१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar राष्ट्रिय सभाको संवैधानिक अस्तित्व र संसद्को गरिमा सरकारले उपेक्षा गर्‍यो : कमला पन्त News Polar लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको ९ वर्षपछि धनुषाका १८६ स्ववासी परिवारले पाए लालपुर्जा News Polar असोज पहिलो १५ दिनको करदाता उपहार सार्वजनिक, लालबाबु साहले पाए १० लाख बम्पर News Polar करदाता प्रोत्साहन उपहारमा १६ जना विजेता, एक जनाले जिते १० लाख News Polar ‘डोजरे विकास’ ढाँचाले हिमाली पर्यावरण बिगार्‍योः सचेतक परियार News Polar कांग्रेस महाधिवेशनमा बाबु–छोरा नै महाधिवेशन प्रतिनिधि News Polar आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक राष्ट्रिय सभाबाट सर्वसम्मत पारित News Polar जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार News Polar बाढीमा हराएकाहरुको जीवन खोज्ने जवान News Polar सभामुख डीपी अर्यालद्वारा राष्ट्रपति पौडेलसँग शिष्टाचार भेट News Polar सभामुख अर्यालद्वारा राष्ट्रपति पौडेलसँग शिष्टाचार भेट News Polar कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, शहरमा पर्चा नटाँस्ने News Polar आन्तरिक वायुसेवा दायित्व विधेयकमा १३ बुँदा संशोधन News Polar आधारभूत अस्पतालका भवन बने पनि सेवा सञ्चालन हुन सकेन : सांसद केरुङ News Polar ग्यास आपूर्ति प्रणालीको मुख्य अवरोध कृष्णभीरको पहिरो रहेछ, आपूर्ति सहज हुँदैछः मन्त्री साह News Polar पुराना पुस्तालाई अयोग्य करार गर्ने भाष्यप्रति एमाले सांसद घतानीको असन्तुष्टि News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना तथा सञ्चालन विधेयक सर्वसम्मतिले पारित News Polar ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीहरुको १० प्रतिशत लाभांश पारित News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई अत्याधुनिक बनाइने : मन्त्री पुन News Polar बाढी प्रभावित नुवाकोटका १५० गर्भवती तथा सुत्केरी महिलालाई पोषण सामग्री

राष्ट्रपतिको अजरबैजान भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत

राष्ट्रपतिको अजरबैजान भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत
अ अ+ अ-

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको अजरबैजानको बाकु भ्रमण मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ ।

मंगलवार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति पौडेलको भ्रमण स्वीकृत गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो । उहाँले राष्ट्रपति पौडेल नेतृत्वको प्रतिनिधि मण्डल कात्तिक १५ गते ३० गते सम्मकोे भ्रमणका लागि स्वीकृत गरेको बताउनु भयो । उहाँले अजरबैजानको बाकु आयोजना हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरुको २९ औँ सम्मेलनमा भाग लिन राष्ट्रपति पौडेल नेतृत्वको टोली त्यसतर्फ जान लागेको हो ।

त्यस्तै मन्त्रिपरिषद्ले नेपाल प्रहरीको एआईजी पदमा किरण राणा र डा. सुन्दर प्रसाद ह्योजुलाई बढुवा गरेको छ । नेपाल प्रहरी रिक्त जनपद समूहमा रिक्त रहेको अतिरिक्त प्रहरी महानिरीक्षक पदमा प्रहरी महानायक निरीक्षक राणालाई बढुवा गरी प्रदेश समन्वय विभाग नक्सालमा र प्राविधिक स्वास्थ्य समूह तर्फ रिक्त अतिरिक्त प्रहरी महानिरिक्षक पदमा प्राविधिक प्रहरी महानायक निरिक्षक ह्याजु लाई बढुवा गरी नेपाल प्रहरी अस्पातल महाराजगञ्जमा पदास्थापना गरिएको मन्त्री गुरुङले बताउनु भयो । उहाँले प्युठानका हरिप्रसाद रिजालको अध्यक्षतामा भूमि समस्या समाधान आयोग गठन गरेको बताउनु भयो ।

उहाँले आयोगको उपाध्यक्षमा जाजरकोटका सनत कार्की, सदस्यहरुमा महेत्तरीका गुञ्जबहादुर खड्का, झापाका अनिलकृष्ण प्रसाईं, विज्ञतर्फ सदस्य सिन्धुपाल्चोकाका डा. जगतबहादुर बस्नेत, कैलालीका टेक बहादुर शाह, दार्चुलाका गोवर्दन कोली र तनहुँकी आरती भण्डारी रहेको बताउनु भयो । उहाँले नेपाल सरकार र भारतीय एजीम बैंकबीच भएको ऋण सम्झौता एलओसी सेकेण्ड र एलओसी चौथो लाइन अफ क्रेडिड संशोधन गरी ३५० अमेरिकी डलर र ५० मिलियन अमेरिकी डलर कायम गर्न स्वीकृत प्रदान निर्णय गरेको पनि बताउनु भयो । मन्त्रीरिषद्ले नयाँ बुटवल लम्ही ४०० केभी प्रसारणलाइन आयोजनाको टावर प्याड निर्माण गर्र्न रुपन्देही कपिलवस्तु,अर्घाखाँची र दाङ जिल्लामा करिब ०.२६ हेक्टर जग्गा प्राप्ति गर्न ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयलाई स्वीकृत दिने निर्णय पनि गरेको छ । सरकारले सम्पती शुद्धिकरण नियमावली २०८१ पनि स्वीकृत गरेको छ ।

बाँकी यस्ता छन् मन्त्रीपरिषद्का निर्णयहरु

१.नेपाल सरकार र भारतीय एजीम बैंकबीच भएको ऋण सम्झौता एलओसी सेकेण्ड र एलओसी चौथो लाइन अफ क्रेडिड संशोधन गरी ३५० अमेरिकी डलर र ५० मिलियन अमेरिकी डलर कायम गर्न स्वीकृत प्रदान गर्ने
२ नयाँ बुटवल लम्ही ४०० केभी प्रशारणलाइन आयोजनाको टावर प्याड निर्माण गर्र्न रुपन्देही कपिलवस्तु,अर्घाखाँची र दाङ जिल्लामा करिब ०.२६ हेक्टर जग्गा प्राप्ति गर्न ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयलाई स्वीकृत दिने
३ नेपाल प्रहरी रिक्त भएको अतिरिक्त प्रहरी महानिरिक्षक पदमा प्रहरी महानायक निरिक्षक किरण राणालाई बढुवा गरी प्रदेश समन्वय विभाग नक्सालमा र प्राविधिक स्वास्थ्य समूह तर्फ रिक्त अतिरिक्त प्रहरी महानिरिक्षक पदमा प्राविधिक प्रहरी महानायक निरिक्षक डा. सुन्दरप्रसाद होजुलाई बढुवा गरी नेपाल प्रहरी अस्पातल महाराजगञ्जमा पदास्थापना गर्ने
४.राष्ट्रपति रामचन्द्र पौडेलको नेतृत्वमा अरवैजनको राजधानी वाकुवमा हुने राष्ट्र संघीय जलवायु सम्बन्धि महासन्धी पक्ष राष्ट्रहरुको २९ औं सम्मेलनमा कोप २९ अन्तरगर्त वल्डलिडर क्लाइमेट एक्सन समिटमा सहभागि हुन कात्तिक १५ देखि ३० सम्मको भ्रमण स्वीकृत गर्ने
५.समस्याग्रस्त सहकारी कार्यलयको लागि आर्थिक वर्ष २०८१÷८२ को लागि अघिकृत स्तरको थप १० अस्थायी दरबन्दी स्वीकृत गर्ने
६.भूमि समस्या समाधान आयोगको अध्यक्ष उपाध्यक्ष र सदस्य पदमा क्रमश हरि प्रसाद रिजाल पुठान,सनतकुमार कार्की, जाजरकोट,गुन्जबहादुर खड्का महोतरी,कृष्ण प्रसाई झापा,डा.जगतबहादुर बस्नेत सिन्धुपाल्चोक , टेकबहादुुर साह कैलाली र गोवर्धन कोली दाजुला आरती भण्डारी तनहु महिला सदस्य
७.माछाखोला जलविद्युत आयोजना निर्माणको लागि गोर्खा जिल्लाको दार्जे गाउँपालिकामा रहेको राष्ट्रिय वनको ४.९५ हेक्टर भएको जग्गा प्रयोग गर्न वन तथा वातारण मन्त्रालयलाई स्वीकृत दिने
८ नेपाल सस्कृत विश्व विद्यालयको जग्गा तथा सम्पति खोजविन समितिको म्याद दुई महिना थप गर्ने
९.कात्तिक २८ र २९ मा स्पेन सरकारको आयोजनामा र्मडिटमा हुने टु अर्स लेभर इन्टरनेशनलको सम्मेलनमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री सरदसिंह भण्डारीलाई भ्रमण स्वीकृत दिने
१०.युनाइनेट नेशसन हुमान प्रागाममा कायरोमा सहमागि हुन पोखरामा मेयर धनराज आर्चायलाई स्वीकृत गर्ने
११.सम्पति सुद्धिकरण नियमावली २०८१ स्वीकृत
१२.विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति गठन आदेश २०८१ स्वीकृत