८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar प्याब्सनद्वारा भोटेकोशी–त्रिशूली बाढीपीडितका लागि २० करोड ८९ लाख राहत सहयोग News Polar भारी वर्षाको जोखिमपछि पृथ्वी राजमार्गमा राति ९ घण्टा सवारी आवागमन बन्द News Polar भाषाविद् डा बन्धु सम्मानित News Polar दलितको समुदायको अधिकार तथा विकाससम्बन्धी छुट्टै कानून निर्माण गर्दै सरकारः वर्गविहीन र जातविहीन समाज निर्माणमा सांसदहरुको जोड News Polar विष्टले उठाए सरकारको सुशासनमाथि प्रश्न, भ्रष्टाचार छानबिनदेखि बाढीपीडितलाई राहतसम्म माग News Polar सांसद शेर्पाको आक्रोशः ‘ब्युरोक्रेसीलाई विदेश भ्रमणको हतार, पीडितलाई ६ महिनासम्म पनि रिपोर्ट छैन’ News Polar प्रतिनिधिसभा बैठक : निःशुल्क कानुनी सहायता सम्बन्धी विधेयक, २०८३ प्रस्तुत News Polar विपद्मा परेका बालबालिकाका लागि दीर्घकालीन स्याहार योजना ल्याइने News Polar अविरल वर्षासँगै सतर्क रहन मौसमविद्को आग्रह News Polar सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो News Polar राष्ट्रिय सभामा सांसद खातीको प्रश्नः ‘सरकार फेरिन्छ तर जनताका समस्या किन उस्तै ?’ News Polar राष्ट्रिय सभाको शुन्य समयः भ्रष्टाचार, कुटनीतिक नियुक्ति र सुरक्षा चासोबारे सरकारको ध्यानाकर्षण News Polar रुसमा रहेका नेपालीका समस्या समाधान गर्न सरकारसँग राप्रपा सचेतक ओलीको माग News Polar भारी वर्षा र विपद्को जोखिममा उच्च सतर्कता अपनाउन यातायात महासंघको अपिल News Polar संवैधानिक पदाधिकारी र न्यायाधीशको सम्पत्ति सार्वजनिक गर्न सांसद न्यौपानेको माग News Polar राजनीतिक नियुक्तिमा पेन्सन र उपदान नपाउने व्यवस्था गर्ने कानुनमन्त्री गौतमको प्रतिबद्धता News Polar दैलेखको मिथेन ग्यास उत्खननदेखि माथिल्लो कर्णाली निर्माणसम्म सरकारलाई एमाले सांसद पोखरेलको माग News Polar सम्भावित भारी वर्षा र बाढीको जोखिमप्रति उच्च सतर्कता अपनाउन नेपाली कम्युनिस्ट पार्टीको अपिल News Polar संवैधानिक निकायका पदाधिकारीको पारिश्रमिकसम्बन्धी संशोधन विधेयक सर्वसम्मत पारित News Polar तलबसँगै बैठक र अन्तर्वार्ताको छुट्टै भत्ता दिने व्यवस्था हटाउन सांसद सिंहको माग

‘र’ प्रमुख र नेपाली राजनीति

‘र’ प्रमुख र नेपाली राजनीति
अ+ अ-

भारतीय गुप्तचर संस्था ‘रअ’ प्रमुख सामन्त कुमार गोयलको हालै सम्पन्न नेपाल भ्रमणको पूर्व सध्यामा केही छिटपुट समाचार नेपाली पत्रपत्रिकामा प्रकाशित भएता पनि यसबारे नेपाल सरकारले आधिकारिक जानकारी दिएको थिएन । भारतीय वायु सेनाको जहाज अवतरणको लागि कुटनैतिक च्यानलबाट स्वीकृति मागिएको खबर बाहेक परराष्ट्र मन्त्रालयले को, के का लागि आउने भन्ने बारे जानकारी दिन आवश्यक ठानेन न त प्रधानमन्त्रीको सचिवालयले नै यसबारे जानकारी दियो ।

यिनै शंका, उपशंकाको बीच भारतीय ‘रअ’ प्रमुखको नेपाल आगमन भयो र सोही संध्यामा प्रधानमंन्त्रीले राष्ट्रिय सुरक्षा  परिषदको बैठक पनि राख्नु भयो । हुनत् यो बैठक राख्दा कुनै विशेष चासो राख्नु पर्ने आवश्यकता त थिएन यदि साधारण अवस्था भई दिएको भए, तर सन्दर्भ अनुसार यसको गांम्भीर्यता र महत्व अवश्य बढन गएको छ । ‘काग कराउनु पिना सुक्नु’ भने झै गोप्यरुपबाट ‘रअ’ प्रमुखको आगमन र भेटनु अधि राष्ट्रिय सुरक्षा  परिषदको बैठक – यसको अर्थ निश्चित नै संवेदनशील छ भन्ने सहजै अनुमान लगाउन सकिन्छ ।

सन्दर्भ गहन त छँदै थियो तर जुन रुपले प्रधानमन्त्रीको सचिवालयले मिटिङ्ग तय गर्यो र गोप्यता कायम गर्यो त्यसले झनै नेपाली जनताले ओली सरकार प्रति शंका गर्ने ठाउँ पाए । हालको संचार युगमा विषय वस्तु (Content) केही हदसम्म गोप्य राख्न सकिन्छ तर के का लागि भेटने, को संग भेटने र आधिकारिकता के हो ? यी विषयहरु जनसमक्ष ल्याउनु आवश्यक थियो जसबाट आफ्ना जनताको विश्वास सरकार प्रति कायम रहन्थ्यो ।

हाल कुरा खुल्दै छ – ‘रअ’ प्रमुख गोयल भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीको सन्देश लिएर प्रधानमन्त्री केपी ओलीसँग भेट्न आधिकारिक रुपबाट भारतीय सेनाको जहाजबाट नेपाल आए जुन नेपाली जनतालाई लुकाउनु आवश्यक नै थिएन । विश्वमा धेरै यस्ता अभ्यास भइसकेका र हुनेछन् जसमा सुरक्षा प्रमुखले आफ्नो सरकारको प्रतिनिधित्व गर्छन् र यसमा हामीले विरोध गर्नु आफ्नो लधुताभाष  प्रदर्शन  गर्नु मात्र हुनेछ । सही अर्थमा बुझ्ने हो भने न सुरक्षा प्रमुखले कुनै सन्धी गर्ने अधिकार राख्छन् न कुनै खास निर्णय नै गर्न सक्छन्—उनले केवल बिग्रिएको राजनैतिक वा कुटनैतिक वातावरण सहज बनाउन मद्दत गर्न सक्छन् । यदि त्यो हो भने हामी किन कसैको भ्रमण हुँदैमा सबै कुरा नासिन्छ भनेर आत्तिने ? के हाम्रो विश्वासको जग यति कमजोर छ ? यथार्थमा आफू बलियो हुनु र आफ्नो भनाई सशक्त राख्नु बढी महत्व राख्दछ ।

नेपालले कुटनैतिक अभ्यास गर्दा हामी कहाँ चुक्यौ भन्ने कुरा सरकार प्रमुख देखि कर्मचारीतन्त्रले राम्ररी बुझ्नु आवश्यक छ । कुटनैतिक आचार संहिता लागु भैसकेको अवस्थामा भारतीय ‘रअ’ प्रमुखसँग प्रधानमन्त्रीले भेट्दा परराष्ट्र मन्त्रालयको सम्बन्धित अधिकृत उपस्थित नगराइनु, उनका समकक्षी राष्ट्रिय अनुसन्धान विभागका प्रमुख सहभागी नहुनुमा प्रधानमन्त्रीको सचिवालय र कर्मचारीतन्त्रको गम्भीर त्रुटी रहेको देखिन्छ । सूचना संप्रेषणमा गरिएको कन्जुस्याईको कारण जसरी गोयल भ्रमण विवादित हुन पुगेको छ यस्तै कार्यशैली कायम रहँदै गएमा नेपाल-भारत सम्बन्ध सुदृढ  हुनुको सट्टा झन झन बिग्रिदै जाने निश्चित छ ।

जे भए पनि विषयवस्तुको गाम्भीर्यतालाई मध्यनजर राखि केही हदसम्म बैठक गोप्य हुनु आवश्यक त छ तर विगतको भारतीय रवैया र नेपाली राजनैतिक नेतृत्वको लापरवाहीका कारण नेपाली जनतामा अविश्वासको खाडल ठूलै रहेको छ जसलाई पुर्न नेपाली नेतृत्वले ठूलो कसरत गर्नु पर्नेछ।

भारतमै भएकाे १२ बुंदे सम्झौतादेखि कालापानी, सुस्ता, कोशी, गण्डक तथा महाकाली लगायत विभिन्न राष्ट्रिय स्तरका ठूलो परियोजना हरुमा जसरी भारतीय संस्थापनले नेपाललाई झुक्याए आज नेपाली जनता त्यसैबाट त्रसित छन् र ‘बिजुली चम्कदा तर्सिएको ……..अगुल्टो देखि झस्किन्छ’ भने झैं भारतीय हरेक कृयाकलापमा शंकाको दृष्टिले हेर्नु हरेक नेपालीको नियति नै भैसकेको छ । आज ‘रअ’ प्रमुख गोयलको नेपाल भ्रमण विवादित हुनुमा पनि यहि मनोविज्ञानले काम गरेको छ । भनिन्छ कुनै पनि कुरा विगार्न समय लाग्दैन तर बनाउन धेरै प्रयास र समय लाग्छ । तसर्थ यो बिग्रिएको मनोभावना नेतृत्व वर्गको असल नियत, पारदर्शी कार्यशैली र इमान्दारितामा निर्भर छ भन्ने कुरा हामी सबैले हेक्का राख्नु आवश्यक छ ।

 –लेखक सुरक्षा तथा रणनीतिका जानकार हुन् ।