि भन्दै सरकारले अत्यन्तै कम मूल्य कायम गरिदिदा आफुहरु र उपभोक्ताबिच द्वन्द्व सिर्जना हुने अवस्था रहेको पनि खड्काले बताउनुभयो । यस्तै अर्का व्यापारी कुमार थापाले सरकारले तोक्ने मूल्य र आफुहरुले विक्री गर्ने मूल्यमा पहिला देखि नै फरक पर्ने गरेको बताउनुभयो । आफुहरुले ५ सय ५० रुपैयाँ देखि ६ सय रुपैयाँ सम्म किसानबाट खरिद गरी ल्याएकाले सरकारले तोकेको मूल्यमा विक्री गर्न नसकिने पनि व्यापारीहरुले बताएका छन् ।

व्यापारीहरुले खसीबोकाको मूल्यमा अत्याधिक फरक पार्न सक्ने भन्दै काठमाडौं महानगरपालिकाले भने नियमित अनुगमन गर्दै आएको छ । महानगरपालिका वडा नंं. १४ का वडा अध्यक्ष शोभा सापकोटाले कस्तो खसी विक्री गर्ने कस्तो नगर्ने भन्ने सम्बन्धमा लगातार अनुगमन गरिरहेको बताउनुभयो । उचित मूल्य निर्धारण गरेर मापदण्ड अनुसार नै विक्री वितरण गर्न समेत सचेत गराइएको पनि उहाँले बताउनुभयो ।

बजार हस्तक्षेप गरी मूल्य नियन्त्रण गर्नका लागि भन्दै सरकारले एक हजार खसीबोका ल्याई आजदेखि विक्री शुरु गरेको छ । जुन बजारको मूल्य नियन्त्रणका लागि अप्रयाप्त हो । व्यापारीहरुले सरकारले कम मूल्य निर्धारण गरी बजारमा विवाद उत्पन्न गराउन खोजेको आरोप लगाएपनि फेरी एकदुई दिनमै मूल्यमा चलखेल हुनसक्ने सम्भावना देखिएको छ । यसबाट उपभोक्ताले अधिक मूल्य तिरेर खसीबोका किन्नुपर्ने अवस्था आउनसक्ने देखिएको छ । अहिले सरकारले खसी बोकाको मूल्य प्रतिकेजी ५ सय ६० रुपैयाँ तोकेर १० रुपैयाँ सहुलियत दिई ५ सय ५० रुपैयाँमा विक्री गरिरहेको छ । तर खसी बजारमा जिउदो खसीको मूल्य प्रति केजी ६ सय रुपैयाँ देखि ६ सय ५० रुपैयाँ, जिउदो बोकाको मूल्य प्रति केजी ६ सय ५० रुपैयाँ देखि ६ सय ८० रुपैयाँ र च्याङ्ग्राको प्रतिकेजी ९ सय रुपैयाँ देखि ९ सय ८० रुपैयाँ सम्म विक्री वितरण भइराखेको छ ।