७ असार २०८३, आईतवार
,
Latest
रास्वपाको महाधिवेशन: व्यवस्थापनमा र्‍याट र बाउन्सर, सुरक्षामा नेपाल प्रहरी दीपक बोहराद्वारा रास्वपा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा रास्वपाको केन्द्रीय सदस्यमा राहुल केसीले उम्मेदवारी दिने क्रियाशील दलित पत्रकार सङ्घको अध्यक्षमा प्रकाश धौलाकोटी सर्वसम्मत चयन अष्ट्रेलियाले इन्धन अन्तःशुल्क कटौतीको अवधि एक महिना थप गर्‍यो नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न आग्रह सुनचाँदीको मूल्यमा सामान्य वृद्धि ट्युनिसियाविरुद्ध जापान ४–० गोलले विजयी योगले मानव जीवनलाई स्वस्थ र तनावमुक्त बनाउँछः मुख्यमन्त्री पाण्डे रास्वपाको प्रथम महाधिवेशनमा सहभागी हुन चितवन पुगे राप्रपा अध्यक्ष लिङ्देन
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘नेपालको पूर्वाधार विकासमा सहयोग गर्छौं’



राजदूत सोङ्ग-मन्तव्य पर्वत, २३ कात्तिक : नेपालका लागि चिनियाँ राजदूत चेन सोङ्ग शुक्रबार पर्वतको फलेवास नगरपालिकास्थित भवानी विद्यापीठ माविमा आयोजित स्वागत कार्यक्रममा मन्तव्य व्यक्त गर्दै । तस्बिर : लक्ष्मीप्रसाद सापकोटा/रासस
अ+ अ-

पर्वत । नेपालका लागि चिनियाँ राजदूत छन सोङले नेपालको विकास र समृद्धिका लागि आवश्यक सहयोग गर्न चीन सरकार तयार रहेको बताउनुभएको छ ।

पर्वतको फलेवास नगरपालिकास्थित भवानी विद्यापीठ माध्यमिक विद्यालयमा आज आयोजित कार्यक्रममा राजदूत सोङले नेपाल र चीनबीचको सम्बन्ध निरन्तर सुमधुर रहेको बताउनुभयो । मित्रराष्ट्रको विकास र समृद्धिका लागि सहयोग गर्न चीन सरकार सहयोग गर्न तयार रहेको उहाँको भनाइ छ ।

हिमाल र नदीले जोडिएका नेपाल र चीनबीचको कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै आफ्नो मूल हितका विषयमा एक अर्कालाई निरन्तर सहयोग गर्दै आएको बताउँदै सोङले नेपालको सडक, विद्युत्, शिक्षा क्षेत्रको सुधारमा सहकार्य गरिने बताउनुभयो । उहाँले नेपाल एक स्वतन्त्र र विकासशील राष्ट्र बनोस् भन्ने चीनको इच्छा रहेको बताउनुभयो ।

राजदूत सोङले कोरला नाका सञ्चालनका लागि चीन सरकार तयार रहेको बताउनुभयो । कोरला नाकामा नेपालतर्फ पनि पूर्वाधार निर्माणमा चीन सरकारले सहयोग गर्दै आएको बताउँदै उहाँले नाका सञ्चालनपछि दुई देशको सम्बन्ध अझै बढ्दै जाने पनि बताउनुभयो । पर्यटकीयस्थल पोखरामा पटक–पटक आएको भए पनि नजिकै रहेका सुन्दर ठाउँमा पनि आउन पाउँदा खुसी लागेको उहाँको भनाइ थियो ।

जिल्लाकै नमूना विद्यालयको रूपमा रहेको भवानी विद्यापीठ माध्यमिक विद्यालयको भौतिक पूर्वाधार विकासका लागि पनि चीन सरकारले सहयोग गर्ने भएको छ । विद्यालयले भौतिक पूर्वाधार निर्माणका लागि रु ५० लाखको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)तयार गरी नेपाल सरकारमार्फत दूतावासमा पेस गरेको छ ।

सोही सहयोगका लागि विद्यालयको शैक्षिक, भौतिक, व्यवस्थापकीय पक्षका बारेमा अध्ययन अवलोकन गर्नका लागि राजदूत सोङ आउनुभएको प्रधानाध्यापक अर्जुन रेग्मीले जानकारी दिनुभयो ।