८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar प्याब्सनद्वारा भोटेकोशी–त्रिशूली बाढीपीडितका लागि २० करोड ८९ लाख राहत सहयोग News Polar भारी वर्षाको जोखिमपछि पृथ्वी राजमार्गमा राति ९ घण्टा सवारी आवागमन बन्द News Polar भाषाविद् डा बन्धु सम्मानित News Polar दलितको समुदायको अधिकार तथा विकाससम्बन्धी छुट्टै कानून निर्माण गर्दै सरकारः वर्गविहीन र जातविहीन समाज निर्माणमा सांसदहरुको जोड News Polar विष्टले उठाए सरकारको सुशासनमाथि प्रश्न, भ्रष्टाचार छानबिनदेखि बाढीपीडितलाई राहतसम्म माग News Polar सांसद शेर्पाको आक्रोशः ‘ब्युरोक्रेसीलाई विदेश भ्रमणको हतार, पीडितलाई ६ महिनासम्म पनि रिपोर्ट छैन’ News Polar प्रतिनिधिसभा बैठक : निःशुल्क कानुनी सहायता सम्बन्धी विधेयक, २०८३ प्रस्तुत News Polar विपद्मा परेका बालबालिकाका लागि दीर्घकालीन स्याहार योजना ल्याइने News Polar अविरल वर्षासँगै सतर्क रहन मौसमविद्को आग्रह News Polar सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो News Polar राष्ट्रिय सभामा सांसद खातीको प्रश्नः ‘सरकार फेरिन्छ तर जनताका समस्या किन उस्तै ?’ News Polar राष्ट्रिय सभाको शुन्य समयः भ्रष्टाचार, कुटनीतिक नियुक्ति र सुरक्षा चासोबारे सरकारको ध्यानाकर्षण News Polar रुसमा रहेका नेपालीका समस्या समाधान गर्न सरकारसँग राप्रपा सचेतक ओलीको माग News Polar भारी वर्षा र विपद्को जोखिममा उच्च सतर्कता अपनाउन यातायात महासंघको अपिल News Polar संवैधानिक पदाधिकारी र न्यायाधीशको सम्पत्ति सार्वजनिक गर्न सांसद न्यौपानेको माग News Polar राजनीतिक नियुक्तिमा पेन्सन र उपदान नपाउने व्यवस्था गर्ने कानुनमन्त्री गौतमको प्रतिबद्धता News Polar दैलेखको मिथेन ग्यास उत्खननदेखि माथिल्लो कर्णाली निर्माणसम्म सरकारलाई एमाले सांसद पोखरेलको माग News Polar सम्भावित भारी वर्षा र बाढीको जोखिमप्रति उच्च सतर्कता अपनाउन नेपाली कम्युनिस्ट पार्टीको अपिल News Polar संवैधानिक निकायका पदाधिकारीको पारिश्रमिकसम्बन्धी संशोधन विधेयक सर्वसम्मत पारित News Polar तलबसँगै बैठक र अन्तर्वार्ताको छुट्टै भत्ता दिने व्यवस्था हटाउन सांसद सिंहको माग

के नेपाल भारत सम्बन्धमा फेरि जासुसकै पुनरागमन भएको हो ?

के नेपाल भारत सम्बन्धमा फेरि जासुसकै पुनरागमन भएको हो ?
अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको अघिल्लो र हालको कार्यकारी प्रमुख पदसम्म नै एक किसीमको अलग्गै छवि बनेको हो–‘राष्ट्रवादी छवि’ । तर त्यो छविको स्पातमा खिया लाग्ने दिनहरु आएजस्तो महसुश अहिले आएर हुन लागेको छ । अघिल्लो पटक प्रधानमन्त्रीको पदमा रहेका बेला भारतले नाकाबन्दी लगाएपछि उनले आफ्नो त्यो ‘छवि’ स्पात लाउन पाएका थिए चीनसँग बाणिज्य सम्झौता गरेर । अहिले पनि केही महिनाअघि सम्म उनले दक्षिणतर्फ फर्केर धेरै रिस पोखेका छन् । नेपालको संसदमै होस् या आफ्ना औपचारिक सम्बोधनहरुमा त्यसतर्फ कुनै न कुनै तुस पोखिहाल्ने उनको सीपले भारत विराधी अधिक ‘सेन्टिमेन्ट’ रहेको नेपाली समाजले उनलाई राष्ट्रवादी भन्ने गरेका हुन् । अहिले पनि अझै कतिपयले यो फुर्का जोड्ने नै गरेको देखिन्छ, सुनिन्छ । 

तर यतिखेर भने उनको स्पातमा खिया लाग्न थालेको भान हुन थालेको छ । उनले बडो चर्काे स्वरमा नेपालको सार्वभौम संसद तताए र नेपालका वर्षाैँदेखि गुमेका लिम्पियाधुरा, कालापानी लगायतका भूभागहरु फर्काइछोड्ने बताए । उनको यो बोलीमा चटक किन थिएन भने संसदले नेपालको नयाँ नक्सा पारित गराउने कामका लागि मुलुकको कार्यकारी प्रमुखलाई गाह्रो परेकै थियो होला । यो भार उनले नै बहन गरे र संसदबाट सर्वसम्मतीले पारित गराए । त्यसमा के सत्तापक्ष के प्रतिपक्ष सबैको साथ रह्यो, हुने नै भयो । अनि एउटा मुलुकका कार्यकारी प्रमुखले छिमेकी देशप्रति दिएका अभिव्यक्ति पनि सामान्य थिएनन्, आफ्नो देशको आँठो मिचेकाले हाम्रा प्रधानमन्त्री उत्तेजनामा आएका हुन् र त्यसमा देशबासीको साथ नपाउने पनि कुरै भएन । 

तर प्रधानमन्त्री ओलीको यो स्पतामा अब भने खिया लाग्न थालेको भान नेपाली नागरिकले गर्न थालेका छन् । त्यो स्तरमा उनले छिमेकीलाई गरेको ‘डिल’ अहिले कायम रहेन । हाम्रा त्यति शक्तिशाली प्रधानमन्त्रीले अहिले आएर भने त्यही देशका एकजना गुप्तचर अधिकारीलाई बालुवाटारमा रातो कार्पेट बिछ्याउन पनि पछि परेनन् । यसले प्रधानमन्त्रीको त घट्यो घट्यो, समग्र देशबासीकै कद झरेको महसुश हुन थालेको छ । हाम्रो भूमि फिर्ता ल्याउन संसदले नयाँ नक्सा जारी गरेपछि भारतीय मिडियाले गरेको आक्रमणलाई एक भएर प्रतिकार गरेको नेपाली मिडियाले पनि यतिखेर प्रधानमन्त्रीले एउटा कर्मचारीलाई गरेको स्वागत र शिष्टाचारले हाम्रो साख नउठेको टिप्पणी केही दिनयता देखि निरन्तर गरिरहेका छन् ।   

प्रसंग भारतीय जासुसी संस्था रिसर्च एण्ड एनालिसिस विङ (रअ) का प्रमुख सामन्तप्रसाद गोयलको नेपाल आगमनको हो । उनी प्रधानमन्त्री ओलीसहितका नेताहरुसँग अन्तरंग छलफल गरी भारत फर्किएका छन् । उनी गत बिहीबार विहान भारतीय सेनाको विशेष विमानबाट स्वदेश फर्किएका हुन् । उनी फर्किएसँगै नेपालमा भने अनेक अस्वाभाविक चर्चा जारी छ । उनको भ्रमणपछि प्रधानमन्त्री ओली पक्षले नेपाल र भारतबीच थप वार्ताहरु अघि बढ्ने दावी गरेको छ भने सत्तारुढ नेकपाका अर्का अध्यक्ष प्रचण्ड र अर्का नेता माधव नेपालले सो भेटको विषयमा आश्चर्य व्यक्त गरेका छन् । समाचार स्रोतले उनीहरुले पनि रअ प्रमुखलाई भेटेको बताएका छन् भने प्रभण्ड माधव भने यो स्वीकार गर्दैनन् ।  

नेपाल भारत सम्बन्ध अहिले असहज अवस्थामा छ । हेर्दा त्यस्तो त देखिन्न तर पनि वार्ताका लागि नेपालले गरेको पटक पटकको आग्रहलाई भारतले बेवास्ता गरेपछि नेपाल सरकार नयाँ नक्सा जारी गरेर सन्देश दिन चाहेको हो । त्यो नक्सापछि परिस्थिति झनै बिग्रिएको छ, सप्रिएको छैन । यो कुराको प्रमाणित स्वयं परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली गर्दछन् । उनले नेपालले पटक पटक गरेको वार्ताको आग्रहलाई भारतले बेवास्ता गरेको जानकारी सार्वजनिक रुपमा नै गरिरहेका छन् । अनि यस्तो अवस्थामा भेटवार्ताको प्रक्रिया नेपालले गुप्तचर अधिकारीबाट गरेको ओली पक्षीय नेकपा बताउँछ ।   

भारतीय सेनापति मनोज मुकुन्द नरभनेको केही दिनपछि नै हुन लागेको नेपालको औपचारिक भ्रमणको लगत्तैपछि नेपाल र भारतबीचका परराष्ट्र सचिव र त्यसपछि मन्त्रीस्तरमा वार्ता गर्ने गरी प्रधानमन्त्री ओलीसँग भारतीय जासुस प्रमुख गोयलको कुराकानी भएको चर्चा पनि शुरु भएको छ । नेपालको गणतान्त्रिक संविधान लागू हुँदा र त्यसपछिका अनेकौं राजनीतिक घटनाक्रमहरुमा भारतीय जासुसहरुको एकपछि अर्को असफलताका कारण नेपाल र भारतका बीचको सम्बन्ध निकै तिक्तताको अवस्थासम्म पुगेको छ । भारतीय पक्षले यो भ्रमण नेपालका प्रधानमन्त्री केपी ओलीकै पहलमा भएको सन्देश नेपालका अरु राजनीतिक दलहरुलाई दिएको कुराले पनि अब फेरि नेपालको आन्तरिक मामलामा भारतीय जासुसहरुको बोलवाला बढ्ने सन्देश प्रवाह भएको छ भन्न मिल्ने अवस्था छ । 

यस्तो अवस्थामा भारतलाई चिढ्याइराख्न उचित नठानेर हुनसक्छ सायद ओलीले भारतीय गुप्तचर संस्था रअ का प्रमुख गोयललाई बुधबार राति सवा ९ बजेदेखि अवेरसम्मै बालुवाटारमा रातो कार्पेट बिच्छ्याइदिए। कहिले र कुन हदसम्म भारतसँग पौठेजोरी खोजेर मुलुकलाई भारतीय हस्तक्षेप मुक्त राख्न सकिएला ? भन्ने प्रश्नको सरल उत्तर ओलीले राजनीतिक तह, कुटनीतिक तह नसक्दा जासुसलाई नै निम्तो दिएको देखिन्छ र यसले उनको राष्ट्रवादी भनिएको छविका प्रति पार्टीभित्र र बाहिर बडो तिक्त टिप्पणीहरु हुन थालेका छन् । 

यसले अर्काे पनि पुरानो प्रश्न ब्युँताइदिएको छ के फेरि दुई देशको सम्बन्ध भारतीय जासुसकै हातमा पुगेको हो ? या के अब फेरि पनि नेपाल भारत सम्बन्धमा जासुसी बोलवालाको पुनरागमन भएको हो ? भारतीय जासुसी संयन्त्रप्रति किन नेपाली समाज यतिधेरै नफ्रत छ भन्ने प्रश्नको जवाफ त नेपाली जनमनमै छ । हिजोका दिनमा नेपालको राजनीतिक संयन्त्रको साँचो उनीहरु नै राख्दथे भनिन्थ्यो । उनीहरु नेपालका एकका पक्ष र विपक्षमा अर्का पार्टी उचाल्थे र पछार्थे अनि चाहेको बेलामा फुटाइदिन्थे । उनीहरु चाहँदा नेपालमा एकाध हप्तामै सरकार फेरिदिन्थे । नेपालको संवेदनशिल सुरक्षादेखि अरु क्षेत्रको पनि सूचनामा उनीहरुको पहुँच पुग्दथ्यो, पुर्याइन्थ्यो । यसैले रअप्रतिको हाम्रो धारणा सायदै सकारात्मक बन्दथ्यो । तर अहिले लामो समयदेखि रोकिएको नेपाल भारत कूटनीतिक सम्वादको ढोका खोल्न पनि यही संयन्त्रको पोल्टामा परिएको हो भने त्यसले प्रधानमन्त्री ओलीको अहिले भन्ने गरिएको छविमा स्खलन त ल्याउँछ नै देशलाई पनि हिजोकै अस्थिरतामा धकेल्न सक्छ ।

अहिलेको सरकार र प्रधानमन्त्रीको आजका मितिसम्मको छविले नेपाल भारत कूटनीतिक सम्वादका लागि यसरी गुप्तचर अधिकारी गुहार्नु पर्दैैन । तर अहिले भइदियो त्यस्तै । यो हैसियतबाट वार्ता थालियो नै भने पनि हामी बलिया हुदैनौँ । अनि यसैका लागि लिम्पियाधुरा समेटिएको नेपालको नयाँ पाठ्यक्रमका पुस्तकहरु स्टोरमै थन्क्याइएको हो, प्रधानमन्त्रीले दशैंँको शुभकामनामा प्रयोग गरेको नेपालको नक्साको लिम्पियाधुराको चुचो हटाइएको हो भने त्यो भन्दा अर्काे दुर्भाग्य केही हुन सक्दैन । यसले प्रधानमन्त्रीले आजसम्म आर्जेको छविको छायाँमात्र बाँकी रहने छ भने देशको स्थीर राजनीतिमा हिजोका अस्थिरताहरु सहजै भित्रिने छन् ।