८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar राष्ट्रिय सभामा लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेश News Polar कांग्रेसको १५औँ महाधिवेशनको लोगोमा बीपीदेखि देउवासम्मका तस्बिर, यस्तो छ नारा News Polar भोटेकोशी बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा चुस्तः ८ हजारभन्दा बढीले पाए उपचार News Polar पेट्रोलियममा परनिर्भरता घटाउन दीर्घकालीन पूर्वाधार निर्माणलाई प्राथमिकता : मन्त्री साह News Polar पेट्रोलियम आपूर्ति सुधार्न ‘फिसबोन डायग्राम’ र ‘क्रिटिकल पाथ मेथड’ प्रयोग गर्दैछौँ : मन्त्री साह News Polar टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन News Polar अत्यधिक वर्षाको सम्भावनापछि ट्रक व्यवसायीलाई सतर्क रहन महासंघको आग्रह News Polar भारी वर्षाको जोखिमपछि नारायणगढ–मुग्लिन सडकमा राति सवारी आवागमन बन्द News Polar ईश्वर पोखरेलसहित सात नेता एमालेको स्थायी कमिटीमा News Polar एमालेले विद्या भण्डारीलाई सम्मानित वरिष्ठ नेता बनाउने प्रस्ताव News Polar ओलीको राजनीतिक प्रतिवेदन तल्लो तहसम्म संप्रेषण गर्ने एमालेको निर्णय News Polar नामियाद्वारा भोटेकोशी बाढीपीडितका दोस्रो चरणको सहयोग कोषको खातामा News Polar केयूका संस्थापक उपकुलपति शर्माको राजकीय सम्मानका साथ अन्त्येष्टि News Polar ताप्लेजुङको दोभान बजारमा विद्युत् सर्ट हुँदा ७ घर जलेर नष्ट News Polar नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि समझदारीपत्रमा हस्ताक्षर News Polar इन्द्रजात्राको सम्पूर्ण गतिविधि गल्ली म्यापबाट लिन सकिने News Polar प्याब्सनद्वारा भोटेकोशी–त्रिशूली बाढीपीडितका लागि २० करोड ८९ लाख राहत सहयोग News Polar भारी वर्षाको जोखिमपछि पृथ्वी राजमार्गमा राति ९ घण्टा सवारी आवागमन बन्द News Polar भाषाविद् डा बन्धु सम्मानित News Polar दलितको समुदायको अधिकार तथा विकाससम्बन्धी छुट्टै कानून निर्माण गर्दै सरकारः वर्गविहीन र जातविहीन समाज निर्माणमा सांसदहरुको जोड

३७९० जना कोरोना संक्रमित थपिदा २३३५ जना डिस्चार्ज

३७९० जना कोरोना संक्रमित थपिदा २३३५ जना डिस्चार्ज
अ+ अ-

पछिल्लो २४ घण्टामा नेपालमा ३ हजार ७ सय ९० कोभिड १९ संक्रमित फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । 

मन्त्रालयले आयोजना गरेको नियमति प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभर ३ हजार ७ सय ९० संक्रमित थपिएको बताउनुभएको हो । यससँगै देशरभर कुल सक्रिय संक्रमितको संख्या ४० हजार ७ सय ७८ पुगेको छ । हालसमम कुल संक्रमणमा परेका व्यक्तिहरुको संख्या १ लाख ३६ हजार ३६ पुगेको छ । देशभर संस्थागत आइसोलेसनमा रहेका संक्रमितहरुको संख्या १३ हजार ८ सय ५१ रहेको छ भने २६ हजार ९ सय २७ जना होम आइसोलेसनमा रहेका छन् ।
काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २ हजार ३ सय ८८ जना संक्रमित थपिएका छन् । जसमध्ये काठमाडौंमा ८ सय, भक्तपुरमा ९९ र ललितपुरमा २ सय ८१ जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा देशभर २ हजार ३ सय ३५ जना निको भएका छन् । यससँगै हालसम्म ९४ हजार ५ सय १ जना संक्रमित निको भएर घर फर्किएका छन् । प्रवक्ता गौतमका अनुसार कोभिड १९ संक्रमण निको हुनेहरुको दर ६९ दशमलव ५ प्रतिशत रहेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा १८ जना व्यक्तिको कोभिड १९ संक्रमणबाट मृत्यु भएको छ । यससँगै हालसम्म संक्रमणबाट मृत्यु हुनेहरुको संख्या ७ सय ५७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा १५ हजार ७ सय १४ जनाको पीसीआर परीक्षण भएको छ । यससँगै हालसम्म १३ लाख ९ सय १८ जनाको पीसीआर परीक्षण भएको प्रवक्ता गौतमले बताउनुभयो ।

आज देशभर ६३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । त्यस्तै २ सय ८२ जना आइसीयूमा उपचार भइराखेको छ । त्यसबाहेक देशभर ४ हजार ४ सय ७० जना क्वारेन्टाइनमा रहेका छन् ।