५ पुष २०८२, शनिबार
,
Latest
अनि रविका आँखा रसाए… मोबाइल व्यवसायले आर्थिकरुपमा देशलाई चलायमान बनाएको छ: सञ्चारमन्त्री खरेल महाधिवेशनमा स्वच्छ प्रतिष्पर्धा गर्ने वातावरण भएनः योगेश भट्टराई एमालेको पनि भित्री तयारी निर्वाचनतिरै छः प्रचण्ड देशको प्रधानमन्त्री भई गोरुजस्तो जोतिएर देशको सेवा गर्न मन छः नेत्रविक्रम चन्द खुला मञ्च खुला गरियोस्ः संयोजक दाहाल सबै कम्युनिष्ट पार्टीलाई एकै ठाउँमा केन्द्रित गर्ने संकल्प लिएका छौँः प्रचण्ड नेपाली कम्युनिष्ट पार्टीलाई बहुमत दिएर देश सेवा गर्ने मौका दिनुहोस्ः माधव नेपाल नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा–फोटोफिचर महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान
तपाईं के खोज्दै हुनुहुन्छ ?

र्यापर भिटेनले मागे माफी, ‘पारा’ गीत संशोधनसहित रिलिज हुने



अ+ अ-

काठमाडौं । र्यापर भिटेनले शनिबार एक विज्ञप्ति जारी गर्दै असुविधा पुगेका सम्बन्धितहरू निकायहरूसँग माफी माग्दै 'पारा' गीत संशोधनसहित रिलिज हुने जनाएका छन् । 

उनको कार्तिक ८ गते रिलिज भएको गीतको शब्दका कारण विभिन्न निकाय र व्यक्तिप्रति ठेस पुग्न गएको गुनासो आएकाले सो गीत संशोधन गर्दै प्रकाशित गर्ने जनाएको छ। कार्तिक १३ गते सो गीत आधिकारिक च्यानलबाट हटाइएको थियो । 

त्यसैगरी पहिले रिलिज गरिएको गीतलाई अनिधिकृतरूपमा अपलोड नगर्न आग्रह समेत विज्ञप्तिमा गरिएको छ।

प्रहरीले गीतलाई लिएर आफूमाथि कारवाही गर्ने तयारी गरेपछि भिटेनको उक्त गीत बिहीबार साँझ प्राइभेट बनाइएको थियो।