२० मंसिर २०८२, शनिबार
,
Latest
कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह पोखरालाई गुल्जार बनाउने ‘पोखरा सडक महोत्सव’ प्रथम राष्ट्रिय इनलाइन स्केट म्याराथनको उपाधि निमिषा र साम्देन लाई भ्याली पब्लिक बास्केटबलमा तेजस्वी र पारामाउन्ट विजयी महानगरपालिकाको लगानीमा ‘नारायण गोपाल-पेमला गीत गंगा भवन’ निर्माण : उपप्रमुख डंगोलबाट उद्घाटन इजरायलको ‘पूर्ण फिर्ता’ बिना गाजा युद्धविराम अधुरो हुने कतारका प्रधानमन्त्रीको भनाइ एनपिएलः रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगैः महामन्त्री थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

किएभमा रूसी क्षेप्यास्त्र आक्रमणको चेतावनीपछि देशभर सावधानी अपनाइँदै



अ+ अ-

एजेन्सी । युक्रेनी राष्ट्रपतिका ‘चिफ अफ स्टाफ’ ले राजधानीमा रूसले मिसाइल आक्रमणको चेतावनी दिएको बताएपछि अधिकारीहरूले देशव्यापी रूपमा सावधानी अपनाउन निर्देशन दिएका छन् ।

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई उद्धृत गर्दै राष्ट्रपतिका ‘चिफ अफ स्टाफ’ एन्ड्री यर्माकले टेलिग्राममार्फत ‘रूसले किएभमा क्षेप्यास्त्र आक्रमण गरिरहेको’ जनाउनुभएको छ ।

युक्रेनी सेनाले बुधबार यसअघि नै युक्रेनी आकाशमा क्षेप्यास्त्र प्रवेश गरेको र राजधानी किएभतर्फ गइरहेको जानकारी गराएको थियो ।

“सावधान! चेर्निहिभ क्षेत्रबाट मिसाइल किएभ क्षेत्रतर्फ गइरहेको छ,” यर्माकले टेलिग्राममार्फत जारी सूचनामा उल्लेख गरिएको छ ।

रूसको एक हप्ताको निरन्तर आक्रमणपछि मङ्गलबार युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको गृहनगरमा एक ३२ वर्षीया आमा र उहाँका तीन बच्चाहरूको मृत्युभएको थियो ।

पछिल्लो समयमा मस्को र किएभले एक अर्कालाई लक्षित गरी २४ घण्टा आक्रमणहरू गरिरहेका छन् ।

रूसी क्षेत्र कुस्र्कबाट युक्रेनी सेनालाई निष्कासन गर्न रूसले उत्तर कोरियाली लडाकुसहित करिब ५० हजार सैनिक तयार पारेको जेलेन्स्कीले बताउनुभएको छ