काठमाडौं । गायक अंकित बाबु अधिकारी र गायिका सुनिता थेगिमको याक्थुङ्मा कान्छी गित सार्वजनिक भएको छ । 'के माया लाग्छ र ?' र 'तीनपाते' जस्ता निकै चर्चित गितहरु लिएर आईसकेका गायक अंकित बाबु अधिकारीको यो गित पनि निकै नै सुमधर रहेको छ । यस गित नेपालको बहुसांस्कृतिक विशेषतालाई समानताको दृष्टिकोणबाट हेर्दै निर्माण गरिएको छ ।
बाहुन केटो र लिम्बुनी केटि बचि भएकाे माया प्रेमलाई निकै नै सान्दर्भिक तरिकाले प्रस्तुत गरिएको छ । गितमा नविन चौहानको शब्द रहेको छ भने कम्पोजिसन गायक अंकित बाबु अधिकारी आफैले गरेका छन्।
त्यसैगरी गितमा केह बाल गायकहरुको पनि आवाज रहेको छ जस्मा सञ्झना सोरी, निशु शर्मा, आरोन श्रेष्ठ र आत्रिश्री कस्पालको स्वर रहेको छ ।